समाचार

नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना

नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना
नारायणगढ, २९ असार/ शुक्रबार बिहान नारायणगढ सडक खण्डको दासढुङगामा बस दुर्घटना भएको छ । यात्रुबाहक बस दुर्घटना हुँदा १९जना घाइते भएका छन् । बिहान सबा पाँच बजे भरतपुर महानगरपालिका २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना भएको हो । कांकडभिट्टाबाट काठमाण्डौ तर्फ गई रहेको बागमती प्रदेश०१ ००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर रुखमा अड्किएको थियो । बसमा सवार चालक सहित ३२ जना मध्ये घाइते भएका १९ जनालाई भरतपुर अस्पताल र… पुरा पढौ

बुढीबजार खराने सडक विस्तार शुरु

बुढीबजार खराने सडक विस्तार शुरु
पोखरा, २९ असार/ पोखरा महानगरपालिका वडा नंं २६ ले बुढिबजार देखी खरानेफाँटसम्मको सडक विस्तारको काम शुरु गरेको छ । विजयपुर सिंचाई प्रणालीको नहरको एकतर्फी रहेको उक्त सडकलाई दुर्व तर्फबाट सवारी साधन संचालन गर्ने गरी विहिबार देखी वडाले विस्तारको काम शुरु गरेको हो । वडाले ३५ दिने र त्यसपछि थप सात दिनको सूचना प्रकाशित गरी स्थानीयलाई मापदण्ड भित्रको संरचना हटाउन अनुरोध गरेको थियो । वडाले सूचना गरेपछि स्थानीयले स्वतस्फुर्टरुपमा आफ्नो घर अगाडी मापदण्ड भित्रको संरचना हटाएका थिए । धेरै जसो ठाउँमा… पुरा पढौ

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

चट्याङ
गुल्मी, २८ असार/ गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गुल्मी मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । बुधबार साँझ घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको प्रहरीले जानकारी दिए । पुरा पढौ

श्रीपति पत्रकारिता पुरस्कार नारायण कार्कीलाई, समाज सेवा पुरस्कार विन्दवासिनी समितिलाई

श्रीपति पत्रकारिता पुरस्कार नारायण कार्कीलाई, समाज सेवा पुरस्कार विन्दवासिनी समितिलाई
पोखरा, २७ असार/ श्रीपति समाज सेवा पुरस्कार २०८० बाट पोखरा महानगरपालिका वडा नं. २ अवस्थीत विन्दावासिनी धार्मिक क्षेत्र विकास समिति छनौट भएको छ । श्रीपती समाज सेवा पुरस्कार २ लाख २२ हजार २ सय २२ श्रीपति समाजसेवा पदक र ताम्रपत्रद्वारा सम्मान गरिने श्रीपति कोइराला गुठीका अध्यक्ष फणिन्द्रराज कोइराललो जानकारी दिए । श्रीपति कोइरालाको २१६ औ जयन्तीको अवसरमा पुरस्कारको घोषणा भएको हो । विन्दावासिनी धार्मिक विकास क्षेत्र समिति अन्तर्गत रहेको विन्दावासिनी मन्दिर नेपालका शक्तिपिठहरु मध्ये प्रमुख शक्ति पिठको रुपमा मानिन्छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २७ असार/ गण्डकी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीको अवसरमा शुक्रबार सार्वजनीक बिदा दिएको हो । गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णय अनुसार असार २९ गते शुक्रबार बिदाको निर्णय गरेको थियो । सघं सरकारले दिएको बाहेक प्रदेशलाई वर्षमा ६ विदन बिदा दिने अधिकार अन्तरगत रहेर बिदा दिएको हो । पुरा पढौ

हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाइलट कास्की रुपा गाउँपालिकाका चेतबहादुर

चेतबहादुर गुरुङ
काठमाडौं, २६ असार/ मंगलबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर निधन हुने पाइलट कास्कीको रुपा गाउँपालिकाका चेतबहादुर गुरुङ रहेका छन् । मनाङ्ग हेलिकप्टर दुर्घटनामा रुपा गाउँपालिका ६ मोहरिया घर भई ललितपुर भैसेपाटी बस्दै आएका पाइलट चेतबहादुर गुरुङको निधन भएको हो । हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामजुरामा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया… पुरा पढौ

मनाङ्ग एयरको हेलिकप्टर बेपत्ता, सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको आशंका

मनाङ्ग एयरको हेलिकप्टर
काठमाडौं, २६ असार/ लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर बेपत्ता भएको छ । हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको खबर आएको प्रहरीले जानकारी दिएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए । हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक रहेका छन् । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरले जनाएको छ ।… पुरा पढौ

पोखराको न्युरोडको न्युलुक्स

पोखराको न्युरोडको न्युलुक्स
पोखरा, २५ असार/ पोखराको सभागृहचोकदेखी विपिचोकसम्म न्युरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गर्नुभएको हो । स्मार्ट सडक बत्ती सहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण लोकप्रिय इक्सोरा प्रजातिको बिरुवा लगाइएको नगरप्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार डिभाइडर भरि ८ सय बिरुवाहरू लगाइने छन् । बिरुवाहरूको संरक्षण स्थानीयहरू समेत बताउनुभएका आचार्यले महानगरपालिकाले विशेष निगरानी… पुरा पढौ

पोखरा–मुग्लिङ सडक मापदण्डमा परेका पोखराका संरचना हटाउन शुरु

पोखरा–मुग्लिङ सडक मापदण्डमा परेका पोखराका संरचना हटाउन शुरु
पोखरा, २५ असार/ पोखरा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको दायाँ बायाँ मापदण्डमा पर्ने निर्मित संरचना तथा सवारी साधनहरू लगायत अन्य सामाग्रीहरू हटाउने काम पोखरा महानगरपालिकाले थालेको छ । पोखरा महानगरपालिकाले पहिलो चरणमा पृथ्वीचोक देखि विजयपुरसम्मको क्षेत्र खाली गराउने काम थालेको हो ।मापदण्ड भित्र रहेका संरचना हटाइएको छ भने, लामो समयदेखि डम्प गरेर राखिएका पुराना सवारी साधन तथा ग्यारेजहरू समेत विस्थापन गरिएको छ । हटाउनका लागि महानगरपालिकाले गरेको आग्रहलाई अटेर गरेपछि केही सवारीहरू महानगरले नियन्त्रणमा लिएको छ… पुरा पढौ

पोखरा एयरपोर्टको पार्किङ शुल्क घटाउन पोउवा संघको माग

पोखरा एयरपोर्टको पार्किङ शुल्क घटाउन पोउवा संघको माग
पोखरा, २५ असार/ पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ । यसका साथै संघले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पु¥याउन जाँदा बिदाई र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिसहितको प्रतिनिधिमण्डले नागरिक उड्डयन प्राधिकरण,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका निर्देशक विक्रम गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झण्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको जिकिर गरिएको छ । अध्यक्ष प्रजापतिबाट हस्ताक्षरित ध्यानाकर्षण… पुरा पढौ