
चोरी
पोखरा, १४ जेठ/ पोखरा महानगरपालिका १७ बिरौटास्थित एउटा घरमा ठुलोमात्रामा चोरी भएको छ ।
६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट सुनका गरगहना ३४ तोला र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
त्यसै गरी सोही घरमा भाडामा बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला, नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार र विभिन्न जिन्सी सामानहरू चोरी भएको शर्माले बताए ।
उनका अनुसार आइफोन, क्यामेरा, ल्यापटप, आइप्याड, घडी, चरेसका थाल लगायत गरी करिब ७१ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।
लक्ष्मीकान्त बुधबार पोखरा महानगरपालिका २२ पाउदुरस्थित पुरानो घर गएको थिए । शनिबार घर फर्की आई हेर्दा चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्नको खोजी कार्य भईरहेको बताएको छ ।
घर कोही नभएको बेला घरको ढोका फोरर चोरी भए प्रहरीको भनाई छ । पोखरा १७ मा करिब ९ महिना अगाडी पनि यस्तै प्रकृतिका चोरीका घटना भएका थिए ।





