समाचार

शुक्रबार प्रकाश सपुतले पोखरा घन्काउने, प्रवेश निःशुल्क

शुक्रबार प्रकाश सपुतले पोखरा घन्काउने, प्रवेश निःशुल्क
पोखरा, २३ बैशाख/ गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती राख्ने भएका हुन् । वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउने छन् । उनको प्रस्तुतीमा रम्न इच्छुक संगीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर झुम्न सक्नेछन् । कार्यक्रम हेर्नको… पुरा पढौ

खाना पकाउने क्रममा आगो लागेर पोखरा २३ पन्चासेकी भैखु नेपाली घाइते

आगोलागि
पोखरा, २१ बैशाख/ पोखरा महानगरपालिका–२३ पन्चासेमा खाना पकाउने क्रममा आगोलागी भएर एक जना घाइते भएकी छन् । खाना पकाउने क्रममा लगाएको कपडामा आगो लाग्दा जलेर भैखु नेपाली घाइते भएकी छिन् । बिहीबार बेलुका घरमा खाना पकाउने क्रममा कपडामा एक्कासी आगोलागी भएको हो । नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छ । नेपालीको दुवै खुट्टा र कम्मरको भाग जलेको प्रहरीले जनाएको छ । पुरा पढौ

आगलागीबाट क्षति भएको नैना दोहोरीलाई रात्रिकालीन ब्यवशायीहरुको सहयोग

आगलागीबाट क्षति भएको नैना दोहोरीलाई रात्रिकालीन ब्यवशायीहरुको सहयोग
पोखरा, २१ बैशाख/ आगिलागीबाट पुर्ण रुपमा क्षति भएकोपोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ । संघको पहलमा संकलित २ लाख ११ हजार ६ सय १० रुपैयाँ राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बनोद श्रेष्ठको नेतृत्वको टोलीले नैना दोहोरी सांझका सञ्चालक विष्णु आचार्य कमल र आचार्यका श्रीमती सुनिता आचार्यलाई प्रदान गरिएको हो । सो अवसरमा वोल्दै नेपाल राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले ब्यवशायीहरु एक अर्कालाई परेको दुखमा साथ… पुरा पढौ

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दुर्घटना
चितवन, २० बैशाख/ पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको रहेका छन् । ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखराका संरक्षणकर्मी आचार्यलाई ५० हजार पाउण्डको विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार

पोखराका संरक्षणकर्मी आचार्यलाई ५० हजार पाउण्डको विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार
पोखरा २० बैशाख / पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित भएका छन् । बेलायती राजकुमारी एनले लन्डनमा बुधबार आयोजित एक कार्यक्रमका बिच हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट संरक्षणकर्मी आचार्यलाई सम्मान गरेकी हुन् । पुरस्कारको राशी ५० हजार पाउण्ड छ । विश्वभरका ६ जनालाई प्रदान गरिएको सो पुरस्कार आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप प्रदान गरिएको हो । ३० बर्षमा ८० भन्दा बढी मुलुकका २०० जना संरक्षणकर्मीहरुले सो पुरस्कार प्राप्त गरेका छन्। यो बर्ष आचार्य… पुरा पढौ

पोखरामा बिजुली पसलको गोदाममा आगालागी, करिब १ करोडको क्षति

पोखरामा बिजुली पसलको गोदाममा आगालागी, करिब १ करोडको क्षति
पोखरा, २० बैशाख/ पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड क्षति भएको छ । पोखरा १० शान्तिपथस्थित साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा बुधबार राति करिब साढे १० बजे आगलागी भएको हो । आगालागी भएको देखी पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयसँगै दमकल, नेपाल प्रहरी र कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी टोलीले आगो राति सवा ११ बजे नियन्त्रणमा लिएको थियो । स्थानीय लोकबहादुर थापाको घरमा चाउथेका ध्रुव मरासिनीले ३ वर्षदेखि पसल संचालन गर्दै आएका… पुरा पढौ

कास्कीलाई सडक आश्रित मानवमुक्त बनाउने

कास्कीलाई सडक आश्रित मानवमुक्त बनाउने
पोखरा, १८ बैशाख/ जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानवमुक्त जिल्ला बनाउन कास्की जिल्लास्तरीय समन्वय बैठक एवं अन्तरक्रिया गरेको छ । कार्यक्रममा उपप्रमुख सरिता मालले सडक मानवमुक्त जिल्ला प्रदेश र मुलुक बनाउन सबै सरोकारवालाको सामूहिक प्रयासले मात्रै सम्भव हुने उल्लेख गरे । उनले कार्यान्वयनका लागि समन्वय बैठक आयोजना गरिएको बताइन् । मालले अब कास्कीका कुनै पनि पालिकामा सडक आश्रित मानव नहुने गरी ऊनीहरूको उद्धार, पुनस्र्थापना र उपचारका लागि उपयुक्त कानुन तथा नीति निर्माण गरि कार्यक्रम बनाउन स्थानीय तहहरूलाइ आग्रह… पुरा पढौ

गण्डकी प्रदेश प्रहरी प्रमुखमा (डिआइजी) दुर्गा सिंह

(डिआइजी) दुर्गा सिंह
पोखरा, १८ वैशाख/ गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै उनले कार्यालयका सबै शाखाको निरीक्षण समेत गरेकी छन् । उपत्यका प्रहरी रानीपोखरी काठमाडौंमा कार्यरत सिंहको सरुवा भएपछि सोमबार पोखरा आइपुगेकी हुन् । स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी र उपस्थित कार्यालय प्रमुखलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारितालाई थप गर्न संगठनको मूल्य मान्यतालाई आत्मसात गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न… पुरा पढौ

कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
पोखरा, १८ वैशाख/ कक्षा १२ को जारी परीक्षामा सामाजिक शिक्षा विषयको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पोखराबाट २ जना शिक्षक पक्राउ परेका छन् । आइतबार एक परीक्षा केन्द्रमा सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले नारायण बास्तोला र रामचन्द्र बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले कक्षा १२ को उत्तरपुस्तिका ८ थान र मोबाइल ३ थान समेत बरामद गरेको छ । शिक्षा ऐन, २०२८ अन्र्तत कसूरमा जिल्ला अदालतबाट म्याद थप… पुरा पढौ

पोखरा गौरीघाटको १७० बर्ष पुरानो रुख ढल्यो

पोखरा गौरीघाटको १७० बर्ष पुरानो रुख ढल्यो
पोखरा, १७ बैशाख/ पोखरा ६ गौरीघाट स्थित फेवाताल किनारामा रहेको १७० वर्ष भन्दा बढी उमेरको टुनीको रुख ढलेको छ । सोमबार बिहान सात बजे तिर रुख ढलेको हो । यस रुखको दुरूप्रयोग नगरी सादुपयोग गर्नु पर्ने डा अनिल सुबेदीले सुझाब दिएका छन् । उनले फेसबुकमा लेखेका छन् । पोखरामा ५ दशक अघि फेवातालमा टुनीको काठबाट बनेका डुङ्गा प्रयोग गरिने गरेको बताए । रुख ढल्दा पार्कलाई नोक्सानी पुग्नेको छ । स्थानीय हरी भुजेलले अन्य बुढा रुखहरुको पनि बेलैमा व्यवस्थापन गर्नु पर्ने… पुरा पढौ