समाचार

काठमाण्डौबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्कियो

नेपाल एअरलाइन्स
काठमाण्डौ, १८ असोज/ काठमाण्डौबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १ घण्टामै बुधबारराति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाण्डौ फर्किएको हो । जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । बुधबार राति १२ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले… पुरा पढौ

एमाले गण्डकी अधिबेशन, शर्मा र अधिकारीको अध्यक्षमा, १६२ पदका लागि ३८२ जनाको उमेद्वारी

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १७ असोज/ नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । निर्वाचन दिएको जानकारी अनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र… पुरा पढौ

बेगनास तालमा युवक मृत फेला

पाैडी डुवेर
पोखरा, १६ असोज/ कास्कीको बेगनास तालमा प्यूठानका एक युवक मृत फेला परेका छन् । प्यूठान मल्लरानी गाउँपालिका–४ खलंगाका २२ वर्षीय अनिश श्रेष्ठ बेगनास तालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ अलैची कुना स्थित बेगनास तालमा तैरियको अवस्थामा श्रेष्ठको शव फेला परेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घटनास्थलको अनुसन्धान अगाडी बढाएको र शवको पोष्टमार्टका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए । पुरा पढौ

दशैको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

दशै
काठमाडौं, १६ असोज/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात असोज २८ गते आइतबार हुनेछ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने उनले बताए । त्तिक ७ गते विजयादशमीका… पुरा पढौ

पोखराको ड्यामसाईडमा टिप्पर सहित सडक भासियो

पोखराको ड्यामसाईडमा टिप्पर सहित सडक भासियो
पोखरा, १६ असोज/ पोखराको १७ पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ । बालुवा बोकेको ग १ ख ४३६३ नम्बरको टिप्पर पुल क्रस गर्ने क्रममा सडक भत्किएको हो । ओभरलोडका कारण सडक भासिएको स्थानियको दावी छ । भासिएको सडकमा फसेको टिप्परलाई ट्राफिकको सहयोगमा निकाल्नेको छ । पोखरा १७ तितेपानी हुँदै शान्ति स्तुप निस्किने सडक जिर्ण अवस्थामा थियो । मर्मत सम्भारको प्रक्रियामा रहेको सडकमा ठूला सवारी साधन तथा सामान बोकेका गाडीहरु चलाउन निषेध गरिएको थियो । तर मंगलबार भवन निर्माणका लागि बालुवा… पुरा पढौ

बझाङ केन्द्रविन्दु बनाएर भूकम्प, केही घर भत्किए, केही घाइते

भूकम्प
धनगढी, १६ असोज/ बझाङ केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पले केही घर भत्किएका छन् भने केही घाइते भएका छन् । भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ । बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका छन् । बझाङमा सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई बझाङ जिल्ला अस्पतालमा लगिएको छ । अछाममा विद्यालयको भवनबाट हामफाल्दा एक विद्यार्थी घाइते भएका हुन् । विद्यार्थीको स्थानीय… पुरा पढौ

फेवातालको ६५ मिटर मापदण्ड सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा

फेवातालको ६५ मिटर मापदण्ड सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा
पोखरा, १६ असोज/ फेवाताल किनारका स्थानीयले सर्वोच्च आदालतले गरेको फैसला कार्यान्वयन गर्न नदिने बताएका छन् । सोमबार बिहान फेवाताल सम्बन्धी सर्वोच्चको फैसला पीडितहरुको भेलामा स्थानीयले यस्तो बताएका हुन् । भेलामा पूर्व जिल्ला विकास समितिका सभापति रमेशबहादुर भट्टराईले न्यायमुर्तिहरुले विवेक गुमाएर गरेको फैसला कार्यानवयन गर्न नदिने बताए । उनले विवेक गुमाएर गरिएको निर्णय हामी कार्यान्वयन गर्न बाध्य नभएको बताए । स्थानीय भिमसेन भुजेलले तालको विकासमा आफूहरु प्रतिवद्ध रहेपनि आफ्नो थाकथलोबाटै विस्थापित गराउन नपाइने बताए । आफूहरु गौरीघाटमा परापूर्वकाल देखि बस्दै आएको… पुरा पढौ

पोखरा उडेका दुई जहाज काठमाडौं फर्किए

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १५ असोज/ पोखराका लागि काठमाडौंबाट उडेका विमान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । सोमबार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल जानकारी दिएको छ । पुरा पढौ

पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

दुर्घटना
पोखरा, १५ असोज/ पोखराबाट सुर्खेत जाँर्दै गरेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस सोमबार बिहान ५ बजे दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भइ सडकदेखि करिब १० मिटर तल खसेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । पुरा पढौ

पोखरामा बजार अनुगमनः सुमित सप्लायर्सलाई ५० हजार जरिवाना

पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
पोखरा, १४ असोज/ पोखरामा बजार अनुगमन समितिले पोखरा १७ हिमाली टोलमा रहेको सुमित सप्लायर्सलाई ५० हजार जरिवाना गरेको छ । अनुगमनको बेला पसलमा म्याद गुज्रेका सामान राखी विक्री वितरण गरेको भेटिएपछि जरिवाना गरिएको हो । सप्लायर्सले यस अघिको अनुगमन समितिले दिएको निर्देशन अटेरी गरेको, प्याकिङ गरी राखेको आलमोण्डको म्याद गुज्रिएको, लेबल नलगाएको, कुहिएको नरिवल विक्रीको लागि राखेको भन्दै म्याद गुज्रिएको १५ हजार ७ सय १३ रुपैया वरावरको सामान नष्ट गरेको छ । सप्लायर्सका सञ्चालक रमेश राठीलाई सम्पूर्ण कागजपत्र सहित ३… पुरा पढौ