
पोखरामा बुधबार देखी स्काउटको एड्भेन्चर फेस्ट
पोखरा, ४ असार/ नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट २०८१ बुधबारबाट शुरु हुने भएको छ । पोखराको शान्तिबन बाटिकामा हुनेछ ।
एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलापका साथ कार्यक्रम सन्चालन हुनेछ। कार्यक्रममा बालबालिका तथा युवाहरुलाई शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीप सहित बिभिन्न बिपदका घडीहरुमा उद्दार कार्यमा डर सङसङै होस गुमाउनु हुदैन सिकाउने नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त सागर पौडेलले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तीन हजार विद्यार्थीहरु र अन्य विद्यार्थी गरि ५ हजार देखि ७ हजारको सहभागिता रहने उनले बताए । कार्यक्रम गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङले उद्घाटन गर्ने छन् ।
कार्यक्रममा ओमेगा जम्प, सुपरम्यान जम्प, रिभर क्रसिङ, टायर जम्पिङ, रक क्लाईम्बिङ, मङ्ग्की बृज, प्यारा जम्प, नेट क्रसिङ, हर्ष राईडिङ, टार्जन जम्प, आर्चरी लगायतका विभिन्न २५ वटा साहसिक कृयाकलापहरु सन्चालन हुनेछन ।





