समाचार

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छः मुख्यमन्त्री पाण्डे

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छः मुख्यमन्त्री पाण्डे
पोखरा, १९ भदौ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक… पुरा पढौ

पोखरा पार्किङमा राख्ने क्रममा कार खोल्सामा

दुर्घटना
पोखरा, १९ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर ११ मेडिपल्स हस्पिटल पछाडी पार्किङमा राख्ने क्रममा खोल्सा खसेको छ । ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा अन्दाजी २० मिटर तल खस्न गई खोल्सामा अड्किएको थियो । वडा प्रहरी कार्यालय रामबजार कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोलीले कार चालक जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरका ४० बर्षीय लोकेन्द्र आचार्य र निजकी ४ बर्षीय छोरी सितल आचार्यलाई सकुशल उद्दार गरेको छ । सवारी साधन घटनास्थलमा… पुरा पढौ

भूकम्पको धक्का

भूकम्प
काठमाडौं, १८ भदौ/ सिन्धुपाल्चोकमा केन्द्रविन्दु बताएर भूकम्प गएको छ । मंगलबार बिहान ६ बजेर १३ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो । भूकम्पको धक्का काठमाडौं सम्म भएको थियो । पुरा पढौ

सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ३ जनासँग प्रहरीको बयान

पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा
पोखरा, १७ भदौ/ पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं गएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान प्रहरीले जानकारी दिएको छ । सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका… पुरा पढौ

नुवारथोक बाल क्लबद्धारा तीजको सस्कृती बारे चर्चा

नुवारथोक बाल क्लबद्धारा तीजको सस्कृती बारे चर्चा
पोखरा, १६ भदौ/ हरितालिका तीज पर्वको अवसरमा नुवारथोक बाल क्लवको आयोजनामा बालबालिकाले तीज पर्व मनाएका छन् । कार्यक्रममा बालबालिकाले अभिभावकबाट तीज पर्वको महत्वका बारेमा जानकारी लिनुको साथै तीज गीतमा रमाएका थिए ।बालबालिकालाई तीज पर्वको बारेमा जानकारी दिने उद्देश्यले नुवारथोक बाल क्लबको आयोजनामा दरखाने कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई नुवारथोक टोल विकास संस्थाले सघाएको थियो । बालबालिकालाई तीजको महत्व बुझाउन तीज पर्वको अवसरमा दर खाने कार्यक्रममा आयोजना गरिएको नुवारथोक बाल क्लबकी अध्यक्ष एन्जीला पौडेलले बताइन् । दरखाने कार्यक्रममा तीज गीतमा… पुरा पढौ

टेवानको आयोजनमा पोखरामा तीज सांस्कृतिक महोत्सव

टेवानको आयोजनमा पोखरामा तीज सांस्कृतिक महोत्सव
पोखरा, १६ भदौ/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार भदौ २१ र २२ गते… पुरा पढौ

२ करोड बिमा दाबी गर्न आफ्नै पसलमा जलाउने जेल चलान

पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती तस्बिरः आशिष पुरी
पोखरा, १६ भदौ/ बिमाको रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको आरोपमा पक्राउ परेका २ जना कारागार चलान भएका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ बस्ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका–७ बस्ने ४३ वर्षीय पवन नेपाल जेल चलान भएका हुन् । उनीहरूले बिमाको रकम दाबी गर्न साउन १६ गते लेकसाइडमा गहतराजले चलाइरहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएका थिए । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको हो । प्रहरीले उनीहरुविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाएको… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना

पोखरामा स्कुल बस दुर्घटना
पोखरा, ७ भदौ/ पोखरा १७ घारीपाटनमा स्कुल बस दुर्घटना भएको छ । न्युमोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको आँखा अस्पतालको गेट अगाडी दुर्घटना भएको हो । बसले तीन वटा ट्याक्सीलाई ठक्कर दिएको छ । दुर्घटनामा बस चालक घाइते भएका छन् । विद्यार्थीलाई कसैलाई केही नभएको ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए । बसले पार्किङमा राखेको ग१ज ४१८० ट्याक्सी, ग१ज २९३४ नम्बरको ट्याक्सी र ग१ज २२४१ नम्बरको ट्याक्सीलाई हानेको थियो । दुई वटा ट्याक्सी माथिल्लो सडकबाट तल्लो सडकमा खसेका थिए… पुरा पढौ

तीजको दरका कार्यक्रम भड्किलो बनाए कास्की प्रशासनले कार्वाही गर्ने

तीजको दरका कार्यक्रम भड्किलो बनाए कास्की प्रशासनले कार्वाही गर्ने
पोखरा, ७ भदौ/ कास्की जिल्ला प्रशासनले तीजलाई खर्चिला र सामाजिक सद्भावमा असर पुराउने भड्कीलो बनाए कार्वाही गर्ने जनाएको छ । कास्कीका सहायक प्रजिअ गंगाबहादुर क्षत्रीले बिहीबार सूचना जारी गर्दै तीजको मौलिकता माथि आँच आउने र खर्चिलो तथा तडकभडक साथ तीज मनाएमा कारवाही गर्ने चेतावनी दिएका छन् । हरितालिका तीजको दिन निराहार ब्रत बस्ने र त्यसको एक दिन अगाडि दर खाने मौलिक परम्परा विपरीत तीज आउनु भन्दा अगाडि देखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडक सहितका… पुरा पढौ

टिकटकको प्रतिबन्ध हटाउने मन्त्रिपरिषदको निर्णय

टिकटक
पोखरा, ६ भदौ/ सरकारले टिकटकलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक माथिको प्रतिबन्ध हटाएको एक मन्त्रीले बताए । सञ्चार मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो । गत वर्ष कात्तिक देखि सरकारले टिकटकलाई प्रतिबन्ध लगाएको थियो । पुरा पढौ