समाचार

पोखराले सार्वजनिक जग्गा फिर्ता ल्याउने, भोगचलनको सबै प्रमाण खारेज

पोखरा महानगरपालिका
पोखरा, २५ असार/ पोखराका विभिन्न ठाउँमा सार्वजनिक जग्गा पोखरा महानगरले फिर्ता ल्याउने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा फिर्ता ल्याउन महानगरलाई पत्र पठाएपछि महानगरले जग्गा फिर्ता गर्ने बताएको छ । पोखरा महानगर कार्यपालिकाको २० औं बैठकले सबै जग्गा फिर्ता ल्याउने निर्णय गरेको मेयर धनराज आचार्यले जानकारी दिए । नेपाल सरकारले सार्वजनिक जमिनको खोजी गर्न र त्यसको संरक्षण गर्न परिपत्र गरेको उनले बताए । ‘साविकका गाविस र नगरपालिकाले विभिन्न व्यक्ति र संस्थालाई दिएको जग्गा फिर्ता ल्याउने निर्णय गरेको छ,’… पुरा पढौ

वन रक्षकको परीक्षामा दिने ३ नक्कल परीक्षार्थी पक्राउ

वन रक्षकको परीक्षामा दिने ३ नक्कल परीक्षार्थी पक्राउ
पोखरा, २३ असार/ वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोग गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको शुक्रबार गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु चेकजाँच गर्नेक्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन् । पक्राउ पर्नेमा कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना छन् । उनी नावालक भएकोले प्रहरी परिचय खुलाएको छैन ।… पुरा पढौ

उज्योलो गण्डकी प्रदेशका विषयमा मुख्यमन्त्री पाण्डे र कुलमान घिसिङबिच छलफल

उज्योलो गण्डकी प्रदेशका विषयमा मुख्यमन्त्री पाण्डे र कुलमान घिसिङबिच छलफल
पोखरा, २२ असार/ गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताए । गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणकालागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । ग्रिड लाईन, लघु जलविद्युत र शौर्य उर्जा बाटपनि विद्युतिकरण भएको बताउँदै उनले सकेसम्म… पुरा पढौ

पोखराको मदरल्याण्डका २ विद्यार्थीलाई ४ जिपिए

पोखराको मदरल्याण्डका २ विद्यार्थीलाई ४ जिपिए
पोखरा, २१ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई) को बिहीबार सार्वजनिक नतिजामा पोखरा ७ को मदरल्याण्ड माध्यमिक विद्यालयका २ जना विद्यार्थी जिपिए ४ ल्याएका छन् । विद्यालयबाट परीक्षामा सम्मिलित १ सय ५१ परीक्षार्थीमध्ये २ जनाले ४ जिपिए ल्याएका छन् । जोन रानामगर र सुदेश आचार्यले जिपिए ४ ल्याएको विद्यालय प्राचार्य नारायण बरालले जानकारी दिए । मदरल्याण्डमा सानैदेखि पढ्दै आएका उनीहरु पढाइमा निकै मेहनती र अनुशासित रहेको प्राचार्य बरालले बताए । जोन पोखरा ३ नदीपुरका हुन् भने सुदेश पोखरा १७ बिरौटाका हुन्… पुरा पढौ

पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्टाउन माग राख्दै हस्ताक्षर अभियान

पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्टाउन माग राख्दै हस्ताक्षर अभियान
पोखरा, २१ असार/ पोखरा महानगरपालिकाबाट पुरानो लेखनाथ नगरपालिका छुट्टाउन माग राख्दै लेखनाथबासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । पोखरा महानगरपालिकाबाट छुट्टाएर साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै अभियान सुरु गरेको अभिन्ता सन्दीप पौडेलले बताए । विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई पछि पारेकाले विकास हुन नसकेको भन्दै साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग अघि बढेको उने बताए । पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा कम परेको उनले बताए । लेखनाथवासीले विगतका फोरमहरुमा पनि यसखालको… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ पाइलटलाई एयर ट्राफिक म्यानेजमेन्ट तालिम

पोखरामा प्याराग्लाइडिङ पाइलटलाई एयर ट्राफिक म्यानेजमेन्ट तालिम
पोखरा, २० असार/ प्याराग्लाइडिङ पाइलट र व्यवसायीलाई प्याराग्लाइडिङ उडानका बेलामा सुरक्षित, व्यवस्थित र विश्वाशिलो बनाउन एयर ट्राफिक तालिम प्रदान गरेको छ । विधि र प्रविधिको प्रयोग गरी प्यारागलाईडिङ्गलाई थप सुरक्षित बनाउन र अनुगमनमा सहजता तुल्याउन नेपाल हवाई खेलकुद संस्था (ना) र नागरिक उड्ययन प्राधिकरणको सहयोगमा तालिम प्रदान गरेको हो । पोखरामा दुई दिन सम्म सञ्चालन भएको तालिममा सहभागिहरुलाई हवाइ सुरक्षा उपकरणहरुको प्रयोगको ज्ञान संगै इएर ट्राफिक म्यानेजमेन्टका विषयमा प्रशिक्षण दिइएको नाका अध्यक्ष सुनिल बहादुर भट्टाराइले जानकारी दिए । प्याराग्लाइडिङ उडानलाई… पुरा पढौ

सुख्खा पहिरोले हल्नचोक पामे ठुलाखेत बाटो अवरुद्ध

सुख्खा पहिरोले हल्नचोक पामे ठुलाखेत बाटो अवरुद्ध
पोखरा, २० असार/ पोखरा महानगरपालिका वडा नम्बर २४ पामे बजार नजिकै सुख्खा पहिरो जाँदा हल्नचोक पामे ठुलाखेत बाटो अवरुद्ध भएको छ । राति माथीबाट खसेको पहिरोले बाटो अवरुद्ध भएको स्थानीय सुर्यमोहन पराजुलीले जानकारी दिए । पामे बजार नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । अहिले स्काभेटर प्रयोग गरेर पहिरो हटाउने काम भईरहेको पराजुलीले जानकारी दिए । उनले बाटो सबै छेक्ने गरेर पहिरो आएको छ । तर स्काभेटरले केही बेरमा हटाइ सक्ने बताए । पुरा पढौ

गायक रोविन तामाङको निधन

गायक रोविन तामाङ
काठमाडौं, २० असार/ गायक एवं कलाकार रोविन तामाङको निधन भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो । रोविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन गरेपछि प्रहरी निरीक्षक दिपेन्द्र चन्द सहितको टोली उनको घरमा पुगेको थियो । रोविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन् । उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको भएपछि उनले रोविनलाई फोन गरेकी थिइन् । रोविन दोस्रो तलामा बस्थे । उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रोविनले कुनै… पुरा पढौ

योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली
पोखरा, २० असार । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा भाग लिने सांसदहरुले मन्त्रालयसँग सम्बन्धीत योजनाका विषयमा उठाएका प्रश्नको जवाफ दिदै मन्त्री जुग्जालीले योजना र बजेट दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो । “मैले नेतृत्व गरेको मन्त्रालयले भौगोलिक रुपमा पछि परेका ठाउँका योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको छ,” उहाँले तथ्याङ्क सहित दावी गर्नुभयो “सांसदमा… पुरा पढौ

‘क्रस दी बोर्डर’मा प्रदीप पौडेल

‘क्रस दी बोर्डर’मा प्रदीप पौडेल
पोखरा – होटल स्नोल्यान्डले आयोजना गर्दै आएको संवादमूलक कार्यक्रम ‘क्रस दी बोर्डर’मा शुक्रबार प्रदीप पौडेल आउने भएका छन्। नेपाली काँग्रेसका चर्चित युवा नेता पौडेलले ‘क्रस दी बोर्डर’मा पोखरेलीसँग संवाद गर्ने भएका हुन्। शुक्रबार दिउँसो १ बजे होटल स्नोल्यान्डमा कार्यक्रम हुने सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए। “शुक्रबार नेपाली काँग्रेसका चर्चित युवा नेता प्रदीप पौडेल आउँदै हुनुहुन्छ। सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा छ,” उनले भने। अर्थ, उद्यम, समसामयिक विषयमा बौद्धिक मन्थन गर्ने हेतुले शुरू गरेको कार्यक्रममा विभिन्न विषयमा दिग्गज व्यक्ति ‘क्रस दी बोर्डर’मा… पुरा पढौ