
दुर्घटना
पोखरा, १३ असोज/ पर्वतको कुस्मा नगरपालिका ८ मा रहेको तमादी खोलाले जीप बगाउँदा ३ जना बेपत्ता भएका छन् ।
बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ५२१३ नम्बरको जीप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
ड्राइभरले गाडी रोकेर ढुंगा पन्छाउने क्रममा माथिबाट आएको ढुंगा र माटोले जीप बगाएको लगेको पर्वतका प्रहरीले जानकारी दिए । बाटो खुल्लाएर जीप खोजीका काम भईरहेको प्रहरीको भनाई छ ।





