
प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन पिन नेपालको दोस्रो अधिवेशन, चार कमिटिमा नयाँ समिति
पोखरा, २ असार/ प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन (पिन) नेपालको दोस्रो अधिवेशन पोखरामा चार वटा नयाँ समिति चयन गरेको छ ।
पिन कास्की जिल्ला कमिटी, पिन पोखरा महानगर विशेष कमिटी, पिन पोखरा विश्वविद्यालय विशेष कमिटी र पिन पश्चिमाञ्चल क्याम्पस विशेष कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिबेशनको उद्घाटन गर्दै नेकपा एमाले कास्कीका सचिव दर्शन लामाले गरे । लामाले नयाँ नेतृत्वले अझ राम्रो सगँ काम गर्ने बताए ।
कार्यक्रममा पिन केन्दिय उपाध्यक्ष देउकाजी गुरुङ, केन्द्रीय सचिव तथा पिन गण्डकी ईन्चार्ज धु्वराज भट्टराई, पिन प्रदेश ईन्चाज ओम शर्मा र पिन केन्द्रीय निर्वाचन आयोग अध्यक्ष बुद्धिराज जोशि लगाएतले इन्जिनियरले देश विकासमा ठुलो योगदान दिएको बताए ।
त्यसै गरी पिन गण्डकी अध्यक्ष सुरेश तिमिल्सिना, सचिव कृष्ण रिजाल, पिन केन्द्रीय सदस्य विमल आचार्य, सर्मिला गौतम लगाएतले सफलताको शुभकामना दिए ।
अधिबेशनले पिन कास्की जिल्ला कमिटीको अध्यक्षमा रविन्द्र गोदार, उपाध्यक्षमा अनिल पंगेनी, सचिवमा युदिप सुवेदी क्षेत्री, सहसचिवमा बिक्रम बराल, कोषाध्यक्षमा सागर गौतम चयन भए ।
त्यसै गरी सदस्यहरुमा कालिदास सापकोटा, सुदिप दवाडी, रोहन थापा, दिपक लामिछाने, सुभम पोख्रेल, असिम पौडेल, विजय रायमाझी, विशाल त्रिपाठी, प्रताप अधिकारी, सविना बराल र रामचन्द्र भण्डारी चयन भएका छन् ।
पिन पोखरा महानगर विशेष कमिटीको अध्यक्षमा ईश्वर तिमिल्सिना, उपाध्यक्षमा रामजी त्रिपाठी, सचिवमा संदिप सुवेदी, सहसचिवमा अमृत कोईराला, कोषाध्यक्षमा खेम सुवेदी चयन भएका छन् । त्यसै गरी समितिको सदस्यमा समिर लामिछाने, सविन बराल रहेका छन् ।
पिन पोखरा विश्वविद्यालय विशेष कमिटीको अध्यक्षमा सुदर्शन खड्का, उपाध्यक्षमा सरोज सुवेदी, सचिवमा सागर रानाभाट, सहसचिवमा सिपि ओझा, कोषाध्यक्षमा विनोद गिरी चयन भएका छन् । त्यसै गरी समितिको सदस्यमा रविन घिमिरे, अविश्रान्त खनाल, सुवास लामिछाने, सुमन सुवेदी रहेका छन् ।
पिन पश्चिमाञ्चल क्याम्पस बिशेष कमिटीको अध्यक्षमा अध्यक्ष दिपेश कार्की, उपाध्यक्षमा बामदेव भण्डारी, सचिवमा प्रज्वल पौडेल, सहसचिवमा सौगात पौडेल, सदस्यहरुमा श्रणव लम्साल र प्रणव दास चयन भएका छन् ।





