समाचार

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी
पोखरा, २३ असोज/ सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा परेका छन् । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र… पुरा पढौ

बैंक खातामा रकम नभई चेक काट्नेलाई २ वर्ष कैद सजाय

काठमाडौं, २१ असोज/ बैंकमा रहेको आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ । संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव राखिएको हो । चेक अनादरको मुद्दामा खातावालालाई बिगोको पाँच प्रतिशत रकम जरिवाना र कैद सजाय हुन्छ । यसअघि चेक अनादरमा तीन महिना कैद र बिगो बराबर जरिवानाको व्यवस्था थियो । अब प्रस्तावित विधेयक पारित भएमा बिगो रकमको ५ प्रतिशत बराबर जरिवाना र एक महिनादेखि… पुरा पढौ

इजरायल आक्रमणमापरी १० नेपाली मारिए

इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर
काठमाडौं, २१ असोज/ प्यालेस्टायनी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको भएको छ । तीन जना घाइते छन् । शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूतबासले जनाएको छ । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६,… पुरा पढौ

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको ध्यानाकर्षण

बिद्या भट्टराई
काठमाडौं, २१ असोज/ प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेको प्रती बिरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गर्नु भएको हो। भट्टराईले वीर अस्पतालको सेवा बिस्तार भइ ३५० शैयाबाट ९०० शैयामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेको तर्फ इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयले करारमा कार्यरत २३० जना कर्मचारिलाइ… पुरा पढौ

पोखरामा लेकसाइडको होटलबाट हामफालेका चिनियाँ पर्यटकको मृत्यु

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २१ असोज/ पोखराको लेकसाइडको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन ग्याङ्गको गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । सनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको र थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । सन तीन जना चिनियाँ साथीहरु सहित दुई हप्ता अगाडी लेकसाइड आएका थिए । पुरा पढौ

गण्डकी प्रदेशमा संसदीय समितिमा सभापति चयन

गण्डकी प्रदेशमा संसदीय समितिमा सभापति चयन
पोखरा, २१ असोज/ गण्डकी प्रदेश संसदीय समितिका सभापतिहरू चयन भएका छन् । दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक/एक समिति सभापति लिएका छन् । शनिबार मनोनयनमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणीत भएका छन् । अर्थ तथा विकास समिति सभापति कांग्रेसका भोजप्रसाद अर्याल, प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा नेपाली काग्रेस कै चम्पादेवी खड्का, सार्वजनि लेखा समितिको सभापतिमा एमालेका सुधीरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापति माओवादीले पाएको कोटामा नेपाल समाजवादीका फणिन्द्र… पुरा पढौ

इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर
काठमाडौं, २० असोज/ इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले आक्रमण गर्दा दुई जना नेपालीको अवस्था गम्भीर घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा हमासले आक्रमण गरेको थियो । आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर छ । मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ । युद्धको अवस्था भएकाले… पुरा पढौ

पोखरा २५ का पसलमा महानगरको अनुगमन, ५ हजार जरिवाना

लेखनाथमा पोखरा महानगरको अनुगमन, म्याद नाघेका र अखाद्य बस्तु नष्ट
पोखरा, १९ असोज/ पोखरा महानगरपालिकाले शुक्रबार पनि अनुगमन गरेको छ । महानगरपालिकाले वडा नम्बर २५ हेमजाका चार खाद्य पसलमा अनुगमन गरेको हो । मासुु, खाद्य र पुजा सामाग्रीका पसलमा अनुगमन गरिएको महानगर सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेलले जानकारी दिए । अनुगमनका क्रममा पोखरा २५ मा सञ्चालनमा रहेको कृषब टे«डस र न्यु अधिकारी ट्रेड्सलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । फरक नामबाट दुई पसल सञ्चालन गरेको तर वाणिज्य विभागमा नविकरण नगरेको, मुल्यसुची नटाँसेको चिनीको खरिद बिल देखाउन नसकेको… पुरा पढौ

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी (कस्को कति मत सहित)

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मत परिणाम अनुसार मायानाथ अधिकारीलाई १ सय ६६ मत अन्तरले हराए । शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उमेद्वार बिजयी भएका छन् । उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन् । उनले बाबुराम विकलाई… पुरा पढौ

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका
पोखरा, १८ असोज / लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् । बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने… पुरा पढौ