चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार ४ गते २०८१ मा प्रकाशित


चट्याङ

चट्याङ

पाल्पा, ३ असार/ चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनएको छ ।

पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगेपनि चेकजाँचको क्रममा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।



Tags: