समाचार

पोखरामा बोलबम, केदारेश्वर र पुम्दिकोट शिव मन्दिरहरुमा भत्तजनहरु भिड

पोखरामा बोलबम, केदारेश्वर र पुम्दिकोट शिव मन्दिरहरुमा भत्तजनहरु भिड
पोखरा, १ साउन/ पोखरामा साउनको पहिलो सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, पुम्दिको विशाल शिव मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका छन् । पोखरामा केदारेश्वर र पुम्दीभुम्दीको शिव मन्दिरमा ठुलो भिड्छ । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएको छ ।… पुरा पढौ

पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा

पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा तस्बिरः भानु पराजुली
पोखरा, १ साउन/ आइतबार रातिको परेको पानीले पोखरा ५ राधाकृष्ण मन्दिर नजिकैको पुल भत्किएको छ । वर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका छ । पोखरा ५ र पोखरा ८ जोड्ने फिर्के खोला माथीको पुल हो । राती वर्षाका बेला पानी पनि ठेलिएको थियो । पुरा पढौ

इक्यान अध्यक्षमा शेषराज भट्टराई, उपाध्यक्षमा पोखराका भुवन विजयी

भुवनबहादुर क्षत्री
पोखरा, ३१ असार/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको मतदानमा भट्टराई २ सय ३८ मतसहित निर्वाचित भए । नेतृत्वका लागि ४ जना चुनावी मैदानमा थिए । निकटतम् प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १ सय ४६ मत, कृष्णहरि केसीले २१ र देवीदास भट्टराईले ११ मत पाए । त्यसै गरी ३ उपाध्यक्षमा एन्ड्रीयु पौडेल (लक्ष्मण) २ सय २८ मत, भुवनबहादुर क्षत्री १ सय ७२ मत र गीता शिवाकोटी १ सय ५२ मतसहित निर्वाचित भए ।… पुरा पढौ

पोखरा–मुग्लिन सडक विस्तार बारे मेयर आचार्य र एडिबी निर्देशक बिच छलफल

पोखरा–मुग्लिन सडक विस्तार बारे मेयर आचार्य र एडिबी निर्देशक बिच छलफल
पोखरा, ३१ असार/ पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडी बढाउने विषयमा नगर प्रमुख धनराज आचार्य र एडिबीको टोली बिच छलफल भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र प्रोजेक्ट म्यानेजर (पोखरा खण्ड) अमित कुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडी… पुरा पढौ

फोटो यात्रामा पोखराका पत्रकारहरु

फोटो यात्रामा पोखराका पत्रकारहरु
पोखरा, ३१ असार/ शनिबार बिहान सिमसिम पानी परेको थियो । सिमसिम पानी परेपनि पोखराका फोटो पत्रकारहरु क्यामेरा बोकेर डाँडा तीर लागे । पोखरा १७ ड्यामसाइडबाट पोखरा २२ शान्तिस्तुप तर्फ करिब ४० जनाको टोली फोटो खिच्दै पुगे । सिमसिम पानी पर्न पनि रोकियो । फोटो खिच्न निस्केकाहरु प्रकृति सँग रमाउदै फोटो खिच्दै थिए । यसको चाँजो पाँजो भने नेपाल फोटो पत्रकार संघ कास्की मिलाएको थियो । पोखरा ड्यामसाइडदेखि सुरु भएको फोटो यात्रा पोखरा २२ पुम्दीकोटमा पुगेर सकिएको थियो । ड्रिम सिटीको… पुरा पढौ

‘काठमाडौंको ‘बुक फ्रि फ्राइडे’ गाउँका विद्यालयमा पनि चलाऔं’

‘काठमाडौंको ‘बुक फ्रि फ्राइडे’ गाउँका विद्यालयमा पनि चलाऔं’
पोखरा, ३० असार/ काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ अहिले अभियान चर्चामा छ । काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यँलय जान्छन्, दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ का ध्रुव पौडेलले शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै हप्तामा एकदिन जीवनउपयोेगी शिक्षा सिकाउने व्यवस्था गर्न गाउँपालिकासँग माग गरे । ‘काठमाडौंमा शुक्रबार विद्यार्थी किताब निलई विद्यालय जान्छन् । पाठ्यपुस्तकभन्दा बाहिरका कुरा सिक्छन्,’ पौडेलले भने, ‘हाम्रा… पुरा पढौ

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित
पोखरा, २९ असार/ यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दिपेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको ४३ औँ बैवाहिक वर्ष गाँठको अवसरमा आज तमु धिं, नयाँबजारको सभाहलमा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ र पुरस्कारदाता कर्म गुरुङद्धारा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहनु भएका एभरेस्ट एफएमका प्रबन्धक निर्देशक श्रेष्ठलाई नगद रु १० हजार, फेटा, भाङ्ग्रा र सम्मानपत्रले सम्मान गर्नुभएको हो । पत्रकार हुमबहादुर गुरुङको… पुरा पढौ

इक्यान उपाध्यक्षमा करिअर कोच राजन गोदारको उम्मेदवारी

राजन गोदार
पोखरा, २९ असार / नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । इक्यानलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन, राजनीतिकरणको अन्त्य गराउन, सङ्घले हिड्नुपर्ने बाटो र गन्तव्य पहिल्याउन गोदारले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएका छन् । समाज सप्तरङ्गी भए पनि व्यवसायिक संघसंस्थामा राजनीतिक रङ अपरिहार्य हुँदैन भन्ने मान्यतालाई आत्मसात गरेका गोदारले इक्यानको प्रतिष्ठा र गौरव उच्च बनाउन नेतृत्वसँग हातेमालो गरेर अगाडि बढ्ने वाचासमेत गरेका छन् । पोखरा र काठमाडौँमा दुई दशकभन्दा बढी… पुरा पढौ

नेपालको पहिलो प्यारापाइलट राजेश बमजनलाई लाइफटाईम अचिभमेन्ट अवार्डबाट

नेपालको पहिलो प्यारापाइलट राजेश बमजनलाई लाइफटाईम अचिभमेन्ट अवार्डबाट
पोखरा, २९ असार/ नेपालको पहिलो व्यवसायिक प्याराग्लाइडिङ पाइलट राजेश बमजनलाई लाइफटाईम अचिर्भमेन्ट अवार्डले सम्मान गरिएको छ । नेपाल प्याराग्लाइडिङ पाइलट क्लब पोखराको चौथो अधिवेशनमा साहशिक खेल प्याराग्लाइडिङ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै बमजनलाई सम्मान गरिएको हो । नेपाल पर्यटन बोर्डको पूर्व सदस्य तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्राई, नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराई, नेपाल प्याराग्लाईडिङ पाइलट क्लबका अध्यक्ष विमल अधिकारी लगायतले बमजनलाई सम्मान गर्दै अवार्ड प्रदान गरे । पर्यटन व्यवसायी बिरु बमजन र बेलायतका नागरिक… पुरा पढौ

‘कर्म–कर्ण पत्रकारिता पुरस्कार २०८०’ दिपेन्द्र श्रेष्ठलाई

दीपेन्द्र श्रेष्ठ
पोखरा, २९ असार/ यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ । तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुकोे बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिने भएको हो । पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले श्रेष्ठलाई सिफारीस गरेको हो । पत्रकार श्रेष्ठ एभरेस्ट आवाज डटकम र एभरेस्ट एमएममा आवद्ध छन् । तमु धीं नेपालकी… पुरा पढौ