पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो (पोखरामा कति)

-


     क्लिक गण्डकी     
     असाेज १४ गते २०८१ मा प्रकाशित


पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो पोखरामा कति

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो पोखरामा कति

पोखरा, १४ असोज/ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

अन्तराष्टिय हवाई इन्धन काठमाडौं प्रति किलो लिटर अमेरिकी डलर ९ सय ६०, पोखरा र भैरहवामा प्रति किलो लिटर अमेरिकी डलर ८ सय ६० रहेको छ । ग्यासको मूल्य भने यथावत रहेको छ ।