समाचार

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागि २ जना मानिसको मृत्यु

पोखरा, ५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २९ पटनेरी स्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्न लगाएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मुस्ताङ जोमसोम घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर २९ पटनेरी डेरा गरी बस्ने ४६ बर्षीय भीमलाल सुनार र उनी श्रीमती सावित्री सुनारको मृत्यु भएको हो । दुई जना मानिसहरूले माछा मार्नको लागि करेन्ट लगाउने क्रममा करेन्ट लागी मानिसहरु घाईते भएको भन्ने सूचना प्राप्त हुनासाथ ई प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली गएको थियो… पुरा पढौ

नेपाल औषधी व्यवसायी संघ कास्कीको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पराजुलीको उमेद्वारी घोषणा

सन्तोष पराजुली
पोखरा, ४ मंसिर/ नेपाल औषधी व्यवसायी संघ कास्कीको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पराजुलीले उमेद्वारी घोषणा गरेका छन् । नेपाल औषधी व्यवसायी संघ कास्कीको मंसिर ८ र ९ गते पोखरामा हुने दोस्रो जिल्ला अधिबेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । औषधीको सहि सदुपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं भन्ने नाराका साथ उनले उमेद्वारी दिएको बताए । उनी फिस्टेल फार्मेसी प्रालि गैहपाटन, पुकार मेडिसेल्स, समिक्षा मेडिसेल्स, तालबाराही फार्मेसी लगाएतकाका सञ्चालक हुन् । पुरा पढौ

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

दुर्घटना
बुटवल, ४ मंसिर/ रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । पुरा पढौ

पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व तस्बिरः सञ्जय शाक्य
पोखरा, ४ मंसिर/ सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन भएको छ । उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । पोखराको केदारेश्व फेवाताल घाट, नदिपुर, कालिखोला खगाएतका ठाउमा रातभर जाग्राम बसेका ब्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी ब्रत समापन गरेका छन् । हिजो अस्ताउँदै गरेको सूर्य तथा… पुरा पढौ

पञ्चासेमा चोरी सिकारी बढ्यो, प्रहरी मौन

पञ्चासेमा जैबिक बिबिधता पार्क
पोखरा, २ मंसिर/ कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगम स्थल पञ्चासेमा चोरी सिकारी बढेको छ । पछिल्लो समय पञ्चासे क्षेत्रका वनमा कालिज, मृग लगाएतको चोरी सिकारी बढेका स्थानीयले बताए । दशै तिहारको विदाका बेला चोरी सिकारी अझ बढेको अन्नपुर्ण गाउँपालिका भदौरेका स्थानीय नवराज पौडेलले जानकारी दिए । उनका अनुसार कतिपय स्थानीय र बाहिरका मानिसहरु समेत बन्दुक लिएर सिकारका लागि त्यस क्षेत्रमा पुग्ने गरेको बताए । बोरामा बन्दुक बोकेर सिकार गर्न जाने गरेको उनको भनाई छ । पञ्चासे क्षेत्रमा अन्नपूर्ण गाउँपालिकाको… पुरा पढौ

धनगढीमा आगलागी हुदाँ अस्पताल सहित ८ वटा पसलमा क्षति

आगोलागि
धनगढी, २ मंसिर/ धनगढीमा विद्युत सर्ट भएर आगलागी हुदाँ अस्पताल सहित ८ वटा पसलमा क्षति भएको छ । धनगढीको रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको हो । आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सु सेन्टर, सुभिक्षादेवी सपिङ्उ सेन्टर, भट्ट ट्रेडर्स एण्ड सप्लायर्स लगायतका पसलमा क्षति पुगेको छ । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ । धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार… पुरा पढौ

कास्कीमा श्रीरामलाई हतियार प्रहार गरी घाइते बनाएको आरोपमा जुमकाजी पक्राउ

कास्कीमा श्रीरामलाई हतियार प्रहार गरी घाइते बनाएको आरोपमा जुमकाजी पक्राउ
पोखरा, १ मंसिर/ कास्की प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा एक जनालाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–६ बस्ने श्रीराम देवकोटालाई हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा जुमकाजी विकलाई प्रहरीले पक्राउ गरेको हो । जुमकाजीलाई जिल्ला अदाल कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपक्षिक श्रवणकुमार विकले जानकारी दिए । कार्तिक २७ गते बिहान ९ बजेको समयमा देवकोटा घरमा बसिरहेको अवस्थामा जुमकाजीले धारिलो हतियार (हसिया) प्रहार गरेर घाइते बनाएका थिए । देवकोटालाई… पुरा पढौ

टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्चमा रिट

टिकटक
काठमाडौं, १ मंसिर/ टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहितले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका हुन् । टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । पुरा पढौ

पोखरामा विश्वशान्ती पुजाको तयारी पुरा

पोखरामा विश्वशान्ती पुजाको तयारी पुरा
पोखरा, १ मंसिर/ पोखरामा गुम्बा राप्ने (प्राण प्रतिष्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी पुरा भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको लेकसाईड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताउनुभयो । मंसिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डे गर्नुहुनेछ । पुजाको पूर्व सन्ध्या… पुरा पढौ

लेखनाथको दृष्टिबिहिन आश्रममा आगलागी, करिब ७५ लाख क्षति

लेखनाथको दृष्टिबिहिन आश्रममा आगलागी, करिब ७५ लाख क्षति
पोखरा, ३० कात्तिक/ पोखरा महानगरपालिका २९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिबिहिन आश्रममा आगलागि भएको छ । आगोलागिबाट करिब ७५ लाख बराबरको धनमाल क्षति भएको छ भने पाँच कोठे घर जलेर ध्यस्त भएको छ । बुधबार साँझ करिब ९ बजेको समयमा आगोलागि भएको थियो । दृष्टिबिहिन र अपाङ्गगता भएकाहरु ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा लागेर बेच्ने अगरबत्ति, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगाएतका सामग्रीहरु पनि जलेर नस्ट भएका छन् । उनीहरुले बजारमा विक्रीका लागि लैजान लागेका… पुरा पढौ