
पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच
पोखरा, १ कात्तिक/ पोखरामा फेवातालमा डुंगा चलाउने चालकहरूको बुधबार मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड स्थित फेवातालमा डुंगा चालकहरूको मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
समय समयमा डुंगा दुर्घटना हुने घटनालाई ध्यानमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो ।
जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले जानकारी दिए ।
उनले डुंगामा सवार गर्ने यात्रु र चालकको सुरक्षाका लागि केही समय अघि देखी बेला बेलामा मापसे जाँच गरिएको बताए । यात्रुहरूले लाइफ ज्याकेट लगाए÷नलगाएको पनि हेर्ने गरिएको उनले बताए ।





