
मित्र मिलन सहकारी ठगी आरोपमा थप २ जना पक्राउ
पोखरा, २७ जेठ/ मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी कसूरमा संलग्न रही फरार रहेका प्रतिवादीहरु जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्तीका भरत भट्टराई (मित्र मिलन सहकारी संस्थाका पुर्व अध्यक्ष) र सुवास अधिकारी (सहकारीका गैह्र सदस्य) लाई पक्राउ गरेको हो ।
जेठ २५ गते वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ कोत्रेबाट पक्राउ गरेको हो ।
प्रहरीले आइतबार उक्त कसूर अभियोग बमोजिम सजायको लागि कास्की जिल्ला अदालत समक्ष पेश गरिएको कास्की प्रहरीले जानकारी दियो ।





