समाचार

लामाचौर तीज महोत्सव भदौ ३० देखि

पोखरा, ११ साउन/ हरितालिका तीजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ भाद्र ३० देखि असोज १ गते सम्म हुने भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल, अन्तर महिला समुह तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेश स्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति मेलाको मुख्य आकर्षणको रुपमा रहेका छन् । २०५४ साल देखि नै “मौलिक सस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका… पुरा पढौ

दुई साता अगाडी पोखरा आएकी अञ्जिता क्यानोनिङ गर्दा मृत्यू

पोखरा, ११ साउन/ कास्कीको माछापुच्छ«े गाउँपालिका घलेलमा क्यानोनिङ गर्ने क्रममा मृत्यू भएकी अञ्जिता भण्डारी दुई साता अघिमात्र नेपाल आएकी थिइन् । अमेरिकाबाट पोखरा आएकी उनी पोखरा महानगरपालिका वडा नम्बर २६ कन्दनीडाँडा पुख्र्यौली घर हो । २२ वर्षिया अञ्जिता बुबा तीर्थ भण्डारी र आमालाई अमेरिकामै छाडेर दिदी र भाईसँग दुई साता अघिमात्र पोखरा आएकी थिइन् । उनको क्यानोईङ गर्ने क्रममा दुर्घटनामा परेर बुधबार मृत्यू भएको हो । शुरुमा दिदीले क्यानोईङ गरिसकेपछि अञ्जिता र उनको भाई आशिष क्यानोईङका लागि तयार भएका थिए… पुरा पढौ

क्यानोनिङ गर्ने क्रममा लडी पोखराकी युवतीको मृत्यु

पोखरा, ११ साउन/ कास्कीको माछापुच्छे गाउँपालिका ९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडी एक युवतीको मृत्यु भएको छ । बुधबार क्यानोनिङ गर्ने क्रममा पोखरा २६ बुढीबजारकी २२ बर्षिय अन्जिता भण्डारीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । क्यानोनिङ गर्ने क्रममा घाइते भएकी उनको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरेको छ । पुरा पढौ

प्रहरी मृत्यु प्रकरणः होटेल सञ्चालकले टाउकोमा हानेर ढलाए अनि घाँटी अँठ्याए

प्रहरीले आज पोखरामा सलामी सलामी दिएको छ
बागलुङ, १० साउन/ बाग्लुङको एक होटेलमा खाजा खान गएका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेललाई होटेल सञ्चालकले हत्या गरेको प्रहरीले आरोप लगाएको छ । टाउमा हानेर घाइते भएपछि कपडाले घाँटी अठ्याएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । होटेलमा पसेका पौडेलको र होटल सञ्चालक आशा कुँवरका आमा छोरासँग बिबाद हुँदा उनीहरुले टाउकोमा प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार विज्ञप्ति मार्फत जानकारी दिएको छ । टाउकोमा चोट लागेर बेहोस भएका पौडेल भुइँमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या… पुरा पढौ

पोखरा महानगरका कृषकलाई ४४ लाख अनुदान, आयात प्रतिस्थापनका लागि उत्पादनमा जोडः प्रमुख आचार्य

पोखरा महानगरका कृषकलाई ४४ लाख अनुदान, आयात प्रतिस्थापनका लागि उत्पादनमा जोडः प्रमुख आचार्य
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु।४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गर्नुभएको हो । बाख्रा पालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेका बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको हो । यस प्रकारको अनुदानले कृषकहरूलाई हौसला मिल्ने नगरप्रमुख आचार्यले… पुरा पढौ

नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिने तिमिल्सिनालाई मदरल्याण्डको सम्मान

नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिने तिमिल्सिनालाई मदरल्याण्डको सम्मान
पोखरा, ८ साउन/ नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिना पोखरामा सोमबार सम्मानित भएका छन् ।लामो समयसम्म शिक्षण पेशामा रहि नेपाली भाषा शिक्षण मार्फत विद्यार्थीहरुमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पोखराको मदरल्याण्ड माध्यामिक विद्यालयले तिमिल्सिनालाई सम्मान गरेको हो । शिक्षण पेशाबाट निवृत्त भए पछि पनि तिमिल्सिनाले लेखन कार्य मार्फत नेपाली भाषाको गरिमा प्रर्बद्धनका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै, विद्यालयले नगद १० हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रले तिमिल्सिनालाई सम्मान गरेको हो ।बरिष्ठ साहित्यकार… पुरा पढौ

पोखरामा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

पाैडी डुवेर
पोखरा, ७ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपािलका ८ बगालेटोलका १६ बर्षिय विवेक कुँवरको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको खोजीका लागि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी र सशस्त्र प्रहरी बल २४ नम्बर गणबाट समेत गएको गोताखोर टोलीले खोजी गरेको थियो । खोजतलास गर्दा शनिबार राति घटनास्थल नजिकै पानीभित्र खोँचमा फेला पारी उद्वार गरेको थियो । उनलाई पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा… पुरा पढौ

चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै, सरला भेटघाटको तालिका मिलाउँदै

चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै, सरला भेटघाटको तालिका मिलाउँदै
काठमाडौं, ६ साउन/ चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकीछिन । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकीछन् । शनिवार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको। तालिका मिलाइरहेकीछिन् । च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासंग… पुरा पढौ

पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते

पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते
पोखरा, ६ साउन/ पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ । ग१९प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भिर घाइते भएका छन् । विहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना गम्भिर घाइते भएका छन् । उनीहरुको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको छ । दुबै बेहोस अवस्थामा छन् । यो पोलमा बेला बेलामा सवारी साधन ठोकिने गरेका छन् । पुरा पढौ

मानसरोवरमा लेक लागेर पोखराकी बिष्णुकुमारी दवाडीको निधन

बिष्णुकुमारी दवाडी
पोखरा, ४ साउन/ मानसरोवर तिर्थयात्रा गएकी पोखराकी बिष्णुकुमारी दवाडीको लेकलागेर निधन भएको छ । बुधबार लेकलागेर पोखरा ५ निवासी ६२ बर्षिय बिष्णुकुमारी दवाडीको निधन भएको हो । उनी परिवार सहित २६ गते पोखराबाट चाइना हुर्दै मानसरोवर पुगेकी थिइन् । उनी मानसरोवर पुगेर दर्शन गरी घुम्ने क्रममा निधन भएको हो । उनको शव आज पोखरा ल्याउने र शुक्रबार दाहासंस्कार गर्ने परिवार स्रोतले जानकारी दिएको छ । पुरा पढौ