समाचार

लेखनाथमा जीप दुर्घटना

लेखनाथमा जीप दुर्घटना
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका ३१ पचभैयामा जीप दुर्घटना भएको छ । सेभेन लेकको पानी बोकेको जिप घुम्तीबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा चालक घाइते भएका छन् । उनको लेखनाथको सामुदायिक अस्पताल उपचार भएको छ । पुरा पढौ

पोखराको नदीपुरमा खुकुरी प्रहार गरी फरार दुई जना पक्राउ

पोखराको नदीपुरमा खुकुरी प्रहार गरी फरार दुई जना पक्राउ
पोखरा, २ जेठ/ पोखराको नदीपुरमा २२ वैशाखमा एक व्यक्तिलाई गालीगलौज सहित खुकुरी प्रहार गरी घाइते बताएको अभियोगमा कास्की प्रहरीले २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भइ हाल पोखरा ३, नदीपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बागलुङ घर भइ हाल पोखरा २५, हेमजा बस्ने २८ वर्षीय लगिन थाला छन् । वैशाख २२ गते राति साढे १२ बजे नदीपुरपरमा एक व्यक्तिलाई गालीगलौज गरी खुकुरी प्रहार गरेर फरार भएको प्रहरीको भनाई छ । प्रहरीले सोमबार पोखराको बगरबाट पक्राउ… पुरा पढौ

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकामा नतिजा बदर, पुनः मतगणना हुने

उच्च अदालत पोखरा
पोखरा, १ जेठ/ निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो । २०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्धा दर्ता गराएका थिए । त्यस नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२… पुरा पढौ

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट
पोखरा, ३० वैशाख/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको उल्लेख गरे । उनले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्य महत्वपूर्ण रहेको पनि बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य… पुरा पढौ

पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ

पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ
पोखरा, ३० वैशाख/ शनिबार राति पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपाण्डेथुम रहेको शान्ती उदय माध्यामिक बिद्यालयबाट ल्याप्टप चोरी भएको छ । विद्यालयको कार्यालय कोठा, कक्षाकोठा तथा कम्प्युटर ल्याब शाखा तोडफोड गर्ने चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्कुलबाट विभिन्न कम्पनीका ल्याप्टप ११ थान, चार्जर ७ थान, माउस ५ थान समेतका ईलेक्ट्रोनिक डिभाईसहरु चोरी भएको छ । विद्यालयको अन्य ल्याप्टप, कम्प्युटर, सिसि क्यामेरा, सिसिटिभि मनिटर, लाईट, प्रोजेक्टर, साउण्ड सिष्टम स्पीकर कन्ट्रोलर, स्टेशनरी कागजात समेतमा क्षति पुर्‍याएका छन् । ईलाका… पुरा पढौ

फेवातालबाट जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी

फेवातालबाट जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी
पोखरा, ३१ वैशाख / बर्सातको समयमा फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न पोखरा महानगरपालिकाले काम सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ । आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता राम बहादुर पौडेलले बताउनुभयो । ‘फेवातालको भविष्य प्रति हामी निकै चिन्तित छौँ, उहाँले भन्नुभयो, यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण… पुरा पढौ

पोखराको एभरेष्ट बैंकमा ढुङ्गा प्रहार

पोखराको एभरेष्ट बैंकमा ढुङ्गा प्रहार
पोखरा, ३० वैशाख/ पोखराको न्युरोडमा रहेको एभरेष्ट बैंकको शाखामा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार भएको छ । ढुङ्गा प्रहारबाट बैंकको सिसा फुटेको छ । मध्यरातमा स्कुटरमा आएका दुई व्यक्तिले बैंकमा ढुङ्गा हानेको भागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १ बजेर ४५ मिनेट जादा अज्ञात समूहले पोखरास्थित एभरेष्ट बैंक शाखामा ढुङ्गा प्रहार गरेर सिसा फुटाएको सूचना आएको बताएको छ । बैंकमा कसले किन ढुङ्गा हान्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखराको र्फिके पुलमा दुर्घटना

पोखराको र्फिके पुलमा दुर्घटना
पोखरा, ३० बैशाख/ गएराति पोखरा ५ र्फिकेमा पुलमा दुर्घटना भएको छ । जिरोकिलोमिटरबाट विध्यवासीनि तर्फ जादै गरेको ग११प ३९८६ स्कुट दुर्घटना भएको हो । राति एक बजे फिर्के पुलमा भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भिर छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । सो क्षेत्रमा बेला बेलामा दुर्घटना हुने गरेका छन् । सडक फराकीलो र पुल सागुरो हुदाँ दुर्घटनाहरु हुने गरेका छन् । पुल निमार्णको काम दश वर्ष हुदाँ पनि निमार्ण हुन सकेको… पुरा पढौ

सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन पोखरा महानगर हुदै प्रहरीमा बुझाइयो

सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन पोखरा महानगर हुदै प्रहरीमा बुझाइयो
पोखरा, २८ वैशाख/ सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ । विज्ञ टोलीले करिब ४ महिना लगाएर तयार पारेको ३४१९ पृष्ठ लामो प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको हो । बिहीबार साँझ पोखरा महानगरपालिका कार्यालयमा आयोजित समारोहमा महानगर प्रमुख धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । मेयर आचार्यले प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्ने बताए । यसअघि बुझाइएको ४५० पृष्ठको प्रतिवेदन भन्दा… पुरा पढौ

सामूहिक बलात्कार आरोपमा पोखरामा ३ जना पक्राउ

बलात्कार
पोखरा, २७ वैशाख/ पोखरामा सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । अमरसिंह चोकबाट वैशाख २४ गते उनीहरूलाई पक्राउ परेको हो । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् । उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन… पुरा पढौ

This will close in 10 seconds