समाचार

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनियः मन्त्री थापा

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनियः मन्त्री थापा
पोखरा, ८ असार/ सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले आयोजना गरेको दोस्रो एडभेन्चर फेस्ट—२०८१ को समापन कार्यक्रममा आज बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले बालबालिकाका लागि स्काउटले प्रदान गर्दै आएको शिक्षा उपयुक्त रहेको उल्लेख गरे । “समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको समयमा स्काउटले बालबालिकालाई नैतिक शिक्षा प्रदान… पुरा पढौ

पोखरा र विश्व बैङ्कको आर्थिक सहयोगमा सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा र विश्व बैङ्कको आर्थिक सहयोगमा सडक स्तरोन्नति परियोजना सम्झौता
पोखरा, ८ असार/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण सेवा प्राली भरतपुरसँग सम्झौता भएको हो । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा… पुरा पढौ

पौडी खेल्नेक्रममा फेवातालमा डुवेर नौडाडाँका भण्डारीको निधन

पौडी खेल्नेक्रममा फेवातालमा डुवेर नौडाडाँका भण्डारीको निधन
पोखरा, ७ असार/ फेवाताल पौडी खेल्नेक्रममा डुबेर एक जनाको निधन भएको छ । फेवातालको चिसापानीमा पौडी खेल्ने क्रममा अन्नपुर्ण गाउँपालिका १ नौडाडाँका २१ बर्षीय संजय भण्डारीको निधन भएको प्रहरीले जानकारी दिएको छ । पाँच जना सँगै पौडी खेल्न गएकोमा संजय भण्डारी पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको थिए । त्यसको केही समयमा नै सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा तालबाट उद्वार गरेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी… पुरा पढौ

पोखराको प्राइम सहकारी ठगी प्रकरणः थप तीन जना पक्राउ

पोखराको प्राइम सहकारी ठगी प्रकरणः थप तीन जना पक्राउ
पोखरा, ७ असार/ पोखराको गैह्पाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको बचत र सम्पती हिनामिना गरी ठगी गरेको कसूरमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोली बिहीबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर १८ बस्ने ५५ वर्षीयकी धनकुमारी गुरुङ, पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर पोखरा ८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा ३ तेर्सापट्टी… पुरा पढौ

गण्डकी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा, ६ असार/ देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने… पुरा पढौ

पोखरामा बुधबार देखी स्काउटको एड्भेन्चर फेस्ट

पोखरामा बुधबार देखी स्काउटको एड्भेन्चर फेस्ट
पोखरा, ४ असार/ नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट २०८१ बुधबारबाट शुरु हुने भएको छ । पोखराको शान्तिबन बाटिकामा हुनेछ । एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलापका साथ कार्यक्रम सन्चालन हुनेछ। कार्यक्रममा बालबालिका तथा युवाहरुलाई शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीप सहित बिभिन्न बिपदका घडीहरुमा उद्दार कार्यमा डर सङसङै होस गुमाउनु हुदैन सिकाउने नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त सागर पौडेलले बताए । कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तीन हजार विद्यार्थीहरु र… पुरा पढौ

गोकुलधामलाई माछापुच्छ्रे बैंकको नगद दश लाख सहयोग

गोकुलधामलाई माछापुच्छ्रेको नगद दश लाख सहयोग
पोखरा, ४ असार/ पोखरा महानगरपालिका वडा नम्बर १४ बाच्छिवुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले नगद १० लाख रुपैया सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन केसीले बताउनुभयो । उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने के।सीको विश्वास छ ।… पुरा पढौ

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

चट्याङ
पाल्पा, ३ असार/ चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनएको छ । पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगेपनि चेकजाँचको क्रममा डाक्टरहरुले मृत घोषणा गरेका थिए । पुरा पढौ

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन (पिन) नेपालको दोस्रो अधिवेशन, चार कमिटिमा नयाँ समिति

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन पिन नेपालको दोस्रो अधिवेशन, चार कमिटिमा नयाँ समिति
पोखरा, २ असार/ प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन (पिन) नेपालको दोस्रो अधिवेशन पोखरामा चार वटा नयाँ समिति चयन गरेको छ । पिन कास्की जिल्ला कमिटी, पिन पोखरा महानगर विशेष कमिटी, पिन पोखरा विश्वविद्यालय विशेष कमिटी र पिन पश्चिमाञ्चल क्याम्पस विशेष कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनको उद्घाटन गर्दै नेकपा एमाले कास्कीका सचिव दर्शन लामाले गरे । लामाले नयाँ नेतृत्वले अझ राम्रो सगँ काम गर्ने बताए । कार्यक्रममा पिन केन्दिय उपाध्यक्ष देउकाजी गुरुङ, केन्द्रीय सचिव तथा पिन गण्डकी ईन्चार्ज धु्वराज भट्टराई,… पुरा पढौ

पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा डुवेर बालकको मृत्यु

पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा डुवेर बालकको मृत्यु
पोखरा, २ असार/ पोखरा महानगर वडा नम्बर ३३ सुरौदी खोलामा निमार्ण हुन लागेको पुलको खाल्डोमा डुबेर बेपत्ता भएका बालक मृत भेटिएका छन् । पोखरा ३३ बरपौवा घर भएका लक्ष्मण बिकका ९ बर्षीय छोरा गणेश विक असार १ गते देखी बेपत्ता उनको आइतबार बिहान सशस्त्र प्रहरीको टोलीले मृत भेटाएको हो । सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी निज बालकको चप्पल तैरिरहेको देखेपछी स्थानिय प्रहरी तथा बासिन्दाहरुबाट खोजतलासको लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खबर गरेका थिए । कालिका… पुरा पढौ