
मनबहादुर गुरुङ
पोखरा, ३ कात्तिक/ प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ राष्ट्रिय प्रकृति संरक्षण कोष संरक्षकबाट सम्मानित भएका छन् ।
शुक्रबार संस्थाको ४१ औं वार्षिकोत्सवको अवसरमा गुरुङलाई कोषले १ लाख २५ हजार पुरस्कार राशी सहित सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेको छ ।
एकीकृत संरक्षण तथा विकासको समुदायमा आधारित संरक्षणको अवधारणालाई सफल पार्न तथा संरक्षण र विकासमा समुदायमा योगदान दिएको भन्दै कोषले सम्मान गरेको हो ।
गुरुङले नेतृत्वदायी भूमिककमा रहेर नीति निर्माणमा योगदान पु¥याएको सम्मनपत्रमा उल्लेख छ । कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।






