
पोखराको मालेपाटनमा तिब्र गतिको सवारी घरमा ठोकियो
पोखरा, ९ असोज/ सोमबार राती पोखरा ५ मालेपाटमा दुर्घटना भएको छ । ग ३ च ८०४६ नम्बरको सवारी साधन पोखरा ५ विचार चोकमा दुर्घटनामा परेको हो ।
लक्ष्मीनारायण मन्दिरको रेलिङ भत्काउदै गाडी ब्यक्तिको घरको करिडोरको च्यानल गेटमा ठोक्किदा ठूलो आवाज आएको थियो । तिव्र गतिको गुडाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
राती करिब २ बजे दुर्घटना हुदाँ ३ जना सवार मध्य चालक सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । करिब ४५ फिट मुलबाटो छोडेर घरको च्यानल गेटमा ठोक्किएको पोखरा ५ का पुर्व वडा अध्यक्ष धनबहादुर नेपालीले जानकरी दिए ।





