समाचार

एगाको साधारणसभामा वासुदेव पौडेललाई पत्रकारिता सम्मान

एगाको साधारणसभामा वासुदेव पौडेललाई पत्रकारिता सम्मान
पोखरा, १७ भदौ / इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा)ले पर्यटकलाई उपहार लैजानका लागि नेपालको चिनारी झल्काउने किसिमका समानहरू तयार गरी ठूलो योगदान गरेको बताउनुभयो । कोरोना महामारीसँगै आर्थिक मन्दी लगायतका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुर्नरुत्थानमा राज्यको सहयोग आवश्यक भएको बताउँदै उहाँले पर्यटन व्यवसायीका समस्याहरू सुनुवाई हुन नसकेको बताउनुभयो । बन्दै गरेको पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रका विषयहरू समेटिनुपर्ने उहाँको भनाइ… पुरा पढौ

मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र
पोखरा, १७ भदौं/ पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६÷१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र पेश गरेको छ । पटक पटक आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द वहादुर वस्नेतले जानकारी दिनुभयो । ज्ञापनपत्र वुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको वताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने वताउनु भयो । उहाँले प्रदेश सरकारले यस विषयमा निर्णय… पुरा पढौ

बाल कल्याण संघ पत्रकारिता पुरस्कारबाट युनिश गुरुङ पुरस्कृत

बाल कल्याण संघ पत्रकारिता पुरस्कार( २०८० बाट युनिश गुरुङ पुरस्कृत
पोखरा, १७ भदौ/ एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ । संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् । सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो… पुरा पढौ

सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की

बालेन शाह
पोखरा, १६ भदौ/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले चोर सरकार भन्दै आक्रोश पोखेका छन् । उनले फेसबुकमा लेखेका छन् आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार । पुरा पढौ

पोखरामा भदौ अन्तिम साता तीज सांस्कृतिक महोत्सव हुने

पोखरामा भदौ अन्तिम साता तीज सांस्कृतिक महोत्सव हुने
पोखरा, १६ भदौ/ पोखरामा भदौ अन्तिम साता तीज सांस्कृतिक महोत्सव हुने भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले हरितालिका तीजको अवसर पारेर महिला प्रतिभा प्रतिष्पर्धा कार्यक्रम सहितको महोत्सव आयोजना गर्न लागेको आयोजक संस्थाकी अध्यक्ष कमला गिरीले जानकारी दिइन् । शनिबार पोखरामा पत्रकार सम्मेलन गरे भाद्र २५, २६ र २७ गते कोमागाने पार्क लेकसाइड पोखरामा सञ्चालन गरिने बताइन् ।महोत्सवको आकर्षणको रूपमा खेलकुद कार्यक्रम, तीज गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रदर्शनको आयोजना गरीने महोत्सवको संयोजक समेत रहेकी… पुरा पढौ

पेट्रोल, डिजेल र ग्यासँको मूल्य बढ्यो, पोखरामा मुल्य कति

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १४ भदौ/ नेपाल आयल निगमले बिहीबार राति देखी पेट्रोलियम पदार्थ र ग्यासँको मुल्य बढाएको छ । भदौ १५ गते देखी लागूहुने गरी निगमले पेट्रोलमा ३ रुपैयाँ १७ पैसा, डिजेल र मट्टितेलमा २ रुपैयाँ ४८ पैसा र ग्यासँको मूल्यमा प्रति सिलिण्डर १ सय ८६ रुपैयाले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैया ५० पैसा, दोस्रो वर्गमा १८१ र तेस्रो वर्गमा १८२ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६७ रुपैया ५० पैसा,… पुरा पढौ

पोखरा छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र

पोखरा छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
पोखरा, १४ भदौ / भवनको अभिलेखिकरण गर्दा पोखरा महानगरपालिकाले नक्सा पास सरहको मान्यता दिन्छ कि दिंदैन भन्ने जिज्ञासा राख्दै पोखरा– ६ का वासिन्दाले महानगर प्रमुख धनराज आचार्यलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएका छन् । पोखरा महानगरपालिकाका वडा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईको हस्ताक्षर गरी वडावासिका तर्फबाट उक्त ज्ञापनपत्र बुझाइएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । वडा अध्यक्ष भट्टराई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, होटल संघ र नागरिक समाजसहितका वडावासिको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भवन अभिलेखिकरणका विषयमा मुख्य तीन वटा… पुरा पढौ

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो, पोखराका १ सहित ३ जनाको मृत्यु

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो, पोखराका १ सहित ३ जनाको मृत्यु
पाल्पा, १३ भदौ/ पाल्पाको जोर्तेमा सुख्खा पहिरा जादाँ स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय विनोद तिमिल्सिना, गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा र जिल्ला प्रहरी कार्यालय, गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइते बालकसहित ८ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । तानसेन रिडी सडक खण्डको जोर्तेमा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले बिहान जीपको आदी… पुरा पढौ

मानवअधिकारवादी टेकनाथ बरालको निधन (को हुन् बराल)

टेकनाथ बराल
पोखरा, १२ भदौ/ वामपन्थी नेता एवं मानवअधिकारवादी नेता टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष समेत हुन् । सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताए । उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती, छोरा, ३… पुरा पढौ

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु
पोखरा, ११ भदौ/ पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय एक युवतीको मृत्यु भएको छ । पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । बागमती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक तनहुँ जिल्लाको म्याग्दे गाउपालिका वडा नम्बर ४ की वर्षा कुमालको मृत्यु भएको हो । पोखरा सभागृहचोकमा गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी… पुरा पढौ