समाचार

लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ५ जना बालिकाको उद्धार

स्पा (मसाज) सेन्टर
पोखरा, १२ जेठ/ पोखरा लेकसाइडमा रहेका ३ स्पा (मसाज) सेन्टरबाट ५ जना बालिकाको उद्धार गरिएको छ । लेकसाइडमा सञ्चालन रहेका ३ वटा स्पा (मसाज) सेन्टरबाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले ५ जना बालिकाको उद्धार गरेको हो । प्रहरीले जेठ २ गतेपनि स्पा (मसाज) सेन्टरबाट ६ बालिकाको उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समुह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलिले लेकसाइडमा सञ्चालनमा रहेका १५ वटा स्पा (मसाज) सेन्टर… पुरा पढौ

तनहुँ व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ गते गर्न आदेश

उच्च अदालत पोखरा
पोखरा, ११ जेठ/ तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ गते बिहान १० बजे सुरू गर्न उच्च अदालत, पोखराले आदेश दिएको छ । मतगणना प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, तनहुँमा रहेका शिलबन्दी मतपत्र सहित कागजात उच्च अदालत पोखरामा झिकाउन र अदालतका रजिष्ट्रारको संयोजनमा पुनः मतगणना गर्न आदेश छ । यसका लागि लाग्ने खर्च र व्यवस्थापन गर्न पनि निर्वाचन कार्यालयलाई भनिएको छ । उच्च अदालत, पोखराका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जेठ १ गते फैसला… पुरा पढौ

पोखरामा पनि अचाक्ली गर्मी

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ११ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । मनसुन भित्री नसक्दा नेपालमा गर्मी बढेको हो । पोखरामा बिहीबार देखि तापव्रmम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो तापक्रम केहिदिन रहिरने विभागले जनाएको छ । विभागका अनुसार नेपालगञ्ज, धनगढीमा ४० डिग्रिको उच्च तापक्रम छ । गर्मी बढे सँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ । पोखरामा… पुरा पढौ

पोखरामा तर्बुज मेला, उत्साहीत हुदै उपभोक्ता किसानको बारीमा

पोखरामा तर्बुज मेला, उत्साहीत हुदै उपभोक्ता किसानको बारीमा
पोखरा, ११ जेठ/ पोखरामा गर्मी बढेको छ । यो मौषममा उपभोक्ताहरूको रोजाईमा हुने गरेको तर्बुजा खेती पोखराको काठे बस्तीहरू लगाएका छन् । पोखराको पर्यटन बजारमा हरेक मौसममा खपत हुने गरेको खरबुजा कतिपय अवस्थामा तराई र भारतीय बजारबाट आपूर्ति हुने गरेको थियो । तर यस बर्ष पोखरा महानगरपालिकाले किसानलाई विऊ र मल दिएर पोखरा मै उत्पादन गर्न लगाएको छ ।पर्यटकीय सहर पोखरामा बजार अभाब नभएको खर्बुजा र तर्बुजाको पोखरा मै उत्पादन थालेको हो । किसानहरुले खरबुजा खेतीबाट वैकल्पिक आम्दानी लिन थालेका… पुरा पढौ

पोखरामा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, प्रहरी र आन्दोलनकारी बीच ढुङ्गा हानाहान

पोखरामा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, प्रहरी र आन्दोलनकारी बीच ढुङ्गा हानाहान
पोखरा, १० जेठ/ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले पोखरामा टायर बालेर प्रदर्शन गरेको छ । बिहीबार साँझ नेविसंघले पोखरास्थित पृथ्वीनारायण क्याम्पसको गेटमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।उनीहरूले गृहमन्त्री लामिछानेको पुतला दहन गरे । गृहमन्त्री राजीनामा दे, गृहमन्त्री मुर्दावाद, सहकारी ठगलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायत नारा लगाएका थिए ।प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच ढुङ्गा हानाहान भएको छ । पुरा पढौ

स्वास्थ्यकर्मी तथा फेवासिटी अस्पतालका संस्थापक गुरुङको निधन

चेतबहादुर गुरुङ
पोखरा, ९ जेठ/ स्वास्थ्यकर्मी तथा फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । बुधबार नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा निधन भएको हो । उनी निमोनियाबाट ग्रसित थिए । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण पनि गरिएको थियो । २०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाटमा बस्दै आएका थिए । उनका श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ छन् । गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए… पुरा पढौ

पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने

पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने
पोखरा, ८ जेठ/ पोखराको गैह्रापाटनमा रहेको पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने भएको छ । पश्चिमाञ्चल माविले पत्रकार सम्मेलन गरेर यस वर्षदेखि सौन्दर्य तथा केश कला विषय अन्तर्गत व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई शुरु गर्न लागेको जानकारी दिएको हो । विद्यार्थीलाई व्यवसायीक, सीपमूलक र व्यवहारिक शिक्षा दिने उद्देश्यले व्यवस्थापन संकालयको कक्षा ११ र १२ मा एक/एक सय पूर्णाङ्कको यी विषयहरु ऐच्छिक विषयका रुपमा थप गरिएको विद्यालयका प्रिन्सिपल सरोज कोइरालाले बताए । हरेक कक्षामा ५०… पुरा पढौ

पोखरामा सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ

पोखरामा सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३० शिसुवा स्थित रहेको चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट प्रहरी टोलीले तोडफोडमा संलग्नलाई पक्राउ गरेको हो । सहकारीका कर्मचारी माथी हातपात, कागजपत्र हिनामिना तथा टेलीफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएका थिए । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँ पालिका ५ रिवानका प्रकाश बिक, झापा भद्रपुरका राजिव प्रसाई, पोखरा २७ लेखनाथका गणेश शाही, समिन बिक, संजिप सुनार, यम बहादुर चौरेली, कृष्ण कुमारी… पुरा पढौ

प्राइम सहकारी रकम हिनामिना गरेको अभियोगमा थप एक जना पक्राउ

प्राइम सहकारी रकम हिनामिना गरेको अभियोगमा थप एक जना पक्राउ
पोखरा, ८ जेठ/ सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले प्राइम सहकारीका थप एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनमा मुख्य कार्यालय रहेको प्राइममा अनियमितता आरोप प्रहरीले पोखरा २९ पटनेरी बस्ने ४६ वर्षीय उत्तम मगरलाई पक्राउ गरेको हो । जेठ १ गते प्रहरीले प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको थियो । मगरलाई जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले बताए । प्रहरीले यसअघि अध्यक्ष शंकर… पुरा पढौ

पत्रकार सुरेन्द्र पौडेललाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड’

पत्रकार सुरेन्द्र पौडेललाई ‘एक्जिटो एक्सेलेन्स अवार्ड’
काठमाडौं, ७ जेठ/ पत्रकार सुरेन्द्र पौडेलले ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ प्राप्त गरेका छन् । पत्रकारहरुको तर्फबाट उनले उक्त अवार्ड प्राप्त गरेका हुन् । अनुजा मिडिया र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अवार्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर लगायत अतिथिहरुले पौडेललाई अवार्ड प्रदान गरेका हुन् । पौडेल आर्थिक मिडिया प्रालिका अध्यक्ष तथा आर्थिक आवाज पत्रिकाका सञ्चालक हुन् । अवार्ड प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै उनले अवार्डले आफ्नो क्षेत्रमा थस सक्रियताका साथ… पुरा पढौ