पोखरा विश्वविद्यालयको ६२५ रोपनी जग्गा अतिक्रमणमा

-


     क्लिक गण्डकी     
     जेठ १५ गते २०८१ मा प्रकाशित


पोखरा विश्वविद्यालय

पोखरा, १५ जेठ/ पोखरा विश्वविद्यालयको ६२५ रोपनी जग्गा अतिक्रमणमा परेको छ ।

महालेखाको ६१ औ प्रतिबेदनमा पोखराको वडा नम्बर १२, १३ र १४ मा १३७२- १३- ३- ० रोपनी मध्ये ६ सय ६५ रोपनी भन्दा धेरै जग्गा अतिक्रमणमा परेको उल्लेख छ ।

महालेखाका प्रतिबेदनको पेज ५७४ मा उक्त जग्गा सुकुम्बासीहरुले अतिक्रमण गरेको उल्लेख छ । पोखरा विश्वविद्यालय आर्थिक नियमावली २०५५ को नियम २९ (५) मा विश्वविद्यालय र अन्तर्गतका निकायहरुमा रहेको घरजग्गा सवारीसाधन लगायतका अन्य सम्पत्तिहरुको केन्द्रीय लगत राख्नुपर्ने व्यवस्था छ ।

महालेखाले विश्वविद्यालयले सम्पत्तिको केन्द्रीय लगत राखी सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्न निर्देशन दिएको छ ।