#कृष्णमणि बराल

पत्रकार कृष्णमणि बराल ५० हजार राशीको पुरस्कारबाट सम्मानीत (को हुन् कृष्णमणि बराल)

पत्रकार कृष्णमणि बराल ५० हजार राशीको पुरस्कारबाट सम्मानीत को हुन् कृष्णमणि बराल
पोखरा, २५ फागुन/ पत्रकार कृष्णमणि बराल प्रेस क्लब गण्डकी पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन् । उनलाई नगद ५० हजार रुपैया, दोसल्ला र प्रमाणपत्रले प्रेस क्लब पत्रकारिता पुरस्कारबाट सभामुख देवराज घिमिरेले सम्मान गरे । पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार बराललाई संस्थाले सम्मान गरेको हो । कार्यक्रममा संघिय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी संघिय संसदले कुनै कानुन नबनाउने बताएका छन् । प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा… पुरा पढौ

अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका बरालको फोटो भिडियो प्रदर्शनी हुने

कृष्णमणी बराल
पोखरा, ९ फागुन/ अमेरिकामा म्यारीलयाण्डमा मार्च १ देखि ३ गतेसम्म हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने भएका छन् । उनले त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री र फोटो प्रदर्शन गर्ने गरी छनोट भएका हुन् । नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर बनाएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचिलको उद्धार, उपचारका प्रयास, संरक्षण समस्या र चुनौतीबारे प्रदर्शन गर्ने बरालले जानकारी दिए । उनले महोत्सवमा ३ प्रजातिको लाटोकोसेरोको ‘फोटो स्टोरी’ प्रदर्शन गर्ने जानकारी… पुरा पढौ

पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत

पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत
पोखरा, ६ पुस/ पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन् । प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृत द्धारा पुरस्कृत गरिएको हो । बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र समाज पोखरा नेपालका कार्यवाहक अध्यक्ष गणेश तिमिल्सिना लगायतले सम्मान पत्र र नगद ५ हजार सहित पुरस्कार प्रदान गरेका थिए । जैविक विविधता संरक्षण र संरक्षण क्षेत्रमा… पुरा पढौ

वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका कृष्णमणि बराल पुरस्कृत

वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका कृष्णमणि बराल पुरस्कृत
पोखरा, २६ असोज/ नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् । अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष ओम खड्काले बराललाई नगद २५ हजार र सम्मानपत्रले पुरस्कृत गरे । समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार… पुरा पढौ