समाचार

जंगलमा आगो लगाएको आरोपमा कास्कीका एक जना पक्राउ

काहुँडाडाँको जंगलमा आगो दनदनी तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २३ बैशाख/ जंगलमा आगो लगाएको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ मराम्चेस्थित सामुदायिक जंगलमा आगो लगाएको आरोपमा स्थानिय मराम्चे निवासी ३९ वर्षिय अगन्धर पौडेललाई प्रहरीले पक्राउ गरेको हो । वनमा आगलागी भएपछि आगो लगाउने व्यक्तिको खोजी गर्न वडा प्रहरी कार्यालय बगरबाट एक टोली खटिएको थियो । सोहि प्रहरी टोलीले स्थानियलाई सोधपुछ गर्दा उनीहरुले पौडेलले आगो लगाएको आरोप लगाएका थिए । ततपश्चात प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा आगो लगाएको… पुरा पढौ

पोखराको फेवातालमा डुबेर बालकको मृत्यु

पोखराको फेवातालमा डुबेर बालकको मृत्यु
पोखरा, २३ बैशाख/ पोखरा महानगरपालिका १८ खपौदीस्थित फेवाताल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरा महानगरपालिका– ५ मालेपाटनका १५ वर्षका सोनम सुवेदीलाई मृत अवस्थामा निकालेको हो । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीयमार्फत प्रहरीलाई खबर गरेका थिए । दिउँसो साढे १ मा बालक डुबेको खबर प्रहरीमा पुगेको थियो । खबर पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४… पुरा पढौ

शुक्रबार प्रकाश सपुतले पोखरा घन्काउने, प्रवेश निःशुल्क

शुक्रबार प्रकाश सपुतले पोखरा घन्काउने, प्रवेश निःशुल्क
पोखरा, २३ बैशाख/ गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती राख्ने भएका हुन् । वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउने छन् । उनको प्रस्तुतीमा रम्न इच्छुक संगीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर झुम्न सक्नेछन् । कार्यक्रम हेर्नको… पुरा पढौ

खाना पकाउने क्रममा आगो लागेर पोखरा २३ पन्चासेकी भैखु नेपाली घाइते

आगोलागि
पोखरा, २१ बैशाख/ पोखरा महानगरपालिका–२३ पन्चासेमा खाना पकाउने क्रममा आगोलागी भएर एक जना घाइते भएकी छन् । खाना पकाउने क्रममा लगाएको कपडामा आगो लाग्दा जलेर भैखु नेपाली घाइते भएकी छिन् । बिहीबार बेलुका घरमा खाना पकाउने क्रममा कपडामा एक्कासी आगोलागी भएको हो । नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छ । नेपालीको दुवै खुट्टा र कम्मरको भाग जलेको प्रहरीले जनाएको छ । पुरा पढौ

आगलागीबाट क्षति भएको नैना दोहोरीलाई रात्रिकालीन ब्यवशायीहरुको सहयोग

आगलागीबाट क्षति भएको नैना दोहोरीलाई रात्रिकालीन ब्यवशायीहरुको सहयोग
पोखरा, २१ बैशाख/ आगिलागीबाट पुर्ण रुपमा क्षति भएकोपोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ । संघको पहलमा संकलित २ लाख ११ हजार ६ सय १० रुपैयाँ राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बनोद श्रेष्ठको नेतृत्वको टोलीले नैना दोहोरी सांझका सञ्चालक विष्णु आचार्य कमल र आचार्यका श्रीमती सुनिता आचार्यलाई प्रदान गरिएको हो । सो अवसरमा वोल्दै नेपाल राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले ब्यवशायीहरु एक अर्कालाई परेको दुखमा साथ… पुरा पढौ

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दुर्घटना
चितवन, २० बैशाख/ पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको रहेका छन् । ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखराका संरक्षणकर्मी आचार्यलाई ५० हजार पाउण्डको विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार

पोखराका संरक्षणकर्मी आचार्यलाई ५० हजार पाउण्डको विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार
पोखरा २० बैशाख / पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित भएका छन् । बेलायती राजकुमारी एनले लन्डनमा बुधबार आयोजित एक कार्यक्रमका बिच हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट संरक्षणकर्मी आचार्यलाई सम्मान गरेकी हुन् । पुरस्कारको राशी ५० हजार पाउण्ड छ । विश्वभरका ६ जनालाई प्रदान गरिएको सो पुरस्कार आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप प्रदान गरिएको हो । ३० बर्षमा ८० भन्दा बढी मुलुकका २०० जना संरक्षणकर्मीहरुले सो पुरस्कार प्राप्त गरेका छन्। यो बर्ष आचार्य… पुरा पढौ

पोखरामा बिजुली पसलको गोदाममा आगालागी, करिब १ करोडको क्षति

पोखरामा बिजुली पसलको गोदाममा आगालागी, करिब १ करोडको क्षति
पोखरा, २० बैशाख/ पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड क्षति भएको छ । पोखरा १० शान्तिपथस्थित साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा बुधबार राति करिब साढे १० बजे आगलागी भएको हो । आगालागी भएको देखी पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयसँगै दमकल, नेपाल प्रहरी र कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी टोलीले आगो राति सवा ११ बजे नियन्त्रणमा लिएको थियो । स्थानीय लोकबहादुर थापाको घरमा चाउथेका ध्रुव मरासिनीले ३ वर्षदेखि पसल संचालन गर्दै आएका… पुरा पढौ

कास्कीलाई सडक आश्रित मानवमुक्त बनाउने

कास्कीलाई सडक आश्रित मानवमुक्त बनाउने
पोखरा, १८ बैशाख/ जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानवमुक्त जिल्ला बनाउन कास्की जिल्लास्तरीय समन्वय बैठक एवं अन्तरक्रिया गरेको छ । कार्यक्रममा उपप्रमुख सरिता मालले सडक मानवमुक्त जिल्ला प्रदेश र मुलुक बनाउन सबै सरोकारवालाको सामूहिक प्रयासले मात्रै सम्भव हुने उल्लेख गरे । उनले कार्यान्वयनका लागि समन्वय बैठक आयोजना गरिएको बताइन् । मालले अब कास्कीका कुनै पनि पालिकामा सडक आश्रित मानव नहुने गरी ऊनीहरूको उद्धार, पुनस्र्थापना र उपचारका लागि उपयुक्त कानुन तथा नीति निर्माण गरि कार्यक्रम बनाउन स्थानीय तहहरूलाइ आग्रह… पुरा पढौ

गण्डकी प्रदेश प्रहरी प्रमुखमा (डिआइजी) दुर्गा सिंह

(डिआइजी) दुर्गा सिंह
पोखरा, १८ वैशाख/ गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै उनले कार्यालयका सबै शाखाको निरीक्षण समेत गरेकी छन् । उपत्यका प्रहरी रानीपोखरी काठमाडौंमा कार्यरत सिंहको सरुवा भएपछि सोमबार पोखरा आइपुगेकी हुन् । स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी र उपस्थित कार्यालय प्रमुखलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारितालाई थप गर्न संगठनको मूल्य मान्यतालाई आत्मसात गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न… पुरा पढौ

This will close in 10 seconds