समाचार

हितैषी मित्र र सुख दुःखको साथी गुमाएँः अध्यक्ष केपी ओली

सुवास नेम्वाङ
पोखरा, २६ भदौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी समेत रहेको भन्दै नेम्वाङको स्मरण गरेका छन् । निधनको खबर लगत्तै अस्पताल पुगेका ओलीले मंगलबार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताए । अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पार्टीको राजनीतिमा सधैँ ओलीलाई साथ दिएका नेम्वाङको निधनप्रति उनले गहिरो दुःख व्यक्त गरेका… पुरा पढौ

वाथरुममा बेहोस अवस्थामा भेटिएका सुवास नेम्वाङको निधन

सुवास नेम्वाङ
काठमाडौं, २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै वाथरुममा बेहोस अवस्थामा फेला परेका उनको परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल पुर्याउँए पनि उनको निधन भइसेको खुलेको छ । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्थे । परिवारका सदस्यहरुका अनुसार राति १ बजे नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा करिब २ बजेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वास चेक गरेका थिए । तर ती कुनै पनि… पुरा पढौ

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु, उत्पादनलाई पर्यटन संग जोड्पर्दछ- मन्त्री धनराज गुरुङ

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु
पोखरा, २५ भदौ/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन संग जोड्न सके देश विकास हुने बताएका छन् । पर्यटन विकास महिला संघ (टेवान) ले पोखरामा आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई छ । तीजलाई स्थानीय उत्पादन संग जोड्ने प्रयास नै बदलियो परम्परा बन्न थालेको बताए । कार्यक्रममा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज… पुरा पढौ

पोखरा मुग्लिन सडक विस्तार प्रगति बारे पोखरामा समिक्षा

पोखरा मुग्लिन सडक विस्तार प्रगति बारे पोखरामा समिक्षा
पोखरा, २५ भदौ/ पोखरा महानगरपालिकाको समन्वयमा पोखरा मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पोखरा खण्डको कार्य प्रगतिका सम्बन्धमा समीक्षात्मक बैठक गरिएको छ । सडक विस्तार आयोजनाका सरोकारवाला सबैको सहभागितामा बैठक गरिएको हो । पोखरा महानगरपालिकामा बसेको बैठकमा नगरप्रमुख धनराज आचार्य सहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख वासुदेव घिमिरे, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, सडक क्षेत्रमा पर्ने वडाहरू वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङ, १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, १४ का वडा अध्यक्ष बोध बहादुर कार्की, २६ का वडा अध्यक्ष… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ विजयी (कस्को कति मत सहित)

कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा
पोखरा, २४ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचमा विनोद श्रेष्ठले विजयी भएका छन् । १ हजार ६ सय २३ मत गणना हुदाँ श्रेष्ठले ८ सय ३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी भरतकुमार अधिकारीले ७ सय ४५ मत प्राप्त गरेका छन् । गणना हुन बाँकी ८८ मत रहदा श्रेष्ठले ९० मतले अग्रता लिएका छन् । शनिबार सम्पन्न मतदानमा १ हजार ७ सय ११ मत खसेको थियो । दुई बर्षे कार्यकालका लागि अध्यक्ष पदमा भरत कुमार… पुरा पढौ

कास्कीको हेमजामा हाइसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दुर्घटना
पोखरा, २४ भदौ/ काठमाडौंबाट बागलुङका लागि छुटेको हाइसले पोखरा महानगरपालिका २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौली बिकलाई बा ३ ख ९७२६ नम्बरको हाइसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसको ठक्करबाट शनिबार मृत्यु भएको प्रहरीको भनाई छ । गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु प्रहरीको भनाई छ… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थल भुटानको ड्रुक एयरको व्यवसायीक उडान

पोखरा अन्तराष्ट्रि विमानस्थल भुटानको ड्रुक एयरको व्यवसायीक उठान
पोखरा, २३ भदौ/ भुटानको ड्रुक एयर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गरेको छ । चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए । उनले नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैया र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको कर्णले बताए । भुटानको पारो विमानस्थलबाट शनिबार बिहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा ल्यान्ड भएको थियो… पुरा पढौ

कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा, पदाधिकारीमा प्रतिस्पर्धा, सदस्यमा अधिकारी प्यानल अगाडी

कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा
पोखरा, २३ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन हुँदैछ । दुई बर्षे कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा भरत कुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका छन् । अधिकारी र श्रेष्ठले दुई छुट्टा छुट्टै प्यानल बनाएर नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदका प्रत्यासी अधिकारी संघमा दुई कार्यकाल सदस्य, दुई कार्यकाल उपमहासचिव, एक कार्यकाल महासचिव र एक कार्यकाल सल्लाहकार भैसकेका छन् भने श्रेष्ठ पनि दुई कार्यकाल सदस्य, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष… पुरा पढौ

व्यवसायमा अब्बल ठहरिएका अधिकारी, परीक्षणको कसीमा

भरत अधिकारी
पोखरा, २१ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकाको देउमाडी थातथलो भएका भरत अधिकारीले वाल्यकाल चितवनको राप्तीमा बिताए । त्यही माध्यामिक तहको शिक्षा पुरा गरे र लेखनाथ फर्किए । त्यसपछि अध्ययन र व्यवसायलाई संगसँगै अघि पढाएका अधिकारीले व्यवस्थापन बिषयमा पोखराकै पृथ्वीनारायण कलेजबाट स्नाकोत्तर उत्र्तिण गरे । लेखनाथको अर्घौचोकमा पाँच लाख रुपैयाबाट सामान्य सिसा र प्लाईको व्यवसाय शुरु गरेका अधिकारीले व्यापारिक यात्राको २७ बर्ष पार गर्दा कहिल्यै पछाडी फर्कनु परेन । कुशल व्यवस्थापनका साथ व्यापारमा उनले गरेको तरक्की लेखनाथका व्यवसायीहरुका विचमा… पुरा पढौ

कास्कीकोटमा दहीको होली

कास्कीकोटमा दहीको होली
पोखरा, २२ भदौ/ बिहीबार दिउसो पोखरा २४ कास्कीकोटको भाद्रारी चोतारीमा विस्तारै मानिसहरु जम्मा हुन थाले । घर घरबाट दहि ल्याएर भाडामा राख्दै भजन कृतन गर्न थाले । कोही श्रीकृष्ण भएका थिए । कोही राधा कोही कंश भएका थिए । कोही दहि एक आपसमा छेपा छेप गर्दै थिए त कोही दहि खादै थिए । ऐतिहासीक स्थल कास्कीकोटमा श्रीकृष्ण जन्माष्ठमीको अवसरमा दहीको होली खेलिएको हो । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापूर्व कालदेखि नै कास्कीकोटमा दही जात्रा हुँदै आएको गुप्तकाली काश्यप धार्मिक… पुरा पढौ