पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

-


     क्लिक गण्डकी     
     असार १६ गते २०८१ मा प्रकाशित


पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

पोखरा, १५ असार/ टपरीमा दही चिउरा र रोटी छ । अनि पञ्चे बाजाको धन्की रहेका छन् । विभिन्न असारे भाकाहरु घन्की रहेका छन् । पर्यटकलाई मालाले गर्न पोखरा २३ मार्कीका बासी व्यस्त थिए ।

विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव ग¥यो । त्यही रोपाई महोत्सवमा स्वदेशी र विदेशी पर्यटक रमाए ।

असार १५ लाई मानो खाएर मुरी रोप्ने दिन । सबै किसानहरु खेतमा धान रोप्न व्यस्त छन् । धान दिवसका अवसरमा किसानहरु खेतममा व्यस्त हुदाँ पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने ।

पोखरा पर्यटन परिषद्का आयोजनामा पोखरा १९ औं रोपाइ महोत्सव स्वदेशी र विदेशी पर्यटकहरु हिलोले छ्पाछ्याप गर्दै रमाए । हिलो खेल्दा विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । हिलोमा भएका विभिन्न कार्यक्रममा पर्यटकहरु रमाए ।

पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेती बारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पोखरा पर्यटन परिषद्ले महोत्सव आयोजना गर्दै आएको छ ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई पेशाप्रति अभिप्रेरित महोत्सव फलदायी हुने आयोजकको दावी छ । महोत्सवले नेपालको कृषि प्रणालीका बारेमा विदेशीले जान्न पाएको र पर्यटन प्रर्वद्धनमा टेवा पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

यस वर्ष पोखरा २३ मार्कीमा रहेको १० रोपनी क्षेत्रफलको खेतमा महोत्सव भएको हो । परिषद्ले “पोखरा सबै मौसमका लागि” भन्ने नारा सहित हरेक वर्ष फरक–फरक ठाउँमा महोत्सव गर्दै आएको छ । पर्यटक र स्थानीयहरु हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलो माछा समाउने प्रतियोगिता, भलिबल प्रतियोगितामा भाग लिदै रमाए ।

महोत्सवले परम्परागत रोपाई बारे नयाँ पुस्ता र पर्यटकलाई जानकारी दिएको बताउ छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई आधुनीकी करण गर्दै उत्दान गर्नुपर्ने बताए ।

रोपाहारले हातमा धानको बीउ लिदैं हिलोमा छुपुछुपु धान रोप्दै असारे गीत गाउँदा महोत्सवस्थल नै संगीतमय बनेको थियो । त्यती मात्रै हैन् पञ्चेबाजा र लोकदोहोरी कलाकारहरुले थप रौनकता थपेका थिए । पोखरामा ११ हजार २ सय ५० हेक्टरमा रोपाई हुदै आएको छ ।