
दीपक मनाङे
पोखरा, २२ भदौ/ गण्डकी सरकारका सांसद दीपक मनाङेले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकारी नदिए ४० दिन भित्रमा राजीनामा दिने घोषणा गरेको छन् ।
शुक्रबार प्रसारण भएको गण्डकी छड्केमा अपिल त्रिपाठी सगँ कुराकानी गर्दै ४० दिन भित्र राजीनामा दिने घोषणा गरेका हुन् । उनले केन्द्रसरकारले अधिकार नदिदा प्रदेश सरकारहरु प्रदेश सरकार जस्तो नभएको बताए ।
उनले प्रदेश सांसदको भन्दा वडा अध्यक्ष र गाउँपालिकाका अध्यक्षको अधिकारी बढी भएको बताए । गण्डकी प्रदेश सरकारमा बन मन्त्रालय पाएपछि अधिकार नभएको मन्त्रालयमा मन्त्री बन्दी नै भन्दै राजीनामा दिएका थिए ।
उनले प्रदेश सरकारलाई अधिकार दिनु पर्ने बताएका छन् ।





