समाचार

पोखरा महानगरको टोली राहत लिएर जाजरकोट हिँड्यो, ५० लाख राहत घोषणा

पोखरा महानगरको टोली राहत लिएर जाजरकोट हिँड्यो, ५० लाख राहत घोषणा
पोखरा, १८ कात्तिक/ पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगर पालिका मयेर धनराज आचार्यले जानकारी दिए । टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य छन् । महानगरपालिका जनप्रतिनिधिहरुको १ महिनाको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने घोषणा गरेको छ । अहिले त्रिपाल, लत्ताकपडा, व्लाङकेट र औषधी लिएर टोली हिडेको उनले बताए । नगरका मेयर, उपमेयर लगायत वडाध्यक्ष… पुरा पढौ

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने
पोखरा, १८ कात्तिक/ बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका क्षेत्रका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्नस्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । भूकम्पले थुप्रैको ज्यान गएको र घरबारविहिन भएको परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने विज्ञप्तिमा उल्लेख छ । पुरा पढौ

क्यानडामा पोखराका दीपकले जिते १ लाख डलरको चिट्ठा

दीपक अधिकारी
पोखरा, १८ कात्तिक/ क्यानडा बस्दै आएका पोखराका दीपक अधिकारीले १ लाख डलरको चिट्ठा जितेका छन् । पोखराका दीपक अधिकारीले ‘सिक्स फोर्टी नाइन’ चिट्ठामा एक लाख क्यानेडियन डलर (करिब ९७ लाख रुपैयाँ) पुरस्कार जितेका हुन् । दुई वर्षअघि क्यानडा गएका उनले त्यसै बेलादेखि नियमित रूपमा चिट्ठा टिकट किन्ने गरेका थिए । उनले अक्टोबर पहिलो साता ब्रापम्टनको एउटा कन्भिनियन्स स्टोरबाट चिट्ठा किनेका थिए । नेपालमा पर्यटन व्यवसायमा आबद्ध थिए । उनले टान पोखराको अध्यक्ष भएका थिए । पुरा पढौ

पुतली बाजे अर्थात् कोलिन स्मिथको निधन

पुतली बाले अर्थात् कोलिन स्मिथ
पोखरा, १८ कात्तिक/ कोलिन स्मिथ अर्थात् पुतली बाजेको निधन भएको छ । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि विगत २ महिनादेखि हरियो खर्क अस्पताल पोखरामा उपचाररत उनको शुक्रबार राति ३ बजे निधन भएको हो । कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ जसले पुतलीसँग रमाउँदा आफ्नो देश बिर्सर नेपालमा नै बस्दै आएका थिए । कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उनलाई सम्मानार्थ नागरिकता प्रदान गरिएको थियो । २९ वर्षको उमेरमा नेपाल आएका उनी ८८ वर्षको उमेरमा निधन… पुरा पढौ

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते
सुर्खेत, १८ कात्तिक/ जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको उनले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गा र सुर्खेतमा उपचार भईरहेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना… पुरा पढौ

जाजरकोट भूकम्पः उपमेयर सहित ७२ जनाको निधन, २ सय बढि घाइते

जाजरकोट भूकम्पः उपमेयर सहित ७२ जनाको निधन, २ सय बढि घाइते
पोखरा, १८ कात्तिक/ जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा जाजरकोट र रुकुममा गरी ७० जनाको निधन भएको छ । जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा ३६ जनाको निधन भएको छ । झण्डै सय जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकाल जानकारी दिए । जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि निधन भएको छ । सदरमुकाममा बसेको घर भत्किएपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले… पुरा पढौ

पोखरामा मध्येरातमा भूकम्पको धक्का

भूकम्प
पोखरा, १८ कात्तिक/ पोखरामा शुक्रबार राति भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर ४७ मिनेट जादाँ भूकम्पको धम्का महशुस भएको हो । भूकम्पका कारण निद्रामा भएकाहरु पनि उठेर घर बाहिर निस्कीएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ । ६.४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पको महशुस नेपालीका विभिन्न ठाउँ र भारतमा पनि भएको छ । यस अगाडी कात्तिक ५ गते धादिङ केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो । बिहान ७… पुरा पढौ

भारतमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ५ नेपालीको मृत्यु

दुर्घटना
सुर्खेत, १७ कात्तिक/ भारतमा सवारी दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । नेपाल सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको हो । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी… पुरा पढौ

पोखरा मेयर र युरोपियन युनियनका एरियनको भेट, नवीकरणीय उर्जामा सहयोग गर्ने

पोखरा मेयर र युरोपियन युनियनका एरियनको भेट, नवीकरणीय उर्जामा सहयोग गर्ने
पोखरा, १७ कात्तिक/ युरोपियन युनियनका बाह्य निगरानी विशेषज्ञ एरियन होक्साले पोखरामा निर्माण हुने घर तथा भवनहरू ऊर्जायुक्त बनाउने विषयमा नगरप्रमुख धनराज आचार्यसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा यस सम्बन्धी परियोजना सञ्चालन तथा सहकार्यका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।यस परियोजनाले नयाँबन्ने भवनहरूमा जलवायु अनुकूलन, रिट्रोफिटिंग, दिगोपना र नवीनतम प्रविधिहरूको प्रयोग र नवीकरणीय ऊर्जा स्रोतहरूको एकीकरणलाई बढवा दिने विश्वास गरिएको छ । बढ्दो सहरीकरण सँगै घर तथा भवनहरू निर्माणको क्रम तीव्र भइरहेका बेला होक्साको प्रस्ताव सान्दर्भिक रहेको प्रमुख आचार्यले… पुरा पढौ

पूर्वी नेपालका वासिन्दालाई पोखरा भ्रमणको निम्ता

पूर्वी नेपालका वासिन्दालाई पोखरा भ्रमणको निम्ता
जनकपुर, १७ कात्तिक/ होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप नेपालको ऐतिहासिक एबं धार्मिक नगरी जनकपुरमा संघले शुक्रबार एक पत्रकार सम्मेलन गरी यस क्षेत्रका वासिन्दालाई पोखरा भ्रमणको निम्ता दिएको छ । पोखरा महानगरपालिकाको प्रबर्द्धनमा यही कात्तिक १६ गतेबाट कात्तिक २० गते सम्म संचालन हुने अभियान अन्तर्गत यसपटक जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन जस्ता शहर समेटिएको छ… पुरा पढौ

This will close in 10 seconds