पोखराका विमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजक पदको उमेदवार

-


     क्लिक गण्डकी     
     असाेज ९ गते २०८० मा प्रकाशित


विमल सुबेदी

विमल सुबेदी

पोखरा, ९ असोज/ पोखराका विमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा उमेदवारी दिने घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघको हुन लागेको अधिबेशमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१/२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि सकेका छन् ।

………………………………..

आदरणीय सम्पूर्ण गैर आवासीय नेपाली संघका अभियन्ता महानुभावहरुमा हार्दिक नमस्कार |

गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत मैले NRNA कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१-२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (ICC प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरेको सबैमा बिदित्तै रहेको छ |

लगभग शुन्यमा रहेको NRNA कोरियाको संरचनालाइ कार्यालयवाट संचालन र समन्वय हुने बनाउनु तथा मौखिक रुपमा चलेको NRNA कोरियालाई दस्तावेज र अभिलेखीकरण गर्नु मैले मेरो महासचिव कार्यकालका प्रमुख उपलब्धिका रुपमा लिएको छु | साथै, प्रवक्ताको जिम्मेवार सम्पादन गर्दा परम्परागत रुपमा संचालन हुने NRNA कोरियाको मतदान प्रणालीलाई COMPUTERIZED प्रणालीमा रुपान्तरण गरेको यहाँहरु समक्ष बिधितै रहेको छ |

दक्षिण कोरियामा रहेका नेपाली बिधार्थीहरुको साझा र एक मात्र सङ्गठन नेपाली बिधार्थी समाज SONSIKको सभापतिको रुपमा भूमिका निर्वाह गरेको अनुभव पनि मसंग रहेको छ | मेरै नै नेत्रित्वमा SONSIK दक्षिण कोरियाको प्रचलित कानुन अनुसार दर्ता हुने पहिलो बिधार्थी सङ्गठन हुनुका साथै र सन् 2015 को भुकम्प पश्चात नेपालका बिभिन्न जिल्लामा रहेका ६ वटा बिधालयको पुनर्निर्माण कार्य सम्पन्न भएको थियो।

साथै सौल महानगरपालिकाको प्रवासी जिवन सुधार समितिको सल्लाहकार समितिको सदस्य, तथा दक्षिण कोरियाको हान्स बिश्वबिधालयको अन्तर्राष्ट्रिय बिधार्थी समाजका संस्थापक सभापतिको रुपमा कार्य सम्पादन गरेको अनुभव समेत म संग रहेको छ।

दक्षिण कोरिया लगभग १५ बर्ष लामो बसाईमा बिभिन्न संस्थागत संलग्नताका क्रममा हासिल गरेका अनुभव तथा ज्ञानलाई गैर आवासीय नेपाली अभियान, बिशेष गरि एसिया प्यासिफिक क्षेत्रमा रहनुभएका गैर आवासीय नेपालीहरु जो हाम्रो गैर आवसीय नेपाली अभियानका सबै भन्दा ठुलो साझेदार पनि हुन् र जसका साझा समस्या भाषा, स्वास्थ्य , कानुनी र मनोविज्ञान रहेका छन् र उहाँहरुको सेवा, सहजीकरण तथा अभिमुखीकरणमा केहि योगदान दिन सकिन्छ भन्ने विश्वास सहित मैले बर्ष २०२३ -२०२५ को गैर आवसीय नेपाली संघको आगामी महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रको सह संयोजक पदमा उमेद्वारी दिन लागेको सम्पूर्ण सबैमा जानकारी गराउदछु |

मेरो उम्मेद्वारी सामुहिक सहकार्यमा प्रतिवद्धताहरुको सहि र पूर्ण कार्यान्वयन, एसिया प्यासिफिक क्षेत्रका विभिन्न देशमा रहेका नेपाली तथा नेपाली मुलका दाजुभाई तथा दिदिबहिनिहरुको आरोह अवरोहमा ईमान्दार अभिभावकीय संस्थाका रुपमा गैरआवासीय नेपाली संघको प्रभावकारी उपस्थिति स्थापित गर्नका साथै राष्ट्रिय परिषदहरु, अन्तराष्ट्रिय परिषद तथा नेपाल सरकार संगको संयुक्त समन्वयमा ठोस नीति तथा कार्यक्रमहरुको निर्माण गरि प्रवासमा छरिएर रहेको श्रम शक्तिलाई एनआरएनए मार्फत मातृभूमि नेपालको समृद्दिको निम्ति समाहित गराउनको निमित्त रहेको अवगत गराउँदछु।

अन्त्यमा, पुन: एकपटक एसिया प्रशान्त क्षेत्र तथा विश्व भर छरिएर रहनु भएका सम्पूर्ण राष्ट्रिय परिषदहरु, गैर आवासीय नेपाली संघका अग्रज तथा अभियन्ता महानुभावहरु तथा पंजीकृत सदस्य महानुभावहरुमा, गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशनको एसिया प्यासिफिक क्षेत्रको सह- संयोजक पदको (DRC) निर्वाचनमा साथ,सहयोग तथा मतदान गरि दिनु भै सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।

धन्यवाद ।

बिमल सुबेदी

क्षेत्रीय सह- संयोजक पदको उमेदवार (DRC)

एसिया प्यासिफिक क्षेत्र ।



Tags: ,