समाचार

पोखरामा रेलमार्ग बारे प्रमुख आचार्य र चिनियाँ प्राविधिकहरू बिच छलफल

पोखरामा रेलमार्ग बारे प्रमुख आचार्य र चिनियाँ प्राविधिकहरू बिच छलफल
पोखरा, १९ साउन/ पोखरा–काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ । रेलमार्गको विस्तृत अध्ययनका लागि तथ्याङ्क सङ्कलन गरिरहेको टोलीले शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको हो । छलफलका क्रममा पोखरा–काठमाडौँ रेलमार्गका विषयमा पनि कुराकानी भएको छ । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले परियोजनाको अध्ययन तथा निर्माणका क्रममा आउने कुनै पनि प्रकार समस्याहरूको समाधानका लागि आफूहरू तयार रहेको बताउनुभयो । “यो परियोजना अगाडी बढ्यो र अध्ययन तथा… पुरा पढौ

पोखरा महानगरले न्युरोडमा बिरुवा रोप्दै

पोखरा महानगरले न्युरोडमा बिरुवा रोप्दै
पोखरा, १९ साउन/ पोखरा महानगरपालिका वडा नंम्बर ८ र ९ मा पर्ने नयाँ सडकको दायाँबायाँ सुनौलो धुपीको बिरुवा रोपिएको छ । महानगरका प्रमुख धनराज आचार्यले धुपीको विरुवा रोपेर शुरुवात गरे । एकै किसिमको सदाबहार बिरुवा सुनौलो धुपी रोपिएको हो । वडाको नयाँ सडक क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकसित गर्न गुरुयोजना तयार गरी विभिन्न कार्यहरू अघि सारिएको वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । उहाँका अनुसार सोही योजना अनुरूप नयाँ सडक सुधार समितिको आयोजनामा सडकको दायाँबायाँ एकै किसिमको २० वटा सुनौलो धुपी… पुरा पढौ

रोचक बन्दै लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचन, नेतृत्वमा होडवाजी, दुई समूहमा ध्रुविकरण, आफ्नैबाट विश्वास छैन उम्मेदवारलाई

लेखनाथ उद्योग वाणिज्य संघ
पोखरा, १९ साउन/ लेखनाथ उद्योग बाणिज्य संघको आगामी नयाँ नेतृत्वका लागि विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्नेक्रमले प्रतिस्प्र्धा चर्को हुने देखिएको छ । संघको भदौ २२ र २३ गते हुने अधिवेशनबाट आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि अहिलेसम्म भरतकुमार अधिकारीले अध्यक्ष पदमा उम्मेदवारीनै घोषणा गरेर मतदाताको घरदैलोमा पुगेर निर्वाचन अभियानलाई तिव्रता दिएका छन् । संघको बरिष्ठ उपाध्यक्षका रुपमा रहेका र अध्यक्षको स्वभाविक दावेदार मानिएका विनोद श्रेष्ठले अध्यक्षमा उठ्ने औपचारिक घोषणा नगरेपनि घरदैलो र मतदाता… पुरा पढौ

पोखराका थप दुई सडक बनाउन वर्ल्ड बैङ्कले ३ अर्ब ३७ करोड लागनी गर्ने

पुल सडक
पोखरा, १७ साउन/ पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो । साउन १४ गते बसेको कार्यपालिका बैठकले सन २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनौट गरिएको प्रमुख धनराज आचार्यले बताउनुभयो । “वर्ल्ड बैङ्कको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ, प्रमुख आचार्यले भन्नुभयो, यस बाहेक थप… पुरा पढौ

सुन्दरकुमार थकाली र हुम तमुलाई कञ्चन पत्रकरिता पुरस्कार

सुन्दरकुमार थकाली र हुम तमुलाई कञ्चन पत्रकरिता पुरस्कार
पोखरा, १६ साउन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको मंगलबारको बैठकले तमु र थकालीको नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज… पुरा पढौ

पोखरा–भुटान सिधा उडानका लागि भुटानले अनुमति माग्यो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १६ साउन/ काठमाडौं–भुटान उडान गर्दै आएको भुटान एयर लाइन्सले थप पोखरा र भैरहवा सिधा उठानका लागि अनुमति मागेको छ । भुटान सिभिल एभिएसन अथोरिटीले नेपालका थप दुई सहरमा सिधा उडान अनुमति दिन प्राधिकरणलाई पत्रपठाएको छ । भुटानले दुई अन्तर्राष्ट्रिय वायुसेवाबाट पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा सिधा व्यावसायिक उडानका लागि अनुमति मागेको प्राधिकरणले जनाएको छ । भुटान सरकारले तोकेका दुई वायुसेवालाई अनुमति दिन प्रक्रिया चाँडै अघि बढाउने प्राधिकरणको भनाई छ ।नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा… पुरा पढौ

पोखरामा बर्षाः कतै घर बग्यो, कतै सडक भासियो, कतै डुवान

पोखरामा बर्षाः कतै घर बग्यो, कतै सडक भासियो, कतै डुवान
पोखरा, १४ साउन/ पोखरामा शनिबार राति परेको अविरल वर्षाले विभिन्न ठाउँमा प्रभाव पारेको छ । पोखरामा विगत २४ घण्टामा १ सय ६७ मिलिलिटर पानी परेको छ । वर्षाका कराण पोखरा १८ मिरुवामा २ घरमा क्षति पुगेको छ । स्थानीय माइकुमारी हमाल र सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । अधिकारीको घरमा पूर्ण क्षति पुगेको छ । उनीहरुलाई राति नै सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकिएको छ । घरमा पहिरोमा परेर अधिकारी र हमाल सामान्य घाइते भएका छन् । त्यसै गरी… पुरा पढौ

पोखराको सडकमा फोहोर

पोखराको सडकमा फोहोर तस्बिरः सुर्दशन रञ्जित
पोखरा, १४ साउन/ गएराति आएको वर्षाका कारण पोखराका सडकभरी भरी फोहोर मैला भएको छ । ४ दिनदेखी फोहोर उठ्न नसक्दा सडक छेउमा फोहोर थुपारीएको थियो । त्यही थपारेको फोहोर सकडभरी भएको छ । पोखराको फोहोर वडा ३२, लामेआहालमा बिसर्जन हुँदै आएकोमा महानगरले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले बिहीबारदेखि फोहोर फाल्न रोक लगाएका छन् । उनीहरुले महानगरले सम्झौता पालना नगरेका कारण रोक्नु परेको बताएका छन् । लामेआहालका स्थानीयको जनस्वास्थ्यमा महानगर बेखबर बनेको उनीहरुको आरोप छ । पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिनाले… पुरा पढौ

बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन दिन्नः सुरेन्द्रराज पाण्डे

बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन दिन्नः सुरेन्द्रराज पाण्डे
पोखरा, १३ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो । ‘हामीले परिवर्तन त ग¥यौ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौ सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ’ उनले भने । केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा उनको… पुरा पढौ

पोखराको जंगलमा युवतीलाई गम्भिर घाइते बनाई फरर युवक पक्राउ

पोखराको जंगलमा युवतीलाई गम्भिर घाइते बनाई फरर युवक पक्राउ
पोखरा, १२ साउन/ पोखरा १८ गुफा डाँडाको जंगलमा दुई महिना एक युवातीलाई कुटपिट गरेर घाइते बनाई फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठ ५ गते अचेत अवस्थामा फेला परेकी थिइन् । सो घटनामा संलग्न व्यक्तिहरुको खोज्ने क्रममा जिल्ला धादिङ बेनीघाट रोराङ गाउँ पालिका वडा नम्बर १० डुंगे घर भएका वर्ष २५ को दिपेन गुरुङ भन्ने सन्तबहादुर मगरलाई कास्की प्रहरीले पक्राउ गरेको छ । बैदाम प्रहरीले कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिनको… पुरा पढौ