समाचार

बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने

बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा, ४ जेठ /२५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा यहि जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो । पेमा धेछेनलिङ गुम्बा लेकसाइड खहरेमा हुने प्रवचनमा गुरुङ लामा सघं नेपालका अध्यक्ष धर्म गुरु खेन्पो शिर लामा र पञ्चासे बिहारको संस्थापक लामा मिन गुरुङबाट बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिनुभयो । पूजा… पुरा पढौ

पेट्रोल र डिजेलको मूल्य घट्यो, पोखरामा कति ?

पोखरा, २ जेठ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी… पुरा पढौ

लेकसाइडका स्पा (मसाज) सेन्टर अनुगमन, ६ जना बालिकाहरुको उद्दार

स्पा (मसाज) सेन्टर
पोखरा, २ जेठ/ पोखरा लेकसाइडमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरहरूमा अनुमन गरेको छ । बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा ६ लेकसाईडमा सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरहरुमा अनुगमन गर्दा १८ वर्ष भन्दा मुनिका ६ जना वालिकाहरुलाई काम लगाएको पाएको प्रहरीले जनाएको छ । पीडित वालिकाहरुलाई उद्दार गरी स्पालाई थप अनुसन्धान भईरहेको प्रहरीले… पुरा पढौ

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ, विश्वकप खेल्न जाने

सन्दीप लामिछाने
काठमाडौं, २ जेठ/ क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको रायकिताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण… पुरा पढौ

लेखनाथमा जीप दुर्घटना

लेखनाथमा जीप दुर्घटना
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका ३१ पचभैयामा जीप दुर्घटना भएको छ । सेभेन लेकको पानी बोकेको जिप घुम्तीबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा चालक घाइते भएका छन् । उनको लेखनाथको सामुदायिक अस्पताल उपचार भएको छ । पुरा पढौ

पोखराको नदीपुरमा खुकुरी प्रहार गरी फरार दुई जना पक्राउ

पोखराको नदीपुरमा खुकुरी प्रहार गरी फरार दुई जना पक्राउ
पोखरा, २ जेठ/ पोखराको नदीपुरमा २२ वैशाखमा एक व्यक्तिलाई गालीगलौज सहित खुकुरी प्रहार गरी घाइते बताएको अभियोगमा कास्की प्रहरीले २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भइ हाल पोखरा ३, नदीपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बागलुङ घर भइ हाल पोखरा २५, हेमजा बस्ने २८ वर्षीय लगिन थाला छन् । वैशाख २२ गते राति साढे १२ बजे नदीपुरपरमा एक व्यक्तिलाई गालीगलौज गरी खुकुरी प्रहार गरेर फरार भएको प्रहरीको भनाई छ । प्रहरीले सोमबार पोखराको बगरबाट पक्राउ… पुरा पढौ

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकामा नतिजा बदर, पुनः मतगणना हुने

उच्च अदालत पोखरा
पोखरा, १ जेठ/ निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो । २०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्धा दर्ता गराएका थिए । त्यस नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२… पुरा पढौ

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट
पोखरा, ३० वैशाख/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको उल्लेख गरे । उनले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्य महत्वपूर्ण रहेको पनि बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य… पुरा पढौ

पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ

पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ
पोखरा, ३० वैशाख/ शनिबार राति पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपाण्डेथुम रहेको शान्ती उदय माध्यामिक बिद्यालयबाट ल्याप्टप चोरी भएको छ । विद्यालयको कार्यालय कोठा, कक्षाकोठा तथा कम्प्युटर ल्याब शाखा तोडफोड गर्ने चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्कुलबाट विभिन्न कम्पनीका ल्याप्टप ११ थान, चार्जर ७ थान, माउस ५ थान समेतका ईलेक्ट्रोनिक डिभाईसहरु चोरी भएको छ । विद्यालयको अन्य ल्याप्टप, कम्प्युटर, सिसि क्यामेरा, सिसिटिभि मनिटर, लाईट, प्रोजेक्टर, साउण्ड सिष्टम स्पीकर कन्ट्रोलर, स्टेशनरी कागजात समेतमा क्षति पुर्‍याएका छन् । ईलाका… पुरा पढौ

फेवातालबाट जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी

फेवातालबाट जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी
पोखरा, ३१ वैशाख / बर्सातको समयमा फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न पोखरा महानगरपालिकाले काम सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ । आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता राम बहादुर पौडेलले बताउनुभयो । ‘फेवातालको भविष्य प्रति हामी निकै चिन्तित छौँ, उहाँले भन्नुभयो, यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण… पुरा पढौ