पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख ३० गते २०८१ मा प्रकाशित


पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ

पोखरा ३३ को शान्ति उदय माविबाट ल्याप्टप चोरी, चोरी गर्ने ४ जना बालकहरु पक्राउ

पोखरा, ३० वैशाख/ शनिबार राति पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपाण्डेथुम रहेको शान्ती उदय माध्यामिक बिद्यालयबाट ल्याप्टप चोरी भएको छ ।

विद्यालयको कार्यालय कोठा, कक्षाकोठा तथा कम्प्युटर ल्याब शाखा तोडफोड गर्ने चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

स्कुलबाट विभिन्न कम्पनीका ल्याप्टप ११ थान, चार्जर ७ थान, माउस ५ थान समेतका ईलेक्ट्रोनिक डिभाईसहरु चोरी भएको छ । विद्यालयको अन्य ल्याप्टप, कम्प्युटर, सिसि क्यामेरा, सिसिटिभि मनिटर, लाईट, प्रोजेक्टर, साउण्ड सिष्टम स्पीकर कन्ट्रोलर, स्टेशनरी कागजात समेतमा क्षति पुर्‍याएका छन् ।

ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले अनुसन्धान तथा घटनामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्दै जाँदा आइतबार पोखरा महानगरपालिका वडा नम्बर ३३ सुर्ताने बस्ने १८ बर्षीय लेखनाथका १७ वर्षीय दुई जना र १६ वर्षका १ जना बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई ३ वटा बिग्रिएको अवस्थामा, ७ वटा चालु अवस्थामा रहेका ल्याप्टप सहित पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ । बालक भएका कारण प्रहरीले नामथर भने खुलाएको छैन ।



Tags: