समाचार

पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला

पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
पोखरा, ३१ भदौ/ नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन् । समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन गरेको अन्तिम नामावलीप्रति आपत्ति जनाएको हो । डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र… पुरा पढौ

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार
पोखरा, ३१ भदौ/ राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको अधिवेशनमा सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् । संघको उपाध्यक्षमा सरिता गायक, सचिवमा विजय नेपाली, सहसचिवमा विन्दु परियार र किशोर परियार, कोषाध्यक्षमा कोपिला सुनार निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक निर्वाचित भए । यस्तै अधिवेशनले… पुरा पढौ

बालकृष्णलाई हराउदै सुदीप पोखरा उद्योग वाणिज्य संघको उपमहसचिब

सुदीप प्रधानांग र बालकृष्ण कोइराला
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी भएका छन् । उनले बालकृष्ण कोइरालालाई १ सय ३० मत अन्तरले हराए । सुदीप प्रधानांगले १ हजार १ सय ७७ मत प्राप्त गरे भने कोइरालाले १ हजार ४७ मत प्राप्त गरे । कोइराला अर्जुन पोख्ररेल प्यानलका उमेद्वार हुन् । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः सदस्यको मतगणना सकियो (कस्को कति सहित)

पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत
पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः सदस्यको मतगणना सकियो कस्को कति सहित पुरा पढौ

पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत

पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि मतगणना चलिरहेको छ । पछिल्लो गणना अनुसार वस्तुगत तर्फको मतपरिण आएको छ । बस्तुगत तर्फ सूर्य घिमिरेले २२ मत प्राप्त गरेका छन् त्यसै गरी दुर्गा बरालले २१ म्त, पृथ्वीराज तिमिल्सिनाले २० मत र नविन नापितले १४ मत प्राप्त गर्दै विजयी भएका छन् । नविन नापित र राजेश कोइरालाको १४ १४ मत भएपनि गोला गर्द नापित विजयी भएका हुन् । त्यसै गरी पूर्णशोभा गुरुङ १० लालप्रसाद ढकालले… पुरा पढौ

भूकम्पको धक्का

भूकम्प
काठमाडौं, ३० भदौ / ताप्लेजुङमा शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको ल्होनाकलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प भएको थियो । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन र गोकर्ण चुनावी मैदानमा, मतदान चल्दै

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल
पोखरा, २९ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँमहाधिवेशन नयाँ नेतृत्व चयनका लागि अहिले निर्वाचन भई रहेको छ । चुनावमा पूर्व महासचिव अर्जुन पोख्ररेल तथा वर्तमान बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की अध्यक्षका लागि चुनावी मैदानमा छन् । नेतृत्वका लागि पोख्ररेल प्यानल नै बनाएर चुनावी मैदानमा छन् भने कार्की प्यानल नबनाई चुनावी मैदानमा छन् । आगामी कार्य कालका लागि वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्ष दिनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिवमा र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ निर्विरोध भएको छन् । उपमहा सचिवमा… पुरा पढौ

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला
पोखरा, २८ भदौं / ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई… पुरा पढौ

लागूऔषध बिक्री आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

ढाकाकुमार श्रेष्ठ
पोखरा, २७ भदौ/ लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई प्रहरी पक्राउ गरेको छ । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । साउन ३ गते प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध टुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका– ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका… पुरा पढौ

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई
पोखरा, २७ भदौ / राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनभएको छ । पोखरा यातायात प्रा.लि पोखरा कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उहाँलाई सम्मान गरिएको हो । सडक यातायात सँग सम्वन्धित सूचना एवम् सचेतनामूलक समाचार पत्रकारिताको विभिन्न माध्यमबाट आम उपभोक्ता, व्यवसायी, मजदुर लगायतका सरोकारवालहरु सम्म सम्प्रेषण गरेको भन्दै सापकोटालाई नगद सहित सम्मान पत्रलेले सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि २५ हजार र… पुरा पढौ