समाचार

कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो

कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो
पोखरा, ९ चैत /कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ जिमिरेस्थित भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय यामबहादुर थापा रहेका छन् । कास्कीको करुवा सेती हाइड्रोपावरमा कार्यरत थापा बुधबार भिरबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । थापाको शव भिरमै अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको विपद् उद्धार टोलीले निकालेको हो । पुरा पढौ

पोखरामा सशस्त्रको कालिका पेट्रोल पम्प २४ सै घन्टा खुला

पोखरा, ९ चैत/ पोखरामा सशस्त्र प्रहरीको कालिका पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेको छ । काठमाडौं सहित पोखरामा सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको पेट्रोल पम्पहरु सञ्चालन हुन थालेको हो । सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएका हुन् । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएको छ,’ गृहमन्त्रीको सचिवालयले भनेको छ, ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान… पुरा पढौ

कास्कीका डिएसपीको सरूवा, श्रवणको ठाउँमा बसन्त आउने

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, ८ चैत/ प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरु सरूवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ । सरूवा भएका डिएसपीहरूले चैत महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट लिन पाउने छन् । कास्कीको डिएसपीमा बसन्त कुमार शर्मा सरुवा भएका छन् । यस अगाडी कर्णाली प्रदेश प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखा विरेन्द्रनगर सुर्खेतमा रहेका थिए । कास्की प्रहरी रहेका डिएसपी श्रवण कुमार विक नेपाल प्रहरी राजमार्ग… पुरा पढौ

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या

पोखरा, ८ चैत/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका रामलाल तामाङको भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् । सिक्लेस गाउँबाट दक्षिण पाखामा चैत ३ गते पुरुषको शव भेटिएको थियो । मादीमा निर्माणाधीन अपर जिरो मादी र मादमे खोला हाइड्रोपावर जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको थियो । रामलाल र उनकी श्रीमती कान्छी… पुरा पढौ

चट्याङ लागेर सहायक प्रहरी हवल्दारको मृत्यु

चट्याङ
चैत ७ / पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए । मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय उनी मंगलबार राति गस्ती गरिरहेको बेलामा पानी र चट्याङ परिरहेको थियो । गस्ती गरी फर्किएर ब्यारेकको ढोकामा उभिरहेका उनलाई चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र… पुरा पढौ

पोखराको काहुँडाडाँमा लागेको आगो नियन्त्रणमा

पोखराको काहुँडाडाँमा लागेको आगो नियन्त्रणमा
पोखरा, ६ फागुन/ पोखरा ११ काहुँडाँडामा सोमबार राति लागेको आगलागी नियन्त्रणमा आएको छ । काहुँडाडामा सोमबार राति जंगलमा लागेको आगो नियन्त्रणमा आएको कास्की डिएसपी श्रवणकुमार विकले बताए । उनले अझै पनि केही स्थानमा आगो बलिरहेको उल्लेख गरे । बस्तीमा आगोआउने जोखिम भने टरेको विकको भनाई छ । आगोलागिबाट बस्तीमा भने कुनै क्षती नपुेको उनको भनाई छ । आगो नियन्त्रणमा लिन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानिय लागेका थिए । बस्तीमा आगो आउन नदिन अग्नि रेखा बताएका कारण… पुरा पढौ

पोखराको काहुँमा भीषण आगलागी

पोखरा, ५ फागुन/ पोखरा ११ काहुँडाँडामा भिषण आगलागी भएको छ । काहुँडाडामा सोमबार राति करिब साढे ८ बजे देखी जंगलबाट सल्किएको आगो भिषण रुपमा लिएको छ । आगो नियन्त्रणमा लिन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लागेका छन् । जंगलमा बलिरहेको आगो बस्तीमा आउने जोखिमलाई ध्यानमा राख्दै दमकल सहितको टोली खटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । अहिले पोखराका मणिपाल अस्पताल र काहुँडाडामा दमकल स्ट्याडबाइ राखेको बताए । उनले जंगलमा लागेको आगो निभाउन दमकल जान नसकेको… पुरा पढौ

पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा

पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा
सागर राज तिमिल्सिनापोखरा, ४ चैत /पोखरा शहर सहतिको क्षेत्रलाई पर्यटकीय राजधानी घोषणा भएको छ । आईतबार पोखरामा भव्य समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरे । उनले पोखरा प्राकृतिक, साँस्कृतिक, शाहसिक पर्यटकीय क्षेत्र र पर्यटको आकर्षकको केन्द्रका रुपमा रहेका कारण राजधानी घोषणा गरेको बताए । विभिन्न सास्कृतीक झाँकी सहित पोखराका फिष्टेल गेटबाट शुरुभएको ¥याली फेवाताल किनारमा पुगेर औपचारी कार्यक्रममा परिणत भएको थियो । पोखरालाई पर्यटकीय शहर घोषणा गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न… पुरा पढौ

ट्रान्स हिमालय एडभेन्चर मोटरसाईकल टुरिङ र्याली चैत तेस्रो साता, पोखरामा पनि आउने

ट्रान्स हिमालय एडभेन्चर मोटरसाईकल टुरिङ र्याली चैत तेस्रो साता, पोखरामा पनि आउने
पोखरा, ३ चैत/ ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो । नेपाललाई विश्वकै मोटरस्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना हुने कार्यक्रममा काठमाडाँैदेखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाईकल टुरिङ र्याली हुनेछ । कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्स, झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी… पुरा पढौ

बुलौदीमा फेरी दुर्घटना

बुलौदीमा फेरी दुर्घटना
पोखरा, ३ चैत/ पोखरा ७ बुलौदीमा फेरी दुर्घटना भएको छ । शनिबार बिहान ग९प २०४४ नम्बरको स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जना गम्भिर घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । फागुन १९ गते शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँमा २ जनाको मृत्यु भएको थियो । पोखरा महानगरपालिका– ७ बुलौदीमा अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको थियो । हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प… पुरा पढौ

This will close in 10 seconds