पोखरामा १० जना जुवाडे १ लाख ३७ हजार सहित पक्राउ

-


     क्लिक गण्डकी     
     असार १८ गते २०८१ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १७ असार/ प्रहरीले पोखरा महानगरपालिका ८ आनन्द मार्ग अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।

१० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ७ सय ६० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको जानकारी दिएको छ ।

उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।