पोखराको फुस्रेखोला र फेवातालमा डुबेर दुई युवकको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख २३ गते २०८१ मा प्रकाशित


पाैडी डुवेर

पाैडी डुवेर

पोखरा, २३ बैशाख/ पोखरामा आइतबार पौडी खेल्नेक्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ फेवा पावरहाउस स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय र फेवातालमा डुबेर १६ वर्षीय युवकको मृत्यु भएको हो ।

फुस्रे खोलामा डुबेर जनप्रिय माविमा कक्षा १० मा अध्ययनरत नागढुङ्गा बस्ने सुप्रिम पौडेल रहेका छन् । एसईई दिई बसेका उनी साथीभाई सगँ खोलामा पौडी खेल्न जाने क्रममा डुबेका हुन् ।

त्यसै गरी पोखरा महानगरपालिका १८ खपौदीस्थित फेवाताल पौडी खेल्ने क्रममा डुबेर पोखरा महानगरपालिका– ५ मालेपाटनका १६ वर्षका सोनम सुवेदीको मृत्यु भएको हो । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीयमार्फत प्रहरीलाई खबर गरेका थिए । दिउँसो साढे १ मा बालक डुबेको खबर प्रहरीमा पुगेको थियो ।

खबर पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले साढे २ बजेतिर शव निकालेको हो ।

युवकहरु गर्मी छल्न पौडी खेल्न जाने हुनाले आफ्ना बाबुनानीहरुलाई उचित सल्लाह र निगरानीमा राख्न कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले अनुरोध गरेका छन् । दुबै शवको सशस्त्र प्रहरीले निकालेको थियो ।