पोखराको फिर्केपुल नजिकै मोटरसाइकल दुर्घटना हुदाँ बागलुङका गणेश आचार्यको मृत्यु

-


     क्लिक गण्डकी     
     जेठ १६ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १६ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ५ फिर्केपुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बाग्लुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका ४१ वर्षीय गणेश आचार्य रहेका छन् ।

मंगलबार राति ११ः२० बजे बा४८प ९५७९ नम्बरको मोटरसाइकल बागलुङ बसपार्कबाट जिरो किमितर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।



Tags: