इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

-


     क्लिक गण्डकी     
     असाेज २० गते २०८० मा प्रकाशित


इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

काठमाडौं, २० असोज/ इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले आक्रमण गर्दा दुई जना नेपालीको अवस्था गम्भीर घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा हमासले आक्रमण गरेको थियो । आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर छ ।

मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

युद्धको अवस्था भएकाले इजरायलमा भएका नेपालीहरूलाई चनाखो रहन र सरकारी अधिकारीहरूले सुझाएको सुरक्षा मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको जनाएको छ ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिले सम्म ४० को मृत्यु भएको, हजार बढी घाइते भएको जनाइएको छ ।