समाचार

पोखराको रातामाटे डाँडाबाट फेवातालमा कार खस्यो

पोखराको रातामाटे डाँडाबाट फेवातालमा कार खस्यो
पोखरा, ७ असोज/ पोखरा महानगरपालिका १८ स्थित रातामाटे डाँडाबाट कार खसेर फेवातालमा पुगेको छ । आइतबार बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार फेवातालमा खसेको प्रहरीले जानकारी दिएको छ । मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण कार दुर्घटना भएको प्रहरीको भनाई छ । कारलाई क्रेनको प्रयोग गरि निकालिएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

नारी उत्थान समाजसेवा पुरस्कार सुष्मा पौडेललाई

सुष्मा पौडल
पोखरा, ७ असोज/ नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडललाई प्रदान गरिने भएको छ । नारी उत्थान दिदीबहिनी समूह, पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको छनोट समिति संयोजक छन्दनायक माधव वियोगीले बताए । प्रतिभा छनोटका लागि समूहका संस्थापक सल्लाहकार छन्दनायक वियोगीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । जसको सदस्यमा समूहकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला… पुरा पढौ

फिर्केखोला प्रतिवेदन प्रमुख आचार्यलाई बुझायो, फिर्केखोला माथि १६० संरचना

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ स् प्रमुख आचार्य
पोखरा, ६ असोज/ फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाउनु भएको हो । रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्सीना–१८ रहनुभएको छ । प्रतिवेदन बुझ्दै प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक… पुरा पढौ

लायन्स क्बल अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट संकलन

लायन्स क्बल अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट संकलन
पोखरा, ६ असोज/ लायन्स क्लब अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्र सोसाइटी प्रदेश रक्तसंचार सेवा पोखराको प्राविधि सहयोगमा भएको रक्तदान कार्यक्रमा विभिन्न ठाउँबाट आए रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको लायन्स क्लब अफ इन्टरनेसनल डिष्टिक ३२५ एलका डिपाटमेन्ट चिफ ज्ञानेन्द्रराज कोइरालाले मर्दीका अध्यक्ष मनोज कुमार अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । उनले रक्तदान महादान भएको भन्दै रक्तदान गर्दा त्यसले अरु विरामीले नयाँ जीवन पाउने बताए । उनले… पुरा पढौ

पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित

पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बाशुदेव मिश्र सम्मानित
पोखरा, ६ असोज/ पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्येक २/२ वर्षमा प्रदान गर्दै आएको पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा उद्योग वाणिज्य संघ पवनकुमार प्रजापति र नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले सम्मान गरे । पोखरा उद्योग वाणिज्य संघको साधारण सभाको अवसरमा सम्मान गरेको हो । दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा… पुरा पढौ

बसुन्धरा पार्क कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह

बसुन्धरा पार्क कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह
पोखरा, ५ असोज/ सरोकारवालाले फेवाताल किनारको बसुन्धरा पार्कमा कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० लाई पार्कको १० रोपनी जग्गा ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएपछि स्थानीयले खबरदारी गरेका हुन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व लिएकै सरकारी निकायबाट सिमसार क्षेत्रमा फेवातालको… पुरा पढौ

पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई

पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
पोखरा, ५ असोज/ पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार कृष्ण दवाडी पुरस्कृति भएका छन् । पृथ्वी होटल व्यवसायी समितिको ११ औं अधिवेशन तथा साधारण सभाको अवसरमा शुक्रबार पत्रकार दवाडीलाई नगद १० हजार, सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समितिका अध्यक्ष बालकृष्ण निउरेले पुरस्कार दवाडीलाई प्रदान गरे । नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्कीका अध्यक्ष दवाडी करिब डेढ… पुरा पढौ

पोखराको फिर्के पुल पाँच वर्षमा पनि बनेन, फेरी म्याद थप

पोखराको फिर्के पुल पाँच वर्षमा पनि बनेन, फेरी म्याद थप
सागर राज तिमिल्सिनापोखरा, ५ असोज/ पोखराको मध्ये भागबाट बग्ने फिर्के खोला माथि पुल बन्न लागेको पाँच वर्ष पुग्दा पनि बन्न सकेको छ्रैन । साढे दुई वर्षमा नै सक्ने गरी निमार्ण कम्पनीले ठेक्का लिए पनि पाँच वर्ष सम्म पनि बनेको छैन । पुल साँघुरो हुदाँ बेला बेलामा दुर्घटनाहरु हुने गरेका छन् । पोखरा ४ र ५ जोड्ने फिर्के पुल निमार्ण नहुदाँ सर्वसाधारण दुःख खेप्नु परेको स्थानीयहरु बताउ छन् । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बनेपनि पुल भने दुई लेनको… पुरा पढौ

गण्डकीका सांसदलाई सुन जडित लोगो, चौघेरा चाँदी

गण्डकीका सांसदलाई सुन जडित लोगो, चौघेरा चाँदी
विशन क्षेत्री पोखरा, ४ असोज/ गण्डकीका सांसदका लागि सुन जडित नयाँ लोगो बनाइने भएको छ । जसको बेसमेन्टमा चाँदी प्रयोग गरेर सुनको जलप लगाइने छ । प्रदेश सभाबाट स्वीकृत भएको नियमावली अनुसारकै नयाँ प्रतीक चिह्न बनाउन लागिएको हो । तर, नयाँ लोगोमा पनि सुन र चाँदी प्रयोग गर्ने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ । गण्डकीमा असार २२ गतेको प्रदेश सभाले प्रदेश सभा नियमावली, २०८० पारित भएको थियो । सोही नियमावलीको अनुसूची ८ मा प्रतीक चिह्न (लोगो) को व्यवस्था गरिएको… पुरा पढौ

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह
काठमाडौं, १ असोज/ पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे देखी मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएकाले राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए । सोमबार बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य… पुरा पढौ