समाचार

पत्रकार पौडेललाई यातायात पत्रकारिता पुरस्कार

ऋषिकान्त पौडेल
पोखरा १, असोज‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०८०’ पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरीने भएको छ । पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट यो वर्ष पौडेल सम्मानित हुन लागेका हुन् । पुरस्कार छनौट समितिले कान्तिपुर टेलिभिजनका उप सम्पादक पौडेललाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैया नगद रहेको छ । पुरस्कार संस्थाको साधारण सभाको अवसर पारेर प्रदान गरीने प्रालिका प्रबन्ध निर्देशक अमृत तिमिल्सीनाले जानकारी दिए । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत रहेका… पुरा पढौ

‘अन्ली चोकोफन’ नारासहित चोकोफन बजारमा

‘अन्ली चोकोफन’ नारासहित चोकोफन बजारमा
पोखरा, १ असोज/ नेपालको अग्रणी कन्फिक्सनरी कम्पनी सुजल फुड्स प्रालिको उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरू गरेको छ । ’अन्ली चोकोफन’ भन्ने सन्देश सहित विज्ञापन अभियानलाई आकर्षक ढंगले नेपालभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र मौलिक चकलेट वेफर हो । कम्पनीले यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमा बस्न सफल वेफर रहेको दाबी छ । विज्ञापन अभियान मार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई ’अन्ली चोकोफन’को साथले मात्र पूर्णता मिल्छ भन्ने सन्देश दिएको छ । चोकोफनको नयाँ विज्ञापन… पुरा पढौ

पोखरामा मिटरमा नचल्ने ९५ ट्याक्सीलाई काराबाही

पोखरामा मिटरमा गुड्न थाले ट्याक्सी, मन्त्री निस्के निरिक्षणमा
पोखरा, १ असोज/ पोखरामा मिटर प्रणालीमा नचलेका ट्याक्सी कारबाहीमा परेका छन् । एक महिनाको अवधिमा ९५ ट्याक्सीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटरमा चल्नु पर्ने नियम कार्यान्यनमा ल्याएका थियो । मिटर प्रणाली लागु भएपछि ट्याक्सीको कडाइका साथ अनुगमन भएको निरीषक पाठकले बताए । यो अवधिमा जरिवानाबाट ९८ हजार रुपैयाँ राजस्व उठेको बताए । मिटरमा नगुड्ने… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको रात्रिकालिन उडान शुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक
पोखरा, ३१ भदौ/ पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यती एयरलाईन्सले शनिबारबाट रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ । पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनि यतीले शनिबारबाट रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान र पोखराबाट साँझ ६ः२० बजे उडान गर्ने तालिका रहेको छ । यतीले पोखराबाट दैनिक ६ वटा उडान गर्दै आएको छ । बुद्ध एयरले भने पोखरा नयाँ विमानस्थाल शुरु भएको केही समय पछि नै… पुरा पढौ

सहारा क्लबको अध्यक्षमा केशवराज बराल

केशवराज बराल
पोखरा, ३० भदौ/ सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न १३ औं अधिवेसनले आगामी दुईका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् । त्यसै गरी क्लबको सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल चयन भएका छन् ।… पुरा पढौ

गोरखामा बसले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु

दुर्घटना
गोरखा, ३० भदौ/ गोरखामा शनिबार भएको दुर्घटनामापरि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ बर्षका रामलाल कुमाल रहेको प्रहरीले जानकारी दिएको छ । भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशातर्फ जादै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको… पुरा पढौ

पोखराको विकासको बारेमा एडिबीका निर्देशक सुलेमान र महानगर प्रमुख बिच भेटवार्ता

पोखराको विकासको बारेमा एडिबीका निर्देशक सुलेमान र महानगर प्रमुख बिच भेटवार्ता
पोखरा, २९ भदौ/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबिच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ । हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए ८।८ किलोमिटर सडक सुधार… पुरा पढौ

पोखरा पावरहाउसमा महिला मृत फेला

पोखरा, ३० भदौ/ पोखरा महानगरपालिका १७ मा पावरहाउस नजिकै नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । ५८ वर्षीया पवित्रा बराल नहरमा मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । उनले शुक्रबारदेखि घरबाट सम्पर्कविहीन भएकी बराल मृत फेला परेकी हुन् । स्थानियले ड्यामसाइड नजिकैको स्थानबाट मान्छे खसेको जस्तो देखिएको शुक्रबार नै जानकारी दिएपछि प्रहरीले खोजी गरेको थियो । पुरा पढौ

२५ औं लामाचौर तीज महोत्सव सुरु

२५ औं लामाचौर तीज महोत्सव सुरु
पोखरा, ३० भदौ/ नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव शनिबार सुरु भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा ३ दिनसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा महोत्सव संचालन हुनेछ । महोत्सवको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले समुद्घाटन गरे । उनले नेपाली कला संस्कृति संरक्षणमा जोड दिँदै नवआदर्शले निरन्तररुपमा आयोजना गर्दै आएको महोत्सवको सफलताको शुभकामना दिए । संस्थाको विकासमा केन्द्रले के सहयोग गर्नुपर्ने हो, त्यसका लागि आफू सधैँ तयार… पुरा पढौ

गण्डकी प्रदेश सभामा आमसञ्चार सम्बन्धी विधेयक सहित तीन वटा विधेयक टेबुल

गण्डकी प्रदेशसभा
पोखरा, ३० भदौ/ गण्डकी प्रदेश सरकारले आमसञ्चारसम्बन्धी विधेयक सहित ३ वटा विधेयक शनिबार प्रदेश सभा बैठकमा टेबुल गरेको छ । गण्डकी सरकारले भदौ २२ मा संसद सचिवालयमा आमसञ्चार विधेयक दर्ता गरेको थियो । आमसञ्चारसम्बन्धी विद्ययेक कृषि तथा भुमि व्यवस्था मन्त्री मेहन्द्रध्वज जिसीले ससंदमा टेबुल गरेका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको तर्फबाट जिसीले टेबुल गरेका हुन् । प्रदेश सरकारले आमसञ्चार विद्येयक पूर्ण स्वतन्त्रता मैत्री बनाइएको बताएको छ । यसअघि सरकारले विद्येयक संसदमा पेस गरेर समितिमा छलफल गरे पनि चौतर्फी… पुरा पढौ