पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा डुवेर बालकको मृत्यु

-


     क्लिक गण्डकी     
     असार ३ गते २०८१ मा प्रकाशित


पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा डुवेर बालकको मृत्यु

पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा डुवेर बालकको मृत्यु

पोखरा, २ असार/ पोखरा महानगर वडा नम्बर ३३ सुरौदी खोलामा निमार्ण हुन लागेको पुलको खाल्डोमा डुबेर बेपत्ता भएका बालक मृत भेटिएका छन् ।

पोखरा ३३ बरपौवा घर भएका लक्ष्मण बिकका ९ बर्षीय छोरा गणेश विक असार १ गते देखी बेपत्ता उनको आइतबार बिहान सशस्त्र प्रहरीको टोलीले मृत भेटाएको हो ।

सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी निज बालकको चप्पल तैरिरहेको देखेपछी स्थानिय प्रहरी तथा बासिन्दाहरुबाट खोजतलासको लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खबर गरेका थिए ।

कालिका गणबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले २ गते बिहान साढे बजे शव निकालेको हो ।

बालकको शव खाल्डोको बीच भागको अन्दाजी २० फिट गहिराईबाट निकालेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।