समाचार

‘मिस नेपाल २०२४’ को यात्रा सुरुः पोखरामा मंगलबार ओरिन्टेसन, अडिसन ५ गते

‘मिस नेपाल २०२४’ को यात्रा सुरुः पोखरामा मंगलबार ओरिन्टेसन, अडिसन ५ गते
पोखरा, ३ बैशाख/ ‘मिस नेपाल २०२४’ को यात्रा सुरु भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ रैना मजगैयाँ पनि सहभागी थिए । हिडन ट्रेजरका प्रमुख राजकर्णिकारले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तीकरणको लागि मिस नेपालजस्ता… पुरा पढौ

पोखराको विध्यवासिनी पेट्रोल पम्पमा आगलागी, स्कुटर जल्यो

पोखराको बिन्धयवासिनी पेट्रोल पम्पमा आगलागी, स्कुटर जल्यो
पोखरा, २ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा रहेको विध्यवासिनी आयल स्टोरमा स्कुटरमा अगलागी भएको छ । आइतबार दिउसो करिब ४ बजे ग८प ८२१८ नम्बरको स्कुटरमा तेल भदै गर्दा एक्कासी आगोलागी भएको हो । आगालागीबाट स्कुटर जलेर ध्वस्त भएको छ भने पेट्रोल पम्पमा सामान्य क्षती पुगेको प्रहरीले जानकारी दिएको छ । https://www.youtube.com/watch?v=O9bAH7KkqFE&ab_channel=GandakiNews https://www.youtube.com/watch?v=W6riW8O4_1Y&ab_channel=MeroSathiTV पुरा पढौ

हेम्जा बस दुर्घटनाका घाइते एक जनाको मृत्यु

हेम्जा बस दुर्घटनाका घाइते एक जनाको मृत्यु
पोखरा, २ बैशाख/ चैत २९ गते पोखरा महानगरपालिका २५ हेम्जा सुईखेतमा भएको बस दुर्घटनाका घाइतेका एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस दुर्घटना भएको थियो । म्याग्दी मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ बर्षीय नर बहादुर पुनको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । बस नियन्त्रण गुमाई सडकको बाँया साईडमा पल्टिन जाँदा ८ जना घाईते भएका थिए । घाइते ७ जनाको सामान्य उपचार पश्चात सोही दिन डिस्चार्ज भएको थियो ।… पुरा पढौ

कास्कीको माछापुच्छेमा कुकुरले बाघ मारेपछि

कास्कीमा माछापुच्छेमा कुकुरले बाघ मारेपछि
पोखरा, १ बैशाख/ कास्कीको माछापुच्छे गाउँपालिका १ घाचोकको टुसेमा कुकुरले चितुवा (बाघ) मारेका छन् । शनिबार बिहान घाचोकमा कुकुरहरुले चितुवा मारेका हुन् । शनिबार बिहान एउटा रुखमा रहेको चितुवालाई डन्डे परियारले देखेका थिए । उनै परियारलाई चितुवाले आक्रमर्ण गर्न आए पछि कुकुरहरुले टोकेर मारेका हुन् । परियारलाई चितुवाले तीन पटक आक्रमण गरेको थियो । उनका हातको ठाउँमा घाउ भएको छ । शुक्रबार राति नै चितुवा रुखमा चढेको थियो । कुकुरहरु रुख मुनी रातभर कुरेर बसेका थिए । बिहान डन्डे परियार… पुरा पढौ

प्राज्ञ डा गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण

प्राज्ञ डा गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण
पोखरा, १ बैशाख/ हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज ९शनिबार० प्राज्ञ डा। गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो । हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई जन्मथलो याङ्जाकोट पुगेर एक कार्यक्रमकाबीच संरक्षकत्व अर्पण गरे । सो अवसरमा बोल्दै प्राज्ञ डा। गुरुङले साँस्कृतिक परिवारप्रती आभार प्रकट गरे । उनले… पुरा पढौ

पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापक सहित ८ जनालाई वन मुद्दा

पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापक सहित ८ जनालाई वन मुद्दा
पोखरा, १ बैशाख/ गण्डकी बोर्डिङको हाताभित्रका रुख काटेर बेचेको अभियोगमा स्कुलका प्रधानाध्यापक सहित ८ जनालाई जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । पोखरा १६ मा रहेको विद्यालय हाताभित्रका सिसौ, सल्ला लगायतका रुखहरु काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्निचरमा बिक्री गरेको भन्ने उजुरीपछि जाँचबुझ एवं अनुसन्धान गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र कम्पाउण्डमा रहेका विभिन्न २५ वटा रूखहरू काटिएको पाइएको डिभिजन वन कार्यालयका सूचना… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा सटर कवल बहाल र बक्यौता राजश्व असुली अध्ययन समिति गठन

पोखरा महानगरपालिका
पोखरा, ३० चैत्र / पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो ।  समितिको सदस्यहरूमा वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी रहनुभएको… पुरा पढौ

पोखरामा बैशाख दोस्रो साता रोजगारी मेला

पोखरामा बैशाख दोस्रो साता रोजगार मेला
पोखरा, ३० चैत/ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा बैशाख दोस्रो साता रोजगार मेला हुने भएको छ । सभागृहमा बैशाख १० गतेदेखि १२ गतेसम्म दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला हुन लागेको हो । बेरोजगारलाई रोजगारसँग जोड्ने र कामदार आवश्यक पर्ने व्यवसायीक र्फमहरुले प्रत्यक्ष भेटघाट गर्ने छन् । मेलाबाट बेरोजगारहरुलाई रोजगारको अवसर मिल्ने र रोजगारदातालाई दक्ष कामदार प्राप्त गर्न सहयोग पुग्ने मेलाका प्रचार प्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । मेलामा प्राविधिक… पुरा पढौ

पोखरामा फेवा नव बर्ष महोत्सव सुरु

पोखरामा फेवा नव बर्ष महोत्सव सुरु
पोखरा, २९ चैत/ पोखरामा नेपाली नयाँ वर्ष स्वागतका लागि १९ औ फेवा नव वर्ष महोत्सव शुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने सम्म महोत्सव सञ्चालन हुने छ । पन्चे बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सव शुरु भएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उनले फेवा तालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए । फेवा तालका विषयमा… पुरा पढौ

फेवातालमा जम्मा भएको माटो र गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल

फेवातालमा जम्मा भएको माटो र गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल
पोखरा, २९ चैत्र / जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा। ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो । सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको… पुरा पढौ

This will close in 10 seconds