समाचार

फेवातालमा जम्मा भएको माटो र गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल

फेवातालमा जम्मा भएको माटो र गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल
पोखरा, २९ चैत्र / जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा। ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो । सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको… पुरा पढौ

फेवातालमा डुंगा दुर्घटना, एक जनाको सकुशल उद्दार

फेवाताल
पोखरा, २९ चैत/ पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका एक जनाको सकुशल उद्दार भएको छ । बिहीबार दिऊसो आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ अग्नी देवकोटा तालमा खसेकी थिइन् । उनलाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरेको हो । काठमाडौं सामाखुशीकी २५ वर्षीया देवकोटालाई फेवाताल बाराहीघाट स्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरबाट खटिएको टोलीले सकुशल उद्दार गरेको हो । https://www.youtube.com/watch?v=UjBmKjCH-jQ&ab_channel=GandakiNews पुरा पढौ

पोखराको सुईखेतमा बस दुर्घटना

नेपालमा ठाउँ ठाउँ दुर्घटना, १८ जना जनाको निधन
पोखरा, २९ चैत/ पोखरा २५ हेम्जामा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे पोखरा महानगरपालिका २५ सुईखेतमा दुर्घटनाग्रस्त भएको हो । घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । सवारी दुर्घटना थप अपडेट :- मिति २०८०।१२।२९ गते अं. ०२:५० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा सुईखेत स्थित… पुरा पढौ

पोखरा महानगरका इन्जिनियर घुस लिएको रकम सहित पक्राउ

पोखरा महानगरका इन्जिनियर घुस लिएको रकम सहित पक्राउ
पोखरा, २८ चैत/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले १ लाख ५० हजार रुपैयाँ घुस रकम सहित एक जना इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई टोलीले पक्राउ गरिएको हो । घर सम्पन्नता दिनका लागि रकम लिएको खुलेको छ । १ लाख ५० हजार रुपैया नगद सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले जानकारी दिए । पुरा पढौ

पोखरामा ध्वनी प्रदुषण गर्ने बाइकलाई पार्किङबाटै उठाइयो

पोखरामा मोडिफाई गरिएका २ दर्जन मोटरसाइकल चालक कारबाही
पोखरा, २८ चैत/ प्रहरीले पोखराको लेकसाइडबाट ध्वनी प्रदुषण गर्ने ७ वटा बाईक नियन्त्रणमा लिइएको छ । सोमबार साझँ लेकसाइडबाट पार्किङ गरेर राखिएको स्थानबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीका सुचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । नियन्त्रणमा लिइएका बाइकहरुलाई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको सुचना अधिकारी शर्माले बताए । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो निकाल्ने मोटरसाईकलहरू… पुरा पढौ

पोखराको एक घरबाट ५ तोला सुन चोरी

चोरी
पोखरा, २८ चैत/ पोखरा महानगरपालिका १७ को एक घरबाट मंगलबार साँझ सुनका गहना चोरी भएको छ । पोखरा महानगरपालिका–१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट ५ तोला बराबरका सुनका विभिन्न गरगहना चोरी भएको हो । चोरीमा संगलनको खोजि गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् । पोखरा १७ मा दशै तिहारका बेलामा करिब २२ तोला सुन चोरी भएको थियो । केही दिन अगाडी अन्नपुर्ण गाउँपालिकाका विभिन्न ठाउँमा चोरी भएको थियो । पुरा पढौ

बैशाख १ गतेदेखि ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’

बैशाख १ गतेदेखि ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’
पोखरा, २८ चैत्र/ पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारा सहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौरे देउरालीमा हुने सम्मेलनको तयारी पुरा भएको आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ । शान्त पर्यापर्यटन र जंगल परिभ्रमणको मूल मान्यता सहित ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अगाडि वढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।… पुरा पढौ

भोलि सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २८ चैत/ सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिना उपासेर मनाइन्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । पुरा पढौ

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना, एक जनाको मृत्यु

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना, एक जनाको मृत्यु
पोखरा, २८ चैत/ अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा भएको स्कार्पियो गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सुपा देउराली दर्शन गरि पोखरा आउदै गरेको ग ३ च ४५७४ नम्बरको गाडी घुम्ती दुर्घटना हुदा भुमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ बर्षिय आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतिति सिंह राठोरले बताए । दुर्घटनामा भुमिकास्थान नगरपालिका ८ किमडाडाका ३४ बर्षिय इश्वरी क्षेत्री, ३० बर्षिय सम्झना क्षेत्री, २ बर्षिय इभान्सी क्षेत्री, पोखरा उपमहानगर पालिका… पुरा पढौ

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना
पोखरा, २८ चैत/ अर्घाखाँची पाणीनीमा ग ३ च ४५७४ नम्बरको कार दुर्घटनामा परेको छ । बिहान ९ः३० बजे अर्घाखाँची पाल्पा हुँदै पोखारा आउने क्रममा पाणिनि ८ पाली कोलडाँडामा दुर्घटना भएको हो । सडक देखि करिब १५० मिटर तल खस्दा गाडिमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जना बच्चा सहित ३ जनाको अबस्था गम्भिर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्क उचार भईरहेको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी भइरहेको छ… पुरा पढौ