
दुर्घटना
पोखरा, ३ कात्तिक/ पोखरा महानगरपालिका वडा नंम्बर २५ फुर्केटारी चोकमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ग १६ प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२ -०१६ प ७०८४ नम्बरको मोटर साइकल ठोकिएर दुर्घटना भएको हो । दुबै मोटर साइकलमा सवार घाइतेहरुलाई अस्पताल लगेको एक जनाको मृत्यु भएको हो ।
ग १६ प २९१ नम्बरको मोटर साइकल चालक गोरखा पालुङटार घर भएका ३० बर्षीय शुक्रराज श्रेष्ठको मणिपाल अस्पतालमा उपचारको क्रममा चिकित्कल मृत घोषणा गरे ।
बागमती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटर साइकल चालक र सोही मोटर साइकलमा पछाडी सवार व्यक्तिको उपचार भईरहेको छ।






