समाचार

मादीबाट पोखरातर्फ आउँदै गरेको टिप्पर दुर्घटना, चालक फरार, दुई जना घाइते

दुर्घटना
पोखरा, २७ वैशाख/ कास्कीका मादी गाउँपालिका–५ स्यालटुडा छाचोकबाट पोखरा महानगरापकिाल तर्फ आउँदै गरेको टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बिहान १०ः४५ बजेको समयमा छाचोकबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ४२९८ नम्बरको टिप्पर दुर्घटना हुँदा दुईजना घाइते भएका हुन् । टिप्पर दुर्घटना हुँदा नुवाकोट ककनी गाउँपालिका–३ घर भई पोखरा महानगर–२६ बस्ने ३५ वर्षीय धनबहादुर तामाङ र ५२ वर्षीय कृष्णबहादुर लामा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण

पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम ९ईबीपीएस० सम्बन्धी प्रशिक्षण
पोखरा, २७ वैशाख/ पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवारदेखि सुरु भएको छ । यससँग सम्बन्धित महानगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि सुरु गरिएको प्रशिक्षण कार्यक्रम शुक्रवार सम्म चल्नेछ । कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विद्युतीय सेवामा आधारित नागरिक सेवा निकै प्रभावकारी हुने भएकाले घर तथा भवनहरू निर्माणका लागि यस प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । ‘प्रविधिको विकास तिव्रत्तर रूपमा अगाडी बढिरहेको छ, प्रमुख आचार्यले भन्नुभयो, समयको… पुरा पढौ

ट्राफिक नियम पालना गर्न झन्झट नमानौं – मुख्यमन्त्री अधिकारी

ट्राफिक नियम पालना गर्न झन्झट नमानौं ः मुख्यमन्त्री अधिकारी
पोखरा २५ वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो । ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उहाँले भन्नुभयो ।… पुरा पढौ

बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई, तीन ट्याक्टर फोहर सङ्कलन

बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई, तीन ट्याक्टर फोहर सङ्कलन
मेघौली, चितवन/ बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ । लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ । लजले यस खालको सरसफाइ हरेक… पुरा पढौ

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

रोहितराज पराजुली
पोखरा, २५ वैशाख/ पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन्… पुरा पढौ

पोखरामा पर्यटकलाई हैरान पारेको भन्दै ५ जना प्रकाउ

पोखरामा पर्यटकलाई हैरान पारेको भन्दै ५ जना प्रकाउ
पोखरा, २४ बैशाख/ पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरुलाई दुःख दिएको भन्दै ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका–५ जिरो किमी, लेकसाइड, हल्लनचोक क्षेत्रमा सर्वसाधारण तथा पर्यटकहरुलाई दुःख हैरानी दिएको भन्दै प्रहरीले शनिबार प्रकाउ गरेको छ । सर्वसाधरण नागरिक तथा पर्यटकहरु सवारी साधनबाट ओरल्ने स्थानबाट बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोलाहरु तान्ने पैसाको बार्गेनिङ गर्दै अनावश्यक दुःख हैरानी दिएको आरोपमा ५ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–६ डिहिकोपाटन बस्ने २६… पुरा पढौ

डीभी प¥यो, अब के गर्ने ? अमेरिकन दुतावासले गर्दै छ सहजीकरण

डीभी प¥यो, अब के गर्ने ? अमेरिकन दुतावासले गर्दै छ सहजीकरण
पोखरा, २५ बैशाख/ अमेरिकी सरकारले दिँदै आएको डाइभर्सिटी भिसा (डीभी) को सन् २०२५ को नतिजा सार्वजनिक भइसकेको छ । इडीभी परेकाले अब के गर्ने भन्ने हुन सक्छ ? त्यसलाई सहजीकरण गर्न अमेरिकन दुतावासले मंगलबार प्रश्न सोध्न भनेको छ । डीभी पर्नु नै तपाईं अमेरिका जान सिधै योग्य हुनु भने होइन । त्यसपछि प्रक्रिया पार गर्नुपर्दछ । सन् २०२५ का लागि डीभीमा सफल भएकाहरुले सकेसम्म छिटो डीएस २६० फारम भर्नुपर्दछ । इडीभीजस्तै यो फारम पनि आफैं निःशुल्क अनलाइनमार्फत भर्न सकिन्छ, कुनै… पुरा पढौ

सवारी “लाइसेन्स”मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री

सवारी “लाइसेन्स”मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री
काठमाडौँ, २४ वैशाख/ प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गर्नुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गर्नुभएको हो। छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “सवारी चालक… पुरा पढौ

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी
पोखरा, २३ वैशाख/ पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो । समझदारीमा महानगरपालिका र पोखरा विश्वविद्यालय सहित उल्लेखित क्याम्पसहरू बिचमा व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान गर्न स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रशिक्षार्थीको रूपमा परिचालन गर्ने उल्लेख छ । समझदारी अनुसार पोखरा विश्वविद्यालय वा अन्य क्याम्पसहरूबाट सिफारिस गरिएका… पुरा पढौ

पोखराको फुस्रेखोला र फेवातालमा डुबेर दुई युवकको मृत्यु

पाैडी डुवेर
पोखरा, २३ बैशाख/ पोखरामा आइतबार पौडी खेल्नेक्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ फेवा पावरहाउस स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय र फेवातालमा डुबेर १६ वर्षीय युवकको मृत्यु भएको हो । फुस्रे खोलामा डुबेर जनप्रिय माविमा कक्षा १० मा अध्ययनरत नागढुङ्गा बस्ने सुप्रिम पौडेल रहेका छन् । एसईई दिई बसेका उनी साथीभाई सगँ खोलामा पौडी खेल्न जाने क्रममा डुबेका हुन् । त्यसै गरी पोखरा महानगरपालिका १८ खपौदीस्थित फेवाताल पौडी खेल्ने क्रममा डुबेर… पुरा पढौ

This will close in 10 seconds