
इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर
काठमाडौं, २२ असोज/ इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गरेको हो ।
इजरायलमा रहेका नेपाल आउन इच्छुक नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय गरेको छ ।
त्यसै गरी मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
यस अगाडी एक मन्त्रीले सार्वजनिक बिदा दिने भने पनि विदा नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।





