समाचार

पोखरामा पौडी खेल्नेक्रममा डुबेर पर्वतका सुबेदीको मृत्यु

पोखरामा पौडी खेल्नेक्रममा डुबेर पर्वतका सुबेदीको मृत्यु
पोखरा, २६ जेठ/ पोखरा महानगरपालिका १७ छोरेपाटन नजिकै फुस्रे खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पर्वत जिल्ला कुस्मा नगरपालिका १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ बर्षीय बिश्वास सुवेदीको मृत्यु भएको हो । खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट गएको टोलीले खोजी गर्दा शव भेटिएको हो । विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भई फुस्रे खोलाको २५ फिट गहिराईमा शव अड्किएर बसेको… पुरा पढौ

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड
पोखरा, जेठ २६/ पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको बताएको छ । स्वरोजगारमूखि शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न पहल गर्ने विद्यालयको भनाई छ । शनिबार पोखराका संचारकर्मीसँगको छलफलमा विद्यालयका प्राचार्य सरोज कोइरालाले पाठ्यक्रम विकास केन्द्रले तोकेको कोर्षको भरमा मात्र विद्यार्थी स्वरोजगार बन्न सक्ने अवस्था नभएपछि अतिरिक्त कोर्षमा जोड दिएको बताए । विद्यार्थीलाई विदेशिनबाट रोक्नकै लागि भन्दै विद्यालयले पछिल्लो समय पढाई सक्नासाथ काम… पुरा पढौ

पोखरा–काठमाण्डौ–पोखरा रात्रीबसमा सुबिधा सम्पन्न बस सञ्चालनमा

पोखरा–काठमाण्डौ रात्रीबसमा सुबिधा सम्पन्न बस सञ्चालनमा
पोखरा, २४ जेठ/ पोखरा देखी काठमाण्डौका लागि लक्जरी बस सेवा सञ्चालनमा आएको छ । शुभ जगदम्बा ट्राभल्सले पोखरा- काठमाण्डौ- पोखराका लागि सुबिधा सम्पन्न बस सञ्चालनमा ल्याएको हो । पोखरा २५ हेम्जाबाट साझँ शुरु भएको बस सेवा जिरोकिमि, हल्नचोक, अमरसिंह हुदै काठमाडौं जाने र काठमाडौंबाट पनि रात्रीबस पोखरा आउने सञ्चालक दामुअधिकारीले जानकारी दिए । सञ्चालक अधिकारीका अनुसार अहिले दुई वटा बस थप गरिएको र थप सेवा सहित अन्य बस पनि क्रमिक रुपमा थप हुदै जाने बताए । उनले लक्जरी सिट, अत्याधुनिक… पुरा पढौ

कास्कीमा ट्रकले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

दुर्घटना
पोखरा, २४ जेठ/ कास्कीको अन्नपूर्ण गाउपालिका वडा नम्बर १ नौडाँडा ट्रकले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ । ग १ क २६२५ नम्बरको ट्रकले पैदल यात्री सोही ठाउँका ७० बर्षीय दुर्गाप्रसाद दाहाल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा ठक्कर दिँदा घाइते भएका उनको उपचारको लागि मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । ट्रक र ट्रक चालक जिल्ला धादिङ गल्छी गाउँपालिका २ बस्ने ३५ बर्षीय लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको… पुरा पढौ

पोखरामा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाए, प्रहरी सँग झडप

पोखरामा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाए, प्रहरी सँग झडप
पोखरा, २३ जेठ/ पोखरामा सहकारी पीडितहरूलाई प्रहरीले धरपक्कड गरेको छ । बुधबार सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएपछि प्रहरीले उनीहरुलाई लाठ्ठि प्रहार गर्दै पक्राउ गरेको छ । पोखराको सभागृहमा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रदर्शनकारीहरुले कालो झन्डा र ब्यान देखाएका थिए । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका… पुरा पढौ

पोखरा २० वडा कार्यालय निर्माणमा बिबाद, स्थानीय जनताबीच कुटाकुट

पोखरा २० वडा कार्यालय निर्माणमा बिबाद स् स्थानीय जनताबीच कुटाकुट
पोखरा, २३ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भवन निर्माणका लागि आगामी एक हप्ताभित्र सबै जनतालाई पायक पर्ने स्थानको खोजि गर्ने सहमति भएको छ। हाल निर्माणाधीन अवस्थामा रहेको भनिएको स्थानलाई अपायक रहेकाले सबै वडाबासीलाई पायक पर्ने स्थानमा वडा कार्यालय बनाइनुपर्ने भन्दै आन्दोलनरत आँटीघर (मौजाका जनतासंग पोखरा महानगरपालिकाद्वारा गठित सहजीकरण समितिले मंगलबार गरेको वार्तामा त्यस्तो सहमति भएको हो। मंगलबार दिउसो पोखरा ११ को वडा कार्यालयमा भएको दुई पक्षीय वार्तामा त्यस्तो सहमति भएको हो। पोखरा महानगरपालिकाको प्रबक्ता समेत रहेका… पुरा पढौ

यी हुन् कास्कीका नयाँ सिडियो भरतमणि पाण्डे, राष्ट्रिय परिचयपत्रलाई सहजबनाउने

भरतमणि पाण्डे
पोखरा, २३ जेठ/ कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबार देखी कार्यभार सम्हालेका छन् । वासुदेव घिमिरे सरुवा भएपछि पाण्डे कास्कीको प्रमुख जिल्ला अधिकारी भएर आएका हुन् । यस अगाडी रुपन्देही र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भएर पाण्डेले काम गरि सकेका छन् । उनले मंगलबार पत्रकारहरु सँग अन्तरक्रिया गर्दै नागरिकलाई सेवा प्रवाह गर्ने सवालमा आफ्नो पहिलो प्रथामिकता भएको बताए । पर्यटनको राजधानी घोषणा भएको पोखरामा २४ सै घन्टा खुलाउनेदेखि विकास निर्माणका काममा सहजीकरण गर्ने बताए ।राजनीतिक दल, नागरिक समाज, प्रदेश… पुरा पढौ

पोखरालाई हरित सहर बनाउन २ लाख २६ हजार बिरुवा रोपिने

पोखरालाई हरित सहर बनाउन २ लाख २६ हजार बिरुवा रोपिने
पोखरा, २२ जेठ/ पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदन महानगरपालिकाले बुझेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाएको हो । प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय कि।मी सडक तथा राजमार्ग, झन्डै ६९ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने छ । सहरी वन विकास… पुरा पढौ

पोखरा २० मा कुटाकुट, वडा कार्यालय कहाँ राख्ने विषयमा विवाद

वडा कार्यालय कहाँ राख्ने भन्ने विवादमा पोखरा २० भलाममा कुट्टाकुट कुटाकुट
पोखरा, २१ जेठ/ वडा कार्यालय कहाँ राख्ने भन्ने विवादमा पोखरा २० भलाममा कुटाकुट भएको छ । सोमबार दिऊसो पोखरा २० मौजा र पोखरा २० भलामका बासीन्दा बिच कुटाकुट भएको हो । भलाममा महानगरले विवाद भएपछि वडा कार्यालयका भवन बनाउन तत्काल शुरु नगर्न निर्देशन दिएको थियो । तर भलाममा भवन बनाउने काम अगाडी बढेपछि मौजा बासी दिऊसो रोक्न आएका थिए । पहिलो वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका उनीहरुलाई स्थानीयले रोकेका थिए । त्यसपछि उनी भवन बनाउन ठाउँमा पुगेका थिए । त्यहाँ… पुरा पढौ

पोखरामा टिप्पर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

दुर्घटना
पोखरा, २१ जेठ/ पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको भने एक जना घाइते छन् । पोखरा १३ गौडाको मुखमा ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा १४ चाउथेका २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएका थिए । घाइते रिमालको गण्डकी मेडिकल… पुरा पढौ