पोखरामा ४२ तोला सुन चोरी, एक पछि अर्को चोरी (भिडियो सहित)

-


     क्लिक गण्डकी     
     मंसिर १३ गते २०८० मा प्रकाशित


चोरी

चोरी

पोखरा, १३ मंसिर/ पोखरा ७ र १७ का विभिन्न ठाउँमा चोरीका घटना सार्वजनीक भएका छन् । पोखरा १७ घारीपाटनमा रहेको एक घरबाट १७ तोला सुन र २ लाख नगद, पोखरा १७ रातोपहिरोको एक घरबाट २२ तोला सुन, पोखरा १७ महतगौडाको एक घरबाट ४ तोला सुन र केही नगद चोरी भएको छ ।

अन्य घरमा पनि चोरीको खबर आएपनि के के चोरी भयो भन्ने जानकारी आएको छैन । पोखरा ७ घारीपाटनको एक घरबाट दशैको टिकाको दिन राती घरमा कोही नभएको बेला चोरी छ ।

त्यसै गरी रातोपहिरो र महतगौडामा शनिबार राती घरमा कोही नभएको बेला चोरी भएको जानकारी आएको छ । उनीहरुको घरका ढोका र दराजको ताला तोडेर चोरी भएको हो ।

चोरीका घटना बढेपछि रात्री गस्तीलाई बढाउन प्रहरीलाई आग्रह गरेको पोखरा १७ की वडा अध्यक्ष राधीका शाहीले बताइन् । चार्डपर्वका बेला चोरी अझ बढेको उनले बताइन् । चोरी नियन्त्रण गर्न ठाउँ ठाउँमा सिसि क्यामेरा राख्ने योजना समेत बनाएको उनले बताइन् ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले प्रहरीले चोरीका घटना बढेको बताउदै नियन्त्रणका लागि प्रहरी अनुसन्धानमा लागेको बताए । चोरी गर्नेको टोली पोफेस्नल जस्तो देखीको बताउदै अनुसन्धानलाई गहिरो पनले हेरेको बताए ।



Tags: