समाचार

पोखरामा एक सय तीन बर्षिय पोखरेललाई महानगरपिता सम्मान

पोखरामा एक सय तीन बर्षिय पोखरेललाई महानगरपिता सम्मान
लेखनाथ, १४ असोज/ पोखरा महानगरपालिकाकाले वडा नम्बर २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । जीवन शैली, खानपान,… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यासको मृत्य अहिले सम्मै कै बढि, पोखरा मुल्य कति

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १४ असोज/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । यो अहिले सम्म कै बढि मुल्य हो । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र… पुरा पढौ

बागलुङबाट पोखरा आउँदै गरेको जीप बगायो, ३ जना बेपत्ता

दुर्घटना
पोखरा, १३ असोज/ पर्वतको कुस्मा नगरपालिका ८ मा रहेको तमादी खोलाले जीप बगाउँदा ३ जना बेपत्ता भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ५२१३ नम्बरको जीप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ड्राइभरले गाडी रोकेर ढुंगा पन्छाउने क्रममा माथिबाट आएको ढुंगा र माटोले जीप बगाएको लगेको पर्वतका प्रहरीले जानकारी दिए । बाटो खुल्लाएर जीप खोजीका काम भईरहेको प्रहरीको भनाई छ । पुरा पढौ

पर्वतीय संग्रहालयमा हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

पर्वतीय संग्रहालयमा हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु
पोखरा, ११ असोज/ पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शन हुने भएको छ । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो । पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकआपसमा तुलना गरिएको तस्वीर प्रदर्शनमा राखिएको हो । ‘यहाँ… पुरा पढौ

पोखराका विमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजक पदको उमेदवार

विमल सुबेदी
पोखरा, ९ असोज/ पोखराका विमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा उमेदवारी दिने घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघको हुन लागेको अधिबेशमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिने घोषणा गरेका हुन् । गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१/२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि सकेका छन् । ...................................... आदरणीय सम्पूर्ण गैर आवासीय नेपाली संघका अभियन्ता महानुभावहरुमा हार्दिक नमस्कार | गैर… पुरा पढौ

फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन सर्वोच्चको आदेश

फेवाताल
पोखरा, ९ असोज/ फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगर पालिका सहितको विपक्षीको नाममा परमादेश दिएको छ । सर्वोच्चले पूणपाठ सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनको विरुद्ध परेको रिट निवेदनको पूणर्पाठमा सर्वोच्चले फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटर सम्मको क्षेत्रमा रहेका सबै संरचना ६ महिनाभित्र अनिवार्य हटाउनुपर्ने उल्लेख गरेको छ । सर्वोच्चले फेवालतालको मापदण्डसँग सम्बन्धमा परेका पाँचवटा रिटको फैसला गर्दै २०७५ वैशाख १६ गते फेवातालको मापदण्ड ६५ मिटर र बनेका संरचना… पुरा पढौ

पोखराको मालेपाटनमा तिब्र गतिको सवारी घरमा ठोकियो

पोखराको मालेपाटनमा तिब्र गतिको सवारी घरमा ठोकियो
पोखरा, ९ असोज/ सोमबार राती पोखरा ५ मालेपाटमा दुर्घटना भएको छ । ग ३ च ८०४६ नम्बरको सवारी साधन पोखरा ५ विचार चोकमा दुर्घटनामा परेको हो । लक्ष्मीनारायण मन्दिरको रेलिङ भत्काउदै गाडी ब्यक्तिको घरको करिडोरको च्यानल गेटमा ठोक्किदा ठूलो आवाज आएको थियो । तिव्र गतिको गुडाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । राती करिब २ बजे दुर्घटना हुदाँ ३ जना सवार मध्य चालक सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । करिब ४५ फिट मुलबाटो छोडेर घरको च्यानल गेटमा… पुरा पढौ

पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना

पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
पोखरा, ८ असोज/ पोखरामा बजार अनुगमन समिति कास्कीले बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार अनुगमनको क्रममा पोखरा ७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना गरेको छ । म्याद गुज्रेका सामान विक्री गरी उपभोक्तामाथि ठगी गरेको समितिले १ लाख रुपैयाँ जरिवाना तोकेको हो । समितिले स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मीट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेट लगाएतका करिब २८ हजार ९ सय ६० रुपैयाँ बराबरको म्याद गुज्रेको सामान नष्ट… पुरा पढौ

पोखरामा बजार अनुगमन, उपभोक्ता ठग्ने भागिरथ स्टोर्सलाई ५० हजार जरिवाना

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, ७ असोज/ जिल्ला अनुगमन समिति कास्कीले चार्डपर्व शुरु भए सँगै अनुगमनलाई पनि तिब्रता दिएको छ । आइतबार अनुगमनका क्रममा पोखराको चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा उपभोक्तालाई म्याद गुज्रिएका सामान विक्री गरी ठगी गरेको पाइएपछि ठाउँका ठाउँ जरिवाना गरेको हो । स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र ८ लिटर हेलो तेल गरी २१ पोका खानेतेल सहित लेवल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो ९ सय ग्राम सुपारी र केही कुहेको… पुरा पढौ

पोखराको रातामाटे डाँडाबाट फेवातालमा कार खस्यो

पोखराको रातामाटे डाँडाबाट फेवातालमा कार खस्यो
पोखरा, ७ असोज/ पोखरा महानगरपालिका १८ स्थित रातामाटे डाँडाबाट कार खसेर फेवातालमा पुगेको छ । आइतबार बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार फेवातालमा खसेको प्रहरीले जानकारी दिएको छ । मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण कार दुर्घटना भएको प्रहरीको भनाई छ । कारलाई क्रेनको प्रयोग गरि निकालिएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ