समाचार

सुशान्त बस्यालको स्वास्थ्यमा झिनो सुधार, विशाल भण्डारी हाजिर जमानीमा रिहा

सुशान्त बस्याल
काठमाडौं, १३ चैत/ सवारी दुर्घटनामा परी घाइते भएका स्ट्यान्ड अप कमेडियन सुशान्त बस्यालको स्वास्थ सुधारोन्मुख देखीएको छ । पूरा होसमा नआए पनि उनले केही प्रतिक्रिया जनाउन थालेको अस्पतालले जानकारी दिएको छ । दुर्घटनास्थलबाट ल्याएर सुशान्तसहित ४ जनालाई मध्यपुर ठिमी अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुमध्ये क्रिटिकल अवस्थामा रहेका सुशान्तलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । आफैं श्वासप्रश्वासका लागि सक्षम भएपछि हिजो उनलाई भेन्टिलेटरबाट हटाइएको छ । अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार सुशान्तले हातगोडा अलिअलि चलाउन… पुरा पढौ

ड्रागन बोट प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाललाई

ड्रागन बोट दौड प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाललाई
पोखरा, १२ चैत/ पर्यटन राजधानी पोखराको बेगनासतालमा आयोजित प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता पुरुष तर्फ पाँच सय मिटरमा वाटर स्पोर्टस नेपाल प्रथम भएको छ । यस्तै नारा पोखरा दोस्रो र नेपाली सेनाको टिम तेस्रो भयो । महिला तर्फ पाँच सय मिटर डुङ्गा दौडमा बेगनासताल डुङ्गा व्यवसायी समिति पहिलो हुदाँ बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जालरी दिदिबहिनी समूह फेवा तेस्रो भए । त्यसै गरी दुईसय मिटर ड्रागन डुङ्गा दौड प्रतियोगितामा पुरुष तर्फ नारा पोखरा प्रथम, वार स्पोर्टस नेपाल… पुरा पढौ

होली खेल्ने क्रममा ग्याङ फाइट हुदाँ २ जनाको मृत्यु

फाइट
ललितपुर, १२ चैत/ ललितपुरमा होली खेल्ने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट… पुरा पढौ

करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु

करेन्ट
स्याङ्जा, ११ चैत/ स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ भेडावारी झाँक्रीथानका ५२ वर्षका हर्कबहादुर थापा रहेका छन् । बाटोमा लतारिएको बिजुलीको तार छोइँदा थापालाई करेन्ट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर रानाले बताए । उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाकासम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी रानाले जानकारी दिए । पुरा पढौ

पोखरा ९ नम्बर वडाका स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता

पोखरा ९ नम्बर वडाका स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता
पोखरा, ११ चैत्र / पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम गर्न, शिक्षा क्षेत्र सुधारको सुरुवात ९ नम्बर वडाबाट भएको सन्देश राष्ट्रव्यापी रुपमा दिन आग्रह गरे । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षामा ९ नं.… पुरा पढौ

नयाँ घर सरेको राति २२ तोला सुन चोरी

चोरी
पोखरा, ११ चैत/ केही महिना अगाडी पोखराको १३ कुडँहरमा घर सरेको राति नै सुन चोरीको घटना भयो । त्यस्तै घटना अन्नपूर्ण गाउँपालिका–३, काँडेमा भएको छ । काँडेको वराहथानका पुष्पा गुरुङको घरमा शुक्रबार राति चोरी भएको छ । चोरले २२ तोला सुनका विभिन्न गरगहना, ५० हजार नगदसहित विभिन्न सामान चोरी गरी लगेको पीडित गुरुङका भाई कुलबहादुर गुरुङ ‘कुलु’ ले बताए । ढोका फोडेर घरभित्र छिरेको चोरले ३ वटा दराज तथा १ बाकसमा क्षति पु¥याएर लुटपाट गरेको हो । चोरले क्यामेरा, टेलिभिजन… पुरा पढौ

कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा शंकर भण्डारी

कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा शंकर भण्डारी
पोखरा, १० चैत/कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा पुनः शंकर भण्डारी चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न साधारणसभा तथा अधिवेशनले भण्डारीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिबेशनले ९ सदस्यिय कार्यसमिति आगामी चार वर्षका लागि चयन भए । संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुल बहादुर गुरुङ र कोषाध्यक्षमा कमल बहादुर नेपाली चयन भए । कार्यसमिति सदस्यमा अशोक चालिसे, रविश्वर आचार्य, वमन चालिसे, आशामिंया श्रीमल र एलिना सापकोटा चयन भएका छन् । साधारणसभा तथा अधिवेशनको जिल्ला खेलकुद विकास… पुरा पढौ

पोखराबाट काठमाडौं जादै गरेको पर्यटक बस तनहुँमा दुर्घटना

पोखराबाट काठमाडौं जादै गरेको पर्यटक बस तनहुँमा दुर्घटना
पोखरा, १० चैत/ पोखराबाट काठमाडौं जादै गरेको पर्यटक तनहुँमा दुर्घटना भएको छ । बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार… पुरा पढौ

रेवान पोखराले स्वदेशी विदेशी सामेल गरि होली महोत्सव गर्ने

रेवान पोखराले स्वदेशी विदेशी सामेल गरि होली महोत्सव गर्ने
पोखरा, ९ चैत/ रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले होली पर्वका अवसरमा होली महोत्सव आयोजना गर्ने भएको छ । यस पटक होलीको दिन चैत्र ११ गते आइतवार होली पुर्णिमाको दिन अम्मट चौताराबाट होली खेल्न शुरु गरिने रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए । अम्मट चौतारीमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई बाजागाजा सहित सामुहिक रुपमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक, खहरेचोक सम्म पुग्ने खेल्ने कार्यक्रम रहेको भट्टराईले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेवानले… पुरा पढौ

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो
पोखरा, ९ चैत/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भएको हत्यामा संलग्नहरुलाई कास्की प्रहरीले सार्वजनीक गरेको छ । चैत ३ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका रामलाल तामाङ मृत भेटिएका थिए । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ गरेर शुक्रबार प्रहरीले सार्वजनीक गरेको छ । सिक्लेस गाउँबाट दक्षिण पाखामा चैत ३ गते रामलाल मृत फेला परेका थिए । प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको थियो । रामलाल र उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङको केही वर्षदेखि सम्बन्ध… पुरा पढौ

This will close in 10 seconds