समाचार

मानवअधिकारवादी टेकनाथ बरालको निधन (को हुन् बराल)

टेकनाथ बराल
पोखरा, १२ भदौ/ वामपन्थी नेता एवं मानवअधिकारवादी नेता टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष समेत हुन् । सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताए । उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती, छोरा, ३… पुरा पढौ

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु
पोखरा, ११ भदौ/ पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय एक युवतीको मृत्यु भएको छ । पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । बागमती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक तनहुँ जिल्लाको म्याग्दे गाउपालिका वडा नम्बर ४ की वर्षा कुमालको मृत्यु भएको हो । पोखरा सभागृहचोकमा गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी… पुरा पढौ

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना
पोखरा, १० भदौ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मर्दीपुल नजिकै बलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ७ जना सामान्य घाइते भएको प्रहरीको भनाई छ । माछापुच्छ्रे इदीखोलाबाट पोखरा आउदै गरेको ग ३ च ५८३८ नम्बरको बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो । जीप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको थियो । पुरा पढौ

पोखराका उद्योगपति जीत प्रसाद द्धाको निधन

जीत प्रसाद द्धा
पोखरा, १० भदौ/ पोखराका प्रतिष्ठिन उद्योगपति तथा समाजसेवी जीत प्रसाद द्धाको निधन भएको छ । शनिबार भदौ ९ गते ९४ वर्षको उमेरमा निधन भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा जितप्रसाद द्वा विगत लामो समय देखि चलचित्रको व्यवसाय, कपडा व्यवसाय लगाएतमा व्यवसायमा सक्रिए थिए । उनले पोखरामा सिनेमा घरको स्थापना गरी चलचित्र सम्बन्धि गतिविधिलाई बढवा दिन ठुलो योगदान छ । उनका अहिले पोखरामा मिडटाउन सिनेमा, विन्धवासीनि सिनेमा हल, श्रीकृष्ण हल, बाराही सिनेमा हल रहेका छन् ।… पुरा पढौ

ऋषिलीला पत्रकारिता पुरस्कारबाट रवीन्द्र माकाजू पुरस्कृत

ऋषिलीला पत्रकारिता पुरस्कारबाट रवीन्द्र माकाजू पुरस्कृत
पोखरा, ९ भदौ/ ऋषिलीला पत्रकारिता पुरस्कारबाट लेखक रवीन्द्र माकाजू सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमको शनिबार आयोजित २६ औं वार्षिक साधारणसभामा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेन् । पोखरा वृद्धाश्रमबाट सञ्चालित पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । लेखक माकाजूका ५ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक÷पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअघि चट्याङ मास्टर, हरि बास्तोला र दीपेन्द्र श्रेष्ठ सम्मानित भइसकेका छन्… पुरा पढौ

‘प्रदेश धान्न सकिदैन खारेज गरौं’, ‘सटर भाँडा घटाउनु पर्दछ’– वडा अध्यक्ष भट्टराई

‘प्रदेश धान्न सकिदैन खारेज गरौं’, ‘सटर भाँडा घटाउनु पर्दछ’– वडा अध्यक्ष भट्टराई
पोखरा, ८ भदौ/ पोखरा महानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुवहादुर भट्टराईले प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका छन् । रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको २९ औं वार्षिक साधरण सभा शुक्रबार सम्बोधन गर्दै देशमा आर्थिक संकट बढ्दै गएको बताए । नेपालले संघियता धान्न नसक्ने बताउदै प्रदेश सरकार खारेज गर्नु पर्ने बताए । अध्यक्ष भट्टराईले लेकसाइडमा घर भाडा र सटर भाडा घटाउनु पर्ने बताए । पर्यटक नआएपछि व्यापार घटेका कारण सटरहरु खाली हुनबाट जोगाउन भाडा घटाउनु पर्ने बताए ।… पुरा पढौ

पोखरामा जुवाखेल्दै गरेका ७ जना पक्राउ, ४ लाख ४७ हजार नगद बरामद

जुवा तास
पोखरा, ७ भदौ/ पोखरामा जुवाखेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ८ मा रहेको लक्ष्मी होटलको ग्राउण्ड फ्लोरमा जुवा खेली रहेको बेला प्रहरी नगद ४ लाख ४७ हजार ८० सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीले जानकारी दिए । होटल सञ्चालक ईन्द्र बहादुर हिराचन सहित मुस्ताङका मोहन थकाली, नबिन प्रसाद थकाली, पोखरा ८ का शंकर ज्वारचन, पोखरा ९ का महेन्द्रपुलका गुन्ज हिराचन, पोखरा १० रामबजारका राजु गुरुङ र दल बहादुर हिराचनलाई पक्राउ गरेको जोशीले… पुरा पढौ

प्रशोधित पानीमा लेउ भेटिएपछि पोखराको एक पानी उद्योग शिल

प्रशोधित पानीमा लेउ भेटिएपछि पोखराको एक पानी उद्योग शिल
पोखरा, ७ भदौ/ प्रशोधित गरिएको मिनरल वाटरमै लेउ भेटिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पानी उद्योग नै बन्द गरेको छ । पोखरा महानगरपालिका–१८ भकुन्डेमा रहेको नेपा फ्रेस मिनरल वाटरको उद्योग शिल गराएको हो । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा पुगेको अनुमगन टोलीले हालका लागि उद्योग शिल गराएर मौज्दातमा रहेका पानी बिक्रीमासमेत रोक लगाएको छ । नेपा फ्रेसले मुलको शुद्ध पानी भनेर बोत्तल र जारमा बिक्री गर्दै आइरहेको छ । भदौ १ गते गण्डकी प्रदेश नीति तथा योजना आयोगले… पुरा पढौ

तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

दुर्घटना
एजेन्सी, ७ भदौ/ तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली हुन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए । बस राति अन्दाजी एक बजे दुर्घटनामा परेको हो । घाइते १७ जनाको हेटौँडा… पुरा पढौ

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना (को को थिए बसमा नामावली)

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु
पोखरा, ६ भदौ/ काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना हुर्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन । घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेर अस्पताल गरेको छ । जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं लगिएको छ । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो । प्रदेश… पुरा पढौ