एमाले गण्डकी अधिबेशन, शर्मा र अधिकारीको अध्यक्षमा, १६२ पदका लागि ३८२ जनाको उमेद्वारी

-


     क्लिक गण्डकी     
     असाेज १७ गते २०८० मा प्रकाशित


एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार

पोखरा, १७ असोज/ नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । निर्वाचन दिएको जानकारी अनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।
उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ ।

विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र रश्मि खगराज प्यानलबाट उम्मेदवार बनेका हुन् ।

उपसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावलको उम्मेदवारी परेको छ । विक पृथ्वीसुब्बा र रावल सन्तोषनिकट हुन् । उपसचिव महिलामा मन्जु अधिकारी प्यासी र मिना गुरुङको उम्मेदवारी परेको छ । अधिकारी पृथ्वीसुब्बा र गुरुङ खगराज प्यानलका हुन् । अधिवेशनका लागि प्रदेशका ११ जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् ।

१६२ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चुन्न अझै पनि प्रयास भैरहेको गण्डकी इन्चार्ज गोकर्ण बिष्टले बताए ।

अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीले सबैलाई समन्वय गरेर लैजानको लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले आफनो उम्मेदवारी पार्टी बलियो बनाउन लागि भएको दावी गरें ।

अध्यक्ष पदका अर्का उम्मेदवार नवराज शर्माले उम्मेदवारी दर्ता भएपनि अझै सहमतीको सम्भावना नटरेको दावी गरें । उनले स्वच्छ मर्यादित हार्दिकताको वातावरणमा निर्वाचनमा जाने बताए ।

पोखरा सभागृह हलमा जारी नेकपा (एमाले) गण्डकी प्रदेश समितिको निर्वाचन प्रक्रिया लम्बिएको छ । निरन्तरको झरी र फितलो व्यवस्थापनका कारण उम्मेदवारको बुधबार पनि निर्वाचन नहुने र बिहीबार विहान मात्रै निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए । विद्युतिम मतदान मार्फत निर्वाचन गर्ने तयारी भईरहेको छ । मतदानको लागि ३५ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग हुने उनले बताए ।

निर्वाचनबाट १ सय ६२ जना छानिनेछन् । जसमा पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव खुला १, उपसचिव महिला १ निर्वाचित हुनेछन् । यसैगरी खुल्ला प्रदेश सदस्य ५८ जनालाई विभिन्न कलष्टरमा बाँडिएको छ ।