समाचार

पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ

पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ
पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवाश कोठाबाट सुनका बिभिन्न गरगहना चोरी गर्ने दुई जनालाई प्रहरुी पक्राउ गरेको छ । करिब १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी आरोपमा पर्सा पर्सागढी नगरपालिका वडा नम्बर २ घर भई हाल जिल्ला कास्की पोखरा १२ बस्ने २२ बर्षीय शिवदेवी चौधरीलाई पक्राउ गरेको छ । पीडितको घरमा काम गर्ने शिवदेवीले चोरीका सुनका गरगहनाहरु पोखरा १० बुद्दचोकमा रहेको मोवाईल पसलमा लुकाउन दिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी… पुरा पढौ

बिहीबार सुवास नेम्वाङ निधनको शोकमा सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनीक बिदा दिने निर्णय गरेको हो । हृदयघातका कारण बालुवाटारस्थित घरको वाथरुममा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।… पुरा पढौ

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौं, २६ भदौ/ सरकारले सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ गर्ने निर्णय गरेका पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए । अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय समेत सरकारले गरेको छ । हृदयघातका कारण बालुवाटारस्थित घरको वाथरुममा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । २०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए । पहिलो र दोस्रो संविधानसभाका… पुरा पढौ

हितैषी मित्र र सुख दुःखको साथी गुमाएँः अध्यक्ष केपी ओली

सुवास नेम्वाङ
पोखरा, २६ भदौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी समेत रहेको भन्दै नेम्वाङको स्मरण गरेका छन् । निधनको खबर लगत्तै अस्पताल पुगेका ओलीले मंगलबार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताए । अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पार्टीको राजनीतिमा सधैँ ओलीलाई साथ दिएका नेम्वाङको निधनप्रति उनले गहिरो दुःख व्यक्त गरेका… पुरा पढौ

वाथरुममा बेहोस अवस्थामा भेटिएका सुवास नेम्वाङको निधन

सुवास नेम्वाङ
काठमाडौं, २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै वाथरुममा बेहोस अवस्थामा फेला परेका उनको परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल पुर्याउँए पनि उनको निधन भइसेको खुलेको छ । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्थे । परिवारका सदस्यहरुका अनुसार राति १ बजे नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा करिब २ बजेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वास चेक गरेका थिए । तर ती कुनै पनि… पुरा पढौ

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु, उत्पादनलाई पर्यटन संग जोड्पर्दछ- मन्त्री धनराज गुरुङ

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु
पोखरा, २५ भदौ/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन संग जोड्न सके देश विकास हुने बताएका छन् । पर्यटन विकास महिला संघ (टेवान) ले पोखरामा आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई छ । तीजलाई स्थानीय उत्पादन संग जोड्ने प्रयास नै बदलियो परम्परा बन्न थालेको बताए । कार्यक्रममा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज… पुरा पढौ

पोखरा मुग्लिन सडक विस्तार प्रगति बारे पोखरामा समिक्षा

पोखरा मुग्लिन सडक विस्तार प्रगति बारे पोखरामा समिक्षा
पोखरा, २५ भदौ/ पोखरा महानगरपालिकाको समन्वयमा पोखरा मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पोखरा खण्डको कार्य प्रगतिका सम्बन्धमा समीक्षात्मक बैठक गरिएको छ । सडक विस्तार आयोजनाका सरोकारवाला सबैको सहभागितामा बैठक गरिएको हो । पोखरा महानगरपालिकामा बसेको बैठकमा नगरप्रमुख धनराज आचार्य सहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख वासुदेव घिमिरे, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, सडक क्षेत्रमा पर्ने वडाहरू वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङ, १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, १४ का वडा अध्यक्ष बोध बहादुर कार्की, २६ का वडा अध्यक्ष… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ विजयी (कस्को कति मत सहित)

कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा
पोखरा, २४ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचमा विनोद श्रेष्ठले विजयी भएका छन् । १ हजार ६ सय २३ मत गणना हुदाँ श्रेष्ठले ८ सय ३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी भरतकुमार अधिकारीले ७ सय ४५ मत प्राप्त गरेका छन् । गणना हुन बाँकी ८८ मत रहदा श्रेष्ठले ९० मतले अग्रता लिएका छन् । शनिबार सम्पन्न मतदानमा १ हजार ७ सय ११ मत खसेको थियो । दुई बर्षे कार्यकालका लागि अध्यक्ष पदमा भरत कुमार… पुरा पढौ

कास्कीको हेमजामा हाइसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दुर्घटना
पोखरा, २४ भदौ/ काठमाडौंबाट बागलुङका लागि छुटेको हाइसले पोखरा महानगरपालिका २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौली बिकलाई बा ३ ख ९७२६ नम्बरको हाइसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसको ठक्करबाट शनिबार मृत्यु भएको प्रहरीको भनाई छ । गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु प्रहरीको भनाई छ… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थल भुटानको ड्रुक एयरको व्यवसायीक उडान

पोखरा अन्तराष्ट्रि विमानस्थल भुटानको ड्रुक एयरको व्यवसायीक उठान
पोखरा, २३ भदौ/ भुटानको ड्रुक एयर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गरेको छ । चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए । उनले नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैया र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको कर्णले बताए । भुटानको पारो विमानस्थलबाट शनिबार बिहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा ल्यान्ड भएको थियो… पुरा पढौ