वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका कृष्णमणि बराल पुरस्कृत

-


     क्लिक गण्डकी     
     असाेज २६ गते २०८० मा प्रकाशित


वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका कृष्णमणि बराल पुरस्कृत

वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका कृष्णमणि बराल पुरस्कृत

पोखरा, २६ असोज/ नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् ।

अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।
नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष ओम खड्काले बराललाई नगद २५ हजार र सम्मानपत्रले पुरस्कृत गरे ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार घोषणा गर्दै आएको छ ।

सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गरिन्छ ।

समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व महासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलत तीन सदस्यीय निर्णायक समितिले पुरस्कारको लागि छनोट गरेको थियो । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६ औँ पत्रकार हुन् ।



Tags: