पौडी खेल्नेक्रममा फेवातालमा डुवेर नौडाडाँका भण्डारीको निधन

-


     क्लिक गण्डकी     
     असार ८ गते २०८१ मा प्रकाशित


पौडी खेल्नेक्रममा फेवातालमा डुवेर नौडाडाँका भण्डारीको निधन

पौडी खेल्नेक्रममा फेवातालमा डुवेर नौडाडाँका भण्डारीको निधन

पोखरा, ७ असार/ फेवाताल पौडी खेल्नेक्रममा डुबेर एक जनाको निधन भएको छ ।

फेवातालको चिसापानीमा पौडी खेल्ने क्रममा अन्नपुर्ण गाउँपालिका १ नौडाडाँका २१ बर्षीय संजय भण्डारीको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

पाँच जना सँगै पौडी खेल्न गएकोमा संजय भण्डारी पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको थिए । त्यसको केही समयमा नै सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा तालबाट उद्वार गरेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी सँगै पौडी खेल्न गएका अन्य चार जनालाई कास्की प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरी रहेको जनाएको छ ।